NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने आइतवार अशोज ५ , २०८२
पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास आइतवार अशोज ५ , २०८२
प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ आइतवार अशोज ५ , २०८२
अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ? आइतवार अशोज ५ , २०८२
अन्नतः युएईले क्रिकेटरलाई दियो भिसा, नेपाली टोली भोलि उड्ने आइतवार अशोज ५ , २०८२
Next
Prev

समाचार

गगन थापाले शेरबहादुरको घाउमा नुनचुक हाले

आइतवार अशोज ५ , २०८२
Reading Time: 1 min read
A A
गगन थापाले शेरबहादुरको घाउमा नुनचुक हाले
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

५ असोज , काठमाण्डौ ।

नेपाली कांग्रेस, देशकै सबैभन्दा पुरानो र प्रजातान्त्रिक शक्ति जेनजीको आन्दोलनपछि यतिखेर एक गहन संकटको सामना गरिरहेको छ। ७९ सम्पन्न निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसले ‘जेनजी’ आन्दोलनले उठाएका जनभावनालाई सम्बोधन गर्न नसक्दा अहिले पार्टीभित्र आन्तरिक कलह चर्किएको छ।

सभापति शेरबहादुर देउवाको नेतृत्व क्षमतामाथि महामन्त्री गगन थापाले उठाएका प्रश्नहरूले कांग्रेस की पुनर्गठन हुन्छ कि विभाजन ? भन्ने बहस सुरु भएको छ। भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पत्ति माथि हिंसात्मक आक्रमण भयो ।

आन्दोलनकारीहरूले देउवा दम्पतीमाथि हातपात गर्नुका साथै निवासमा आगजनी र तोडफोडसमेत गरेका थिए। यस आक्रमणबाट देउवाको टाउकोमा गम्भीर चोट लागेको र १२ वटा टाँका लगाइएको जानकारी कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले दिएका छन्।

चिकित्सकहरूले धारिलो हतियार प्रहारबाट चोट लागेको बताए पनि कसले, के हतियारले प्रहार गरेको हो भन्ने अझै खुल्न सकेको छैन। यस घटनालाई अमानवीय र बर्बर भन्दै नेपाली कांग्रेसले कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ।

सभापति देउवाको स्वास्थ्यलाभ भइरहेकै बेला महामन्त्री गगन थापाले पार्टी रूपान्तरण र पुनर्गठनको अभियान सुरु गरेपछि पार्टीभित्र ठूलो तरंग उत्पन्न भएको छ। थापाले देउवा नेतृत्व तत्कालै परिवर्तन हुनुपर्ने र पार्टीको व्यापक पुनर्गठन गरिनुपर्ने माग गरेका छन्।

उनले ५ पटकका प्रधानमन्त्री देउवाले अब विश्राम लिनैपर्ने युवाका सुझावहरु समेट्दै पुनर्गठनको आवाज उठाएका छन् । भिडियो सन्देश जारी गर्दै थापाले भनेका छन्, ‘पार्टी रूपान्तरण र पार्टी पुनर्गठनको यो अभियानमा लाग्दै गर्दा त्यसको जस्तोसुकै मूल्य चुकाउन म तयार छु। म पार्टीको साधारण सदस्यमात्र भएर बस्न तयार छु, भुइँमा बस्न तयार छु।’

थापाले पार्टीको पुनर्गठनका लागि दुईवटा विकल्प प्रस्तुत गरेका छन् । उनले पुरानो क्रियाशील सदस्यता नवीकरण गर्ने, एक÷दुई महिनाका लागि नयाँ क्रियाशील सदस्यता खोलेर विधानका सबै धारा निलम्बन गर्ने र पार्टीका सदस्यहरूबाट सिधा चुनाव गरेर नेतृत्व छान्ने।

सभापति उपचाररत रहेकै बेला यस्तो बहस गर्नु असान्दर्भिक भएको भन्ने प्रश्नमा थापाले आफूहरू संवेदनशीलहीन नभएको र सभापतिसँग सल्लाह गरेरै यो कुरा उठाएको बताएका छन्। उनले सभापतिलाई नै पहिलो कदम चाल्न आग्रह गरेको तर यदि उनी सहमत नभए आफूहरू अगाडि बढ्ने अडान राखेका छन्।

थापाले देश दनदन्ती जलिरहँदा निभाउन सक्ने तागत पार्टीमा हुनुपर्ने र ‘जेनजी’ आन्दोलनको मर्म बुझेर परिवर्तन खोज्नुपर्नेमा जोड दिएका छन्। उनले आफू र अर्का महामन्त्रीले उठाएका मुद्दालाई टुंगोमा पु¥याउन नसकेको कमजोरी स्वीकार गर्दै यसपटक नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उता नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्री गगन थापाले चलाएको देउवा नेतृत्व छोड्नुपर्ने बहसप्रति कडा आपत्ति जनाएका छन्। महतले देउवामाथि भएको आक्रमणबाट उनको आलो घाउ निको नहुँदै नेतृत्व परिवर्तनको बहस चलाउनु ‘घाउमा नुन छर्ने’ प्रवृत्ति भएको बताएका छन्। उनले लोकतन्त्रका लागि लामो लडाइँ लडेका देउवाको उपचारसमेत पूरा नहुँदै नेतृत्व छोड्नुपर्छ भन्नु उचित नभएको टिप्पणी गरेका छन् ।

महतले गगन थापाप्रति लक्षित गर्दै भनेका छन्, ‘अभिभावकमाथि सांघातिक प्रहार हुँदा हामी त्यो उपचार पनि पूरा हुन पर्खिन सक्दैनौं। आकाश नै झरिहाल्छ?’ उनले अहिले पार्टी एक हुने र कमजोरी हटाउने बेला भएको बताए। प्रवक्ता महतले निर्धारित समयमा पार्टीको महाधिवेशन गर्ने जिम्मेवारी पदाधिकारीहरूलाई दिएको भन्दै सबै दोष सभापतिमाथि मात्रै थुपार्नु गलत भएको बताए।

उनले कुरा गर्न सजिलो भए पनि काम गर्न गाह्रो हुने टिप्पणी गर्दै सम्पूर्ण दोष एउटा व्यक्ति वा पार्टी सभापतिमाथि पन्छाएर कोही पनि जिम्मेवारीबाट मुक्त हुन नसक्नेमा जोड दिए। देउवामाथिको आक्रमणपछि बसेको कांग्रेस कार्यसमिति बैठकले तत्काल कसैलाई पनि कार्यवाहक सभापतिको जिम्मेवारी नदिने निर्णय गरेको छ।

बैठकले विशेष महाधिवेशन पनि नगर्ने र सभापति शेरबहादुर देउवा स्वस्थ भएर फर्किएपछि मात्रै कार्यवाहक र विशेष महाधिवेशनको विषयमा छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिएका छन्।

यो निर्णयले तत्कालका लागि गगन थापाले उठाएका मुद्दाहरूलाई थाती राखेको देखिन्छ। तर, ‘जेनजी’ आन्दोलनले व्यक्त गरेका जनभावना, भ्रष्टाचारविरुद्धको आवाज र सुशासनको मागलाई नेपाली कांग्रेसले नजरअन्दाज गर्न सक्दैन।

महामन्त्री गगन थापाले भनेजस्तै, ‘भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दा राख्दै उनीहरू लडेर ढले। यो माग पूरा गर्ने सन्दर्भमा मेरो प्रयत्नले केही ठोस परिणाम ल्याउन सक्यो भने बल्ल म त्यो परिवारलाई भेट्नको लागि आफूलाई योग्य ठान्छु।’

यसले थापाले अब विगत जस्तो ढुलमुले रणनीतिमा नरहेको संकेत गरेको छ । नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो र बुढो पार्टी भए पनि जेनजी आन्दोलनको मर्म बुझ्न नसक्दा यसको बुढौली सोच माथि प्रश्न उठेको छ। आसन्न फागुन २१ को निर्वाचनमा पनि सबैभन्दा ठूलो दल बन्नका लागि कांग्रेसले आफूलाई रुपान्तरण गर्नुपर्ने चुनौती छ।

यस्तो अवस्थामा, यदि महामन्त्री गगन थापा आफ्नै अडानमा अडिग रहे र ७९ वर्षीय सभापति शेरबहादुर देउवाका अघि लम्पसार परेनन् भने नेपाली कांग्रेस कि त व्यापक पुनर्गठनको बाटोमा जानेछ कि त युवा कांग्रेससहितको विभाजनको संघारमा पुग्नेछ।

पार्टीभित्रको यो शक्ति संघर्षले नेपाली राजनीतिको भविष्यमा समेत दूरगामी प्रभाव पार्ने निश्चित छ। जनताले परिवर्तन चाहेका छन्, नयाँ र ऊर्जाशील नेतृत्व खोजिरहेका छन्। नेपाली कांग्रेसले यी जनभावनालाई सम्बोधन गर्न नसकेमा आफ्नो ऐतिहासिक विरासत र जनआधार दुवै गुमाउने खतरामा छ।

आगामी दिनहरूमा देउवाको स्वास्थ्यलाभपछि र पार्टीभित्रको छलफलबाट कस्तो निकास निस्कन्छ, त्यो हेर्न बाँकी नै छ। तर, एउटा कुरा निश्चित छ, नेपाली कांग्रेस अब ‘जस्ताको तस्तै’ रहिरहन सक्दैन। परिवर्तनको हावा चलिसकेको छ र यसलाई आत्मसात् गर्न नसकेमा पार्टीले ठूलो मूल्य चुकाउनुपर्नेछ।

Tags: #गगन थापा#शेरबहादुर देउवा

लोकप्रीय

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२

विचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२

थप समाचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने
ताजा समाचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा
ताजा समाचार

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?
ताजा समाचार

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२
अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ?
ताजा समाचार

अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ?

आइतवार अशोज ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: UKको फाइटर जेट पोल्याण्डमा तैनाथ, अफगानिस्तानमा फेरि निहुँ खोज्दै Trump || Nepal Times

World News: UKको फाइटर जेट पोल्याण्डमा तैनाथ, अफगानिस्तानमा फेरि निहुँ खोज्दै Trump || Nepal Times

00:16:33

World News: Russia–भियतनामबीच गोप्य सम्झौता, पाक–चीनको प्रस्तावविरुद्ध भिटो || Nepal Times

00:21:52

World News: Americaमाथि व्यापार नाकाबन्दी, Russiaमा शक्तिशाली भूकम्प || Nepal Times

00:19:53

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

ओलीले शक्तिशाली शासक बन्न खिचेका ३ विभाग ८ वर्षपछि फिर्ता

आइतवार अशोज ५ , २०८२

हालका पोस्टहरू

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.