NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुशीलाले किन गरिन् मन्त्रीपरिषद् विस्तारमा ढिलाई ? शनिबार अशोज ४ , २०८२
नेटोको तेस्रो देशमा पनि रुसी लडाकु विमानले तनाव शनिबार अशोज ४ , २०८२
जेनजीले भने, ओली–लेखकलाई तत्काल पक्राउ गर शनिबार अशोज ४ , २०८२
नेपाली क्रिकेट टोलीलाई युएईले दिएन भिसा शनिबार अशोज ४ , २०८२
महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की शुक्रबार अशोज ३ , २०८२
Next
Prev

समाचार

नेपाली क्रिकेट टोलीलाई युएईले दिएन भिसा

शनिबार अशोज ४ , २०८२
Reading Time: 1 min read
A A
नेपाली क्रिकेट टोलीलाई युएईले दिएन भिसा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ असोज , काठमाण्डौ ।

सेप्टेम्बर २७ देखि ३० सम्मका लागि तय भएको वेस्टइन्डिजविरुद्ध नेपालको तीन खेलको सिरिज अन्यौलमा परेको छ । संयुक्त अरब इमिरेट्स (युएई)ले युनिटी कप टी–२० आई सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई भिसा दिन अस्वीकार गरेपछि यस्तो अन्यौलता भएको हो ।

ओमानमा हुने टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल वेस्ट इन्डिजसँग युनिटी कप सिरिज खेल्न युएई जाने तयारीमा थियो । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार नै बिदाइ गरेको थियो । टोली शुक्रबार त्यसतर्फ जाने तयारीमा थियो ।

LS Auto

तर, भिसाको कारण अलपत्र परेको क्यान प्रवक्ता छुम्बी लामाले बताएकाछन् । ‘अहिले सबै नेपालीलाई भिसा दिन रोकेको छ । हामीले पनि अनलाइनमार्फत आबेदन थिएका थियौं। पहिला आजको भोलि नै भिसा पाइन्थ्यो । तर, अहिलेको विषम परिस्थितिका कारण भिसा पाउन सकिएन,’ उनले भने ।

नेपालले शारजाह क्रिकेट स्टेडियममा सेप्टेम्बर २७ देखि ३० सम्म तीन खेलको सिरिज खेल्ने तय छ । तर, युएईले भिसा दिन अस्वीकार गरेपछि सिरिज अन्योलमा परेको छ। यद्यपि, क्यानले युएईको सरकार, त्यहाँको क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)सँग समन्वय भइरहेको लामाले बताए ।

‘अहिलेसम्म भिसा आएको छैन । भिसा आउनेबित्तिकै क्रिकेट टोली युएई उड्नेछ,’ उनले भनेका छन् । तर यो त्यति सहजजस्तो देखिदैन । यता विश्वविजेता समेत रहिसकेको वेस्ट इन्डिजविरुद्ध ३ खेलको टि ट्वान्टी ऐतिहासिक सिरिज खेल्न नेपाली खेलाडीहरु उत्साहित भएकामा अहिले उनीहरु युएईको भिसाको पर्खाइमा छन ।

शुक्रबार बिहान ९ बजेको टिकट काटिएपनि भिसा नआएपछि यात्रा तत्कालको लागि रोकिएको छ । नेपालमा भएको पछिल्लो राजनैतिक घटनापछि युएईले नेपालीलाई भिजिट भिसा रद्द गरेको कारण यो समस्या आएको हो । तर क्यानले युएई सरकार त युएईको इमिरेट्स क्रिकेट बोर्डसँग समन्वय गरिरहेको प्रवक्ता छुम्पी लामाले जानकारी दिए ।

उनले आजसम्म भिसा आउने संभावना रहेको बताएका छन् । उनले भने, ‘भिजा रद्द भएको होइन, इस्यु नै नभएको हो। नेपालमा भएको पछिल्लो घटनाक्रमले समग्र नेपालीलाई नै भिसा रोकेकाले नेपाली खेलाडी पनि त्यसको मारमा परेका हुन्। तर हामीले सबै पक्षबाट प्रयास गरिरहेकाले भिसा आउने विश्वासमा छौँ।’

सिरिज युएईको सारजाह क्रिकेट स्टेडियममा असोज ११, १२ र १४ गते हुनेछ । क्यानले यसलाई युनिटी कप अन्तराष्ट्रिय टि–ट्वान्टी सिरिज भनेर नाम दिएको छ । यसको तयारीको लागि नेपाली टोली एक साता अगाडि युएई जाने तयारीमा रहेको थियो ।

नेपालले टेष्ट मान्यता राष्ट्रसँग कुनै पनि सिरिज खेल्न लागेको यो पहिलो पटक हो । यो सिरिज खेलेर नेपाल टि–ट्वान्टी विश्व कप छनोट खेल्न ओमान जाने तय भएको छ । तर अब नेपाली टोलीको युएई यात्रा प्रक्रिया लम्बिएको छ ।

नेपालमा भएको जेनजी आन्दोलनपछिको राजनीतिक घटनाका कारण युएईले नेपालीलाई भिजिट तथा कामदार दुवै भिसा रद्द गरेको छ । जेनजी आन्दोलनका कारण कारागारबाट भागेका करिब साढे ८ हजार कैदिबन्दी समाजमै रहेको, आगजनी तोडफोडसहितको आपराधिक गतिविधि भएको देखेपछि यूइएले नेपाली कामदारसहितको भिजिट भिसा बन्द गरेको हो ।

यूइएले एक साता अगाडिदेखि नै रोकेको भिटिज भिसापछि अहिले कामदार भिसा पनि दिन बन्द गरेको छ । नेपाल वैदेशिक रोजगार संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार औपचारिक रुपमा कुनै सूचना र जानकारी नदिइ यूएईले अनौपचारिक रुपमै नेपालीलाई भिसा दिन बन्द गरिदिएको छ ।

कामदार पठाउने सहमति गरेको कम्पनीले स्वीकृति गरेका कामदारहरुको समेत भिसा दिन रोकेको छ । भिसा रिक्वेस्ट गर्दा सबैको अस्वीकृत भइरहेका छ । यसको अर्थ नेपाली कामदारलाई मात्रै अनौपचारिक रुपमै भिसा बन्द भएको छ भने औपचारिक रुपमा भने कुनै जानकारी नआएको भणडारीले बताए ।

नेपालमा जेनजी आन्दोलनका कारण बाहिरिएका कैदी बन्दी पनि कामदारका रुपमा आउन सक्ने, आन्दोलनमा तोडफोडसहित आपाराधिक गतिविधि गर्नेहरुपनि आउनसक्ने भएकोले बन्द गरेको हुनसक्ने अनुमान वैदेशिक रोजगार व्यवसायीहरुले गरेका छन् ।

यूएईले औपचारिक जानकारी नदिएकोले कारण भने यही हो भनेर भन्न नमिल्ने पनि उनिहरुको तर्क छ । यो अवस्थामा सरकारले अपराधि समाउने, छाानविन गर्ने र कैदीबन्दीलाई कारागार फर्काउनेसहितको अन्तर्राष्ट्रिय समूदायलाई पनि विश्वस्त वातावरण नबनाएम्म सहजै अरु मुलुकले पनि भिसा नदिने अनुमान हुन थालेको छ ।

यसको असर अहिले यूएईबाट देखिएको भएपनि अरु देशबाट पनि भिसा अस्वीकृति समस्या आउन सक्ने अनुमान गर्न थालिएको छ । नेपालबाट सबैभन्दा बढी कामदार जाने गन्तव्य यूएई हो । गत वर्ष करिब डेढ लाख यूएईमा मात्रै नेपाली कामदार गएका थिए ।

यूएईमा मासिक १२ देखि १५ हजार नेपाली जाने गरेकोले पनि यसबाट रोजगारीमा ठूलो समस्या निम्तन सक्छ । श्रम मन्त्रालयका उच्च अधिकारी भने सरकारलाई यूएईले भिसा रोकेको विषयमा कुनै औपचारिक जानकारी छैन ।

परराष्ट मन्त्रालयबाट त्यसको जानकारी आउनुपर्ने भएकोले औपचारिक रुपमा कुनै सूचाना नआएको पनि मन्त्रालयका उच्च अधिकारी बताउँछन् । यसैबीच छिमेकी भारतले भने नेपालमा स्थिति सुधारउन्मुख भएको जनाएको छ । यद्यपि, नेपालस्थित भारतीय दूतावासले भारतीय नागरिकहरूलाई नेपाल भ्रमण गर्दा सावधानी अपनाउन सल्लाह दिएको छ ।

दूतावासले नेपालमा पछिल्लो एक हप्तामा स्थितिमा उल्लेख्य सुधार भएको उल्लेख गरे पनि यात्रीहरूलाई सतर्क रहन र सल्लाह तथा ‘अपडेट’हरूलाई पालना गर्न आग्रह गरेको छ । “नेपाल यात्रा गर्ने भारतीयहरूलाई उचित सावधानी अपनाउन र सल्लाहहरू पालना गर्न आग्रह गरिन्छ,” काठमाडौंस्थित दूतावासले भनेको छ ।

Tags: #नेपाली क्रिकेट टोली#वेस्टइन्डिजसँगको सिरिज अन्योलमा

लोकप्रीय

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीलाले किन गरिन् मन्त्रीपरिषद् विस्तारमा ढिलाई ?

शनिबार अशोज ४ , २०८२
नेटोको तेस्रो देशमा पनि रुसी लडाकु विमानले तनाव

नेटोको तेस्रो देशमा पनि रुसी लडाकु विमानले तनाव

शनिबार अशोज ४ , २०८२
जेनजीले भने, ओली–लेखकलाई तत्काल पक्राउ गर

जेनजीले भने, ओली–लेखकलाई तत्काल पक्राउ गर

शनिबार अशोज ४ , २०८२

विचार

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीलाले किन गरिन् मन्त्रीपरिषद् विस्तारमा ढिलाई ?

शनिबार अशोज ४ , २०८२
नेटोको तेस्रो देशमा पनि रुसी लडाकु विमानले तनाव

नेटोको तेस्रो देशमा पनि रुसी लडाकु विमानले तनाव

शनिबार अशोज ४ , २०८२
जेनजीले भने, ओली–लेखकलाई तत्काल पक्राउ गर

जेनजीले भने, ओली–लेखकलाई तत्काल पक्राउ गर

शनिबार अशोज ४ , २०८२

थप समाचार

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध
ताजा समाचार

सुशीलाले किन गरिन् मन्त्रीपरिषद् विस्तारमा ढिलाई ?

शनिबार अशोज ४ , २०८२
नेटोको तेस्रो देशमा पनि रुसी लडाकु विमानले तनाव
अन्तर्राष्ट्रिय

नेटोको तेस्रो देशमा पनि रुसी लडाकु विमानले तनाव

शनिबार अशोज ४ , २०८२
जेनजीले भने, ओली–लेखकलाई तत्काल पक्राउ गर
ताजा समाचार

जेनजीले भने, ओली–लेखकलाई तत्काल पक्राउ गर

शनिबार अशोज ४ , २०८२
नेपाली क्रिकेट टोलीलाई युएईले दिएन भिसा
अन्तर्राष्ट्रिय

नेपाली क्रिकेट टोलीलाई युएईले दिएन भिसा

शनिबार अशोज ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Americaमाथि व्यापार नाकाबन्दी, Russiaमा शक्तिशाली भूकम्प || Nepal Times

World News: Americaमाथि व्यापार नाकाबन्दी, Russiaमा शक्तिशाली भूकम्प || Nepal Times

00:19:53

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

हालका पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीलाले किन गरिन् मन्त्रीपरिषद् विस्तारमा ढिलाई ?

शनिबार अशोज ४ , २०८२
नेटोको तेस्रो देशमा पनि रुसी लडाकु विमानले तनाव

नेटोको तेस्रो देशमा पनि रुसी लडाकु विमानले तनाव

शनिबार अशोज ४ , २०८२
जेनजीले भने, ओली–लेखकलाई तत्काल पक्राउ गर

जेनजीले भने, ओली–लेखकलाई तत्काल पक्राउ गर

शनिबार अशोज ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.