अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ?

अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ?

५ असोज , काठमाण्डौ ।

नेपालमा भएको जेनजी आन्दोलनको प्रभाव अन्य देशहरुको सम्बन्धमा पनि पर्न सक्ने देखिएको छ । खासगरी धेरै नेपालीहरु घुम्न, अध्ययन वा वैदेशिक रोजगारीमा जाने मुलुकहरुसंगको सम्बन्धमा । जसको सुरुवात यूएईबाट भएको छ ।

यूएईले भिजिट भिसा वा रोजगारीमा जाने सबै नेपालीहरुका लागि भिसा दिन रोकेको छ । यूएईले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुको समेत भिसा रोकेकोमा क्यान, आईसीसी र यूएई क्रिकेट बोर्डको पहलमा आज भिसा जारी गरेको हो ।

तर अन्य नेपालीहरुका हकमा भने अझै प्रतिबन्धकै स्थिति छ । जेनजी आन्दोलनका क्रममा जेलमा रहेका कैदीहरुसमेत फरार भएको अवस्थामा उनीहरुलाई फिर्ता नल्याए नेपाल कालो सूचीमा जानसक्ने जोखिमका बीच यूएइले चालेको यो कदम अन्य मुलुकले पनि लागु गर्नसक्ने जोखिम छ ।

यससंगै आज हामी सामान्य अवस्थामा कुन कुन देशमा भिसा पाउन मुश्किल छ भन्नेबारेमा संक्षिप्तमा चर्चा गर्दैछौं । ग्लोबलाइजेशन र इन्फर्मेशन टेक्नोलोजीको विकासले विश्वलाई नै एउटा गाउँजस्तो बनाइदिएको छ ।

मानिसहरु आफ्नो शिक्षा र शीपका आधारमा विश्वको कुनै पनि कुनामा काम गर्नका लागि जान सक्छन् । अहिलेको अवस्थामा नेपालीहरुका लागि पनि विभिन्न देशहरुमा करियरका अवसरहरु खोज्नु सामान्य कुरा भइसकेको छ ।

तर हरेक देशमा काम गर्नका लागि फरक फरक नियम र प्रक्रियाहरु हुन्छन् । यी सबैको सबैभन्दा महत्वपूर्ण हिस्सा हो वर्किंग भिजा प्राप्त गर्नु । संयुक्त राज्य अमेरिका, चीन र जापान जस्ता देशहरु विश्वको सबैभन्दा ठूला अर्थव्यवस्था मानिन्छन् ।

यसका अलावा, अष्ट्रेलिया, क्यानडा, युरोपेली मुलुकहरुमा पनि विदेशमा रोजगारीका लागि धेरैजसो दक्ष नेपालीहरु जाने गरेका छन् । यता खाडी मुलुकहरु धेरै नेपालीहरुको गन्तब्य मुलुक हुन । यी देशहरुमा रोजगारीका लागि जानेहरुले यीनको भिजा निमय, जब मार्केट, स्यालरी र वर्क कल्चरको पनि जानकारी लिन आवस्यक हुन्छ ।

भिजाको प्रक्रिया, रोजगारीको अवसर र खानबस्न लाग्ने लागत हरेक देशमा फरक हुन्छ ।अमेरिकामा काम गर्नका लागि सबैभन्दा लोकप्रिय गैर–आप्रवासी भिजा एच–१बी भिजा हो । यसका माध्यमले अमेरिकी कम्पनीहरुले ती विदेशी कर्मचारीहरुलाई नियुक्त गर्छन, जोसंग कुनै खास प्रोफेशनमा विशेषज्ञता हुन्छ, जस्तो साइंस, टेक्नोलोजी, इंजिनियरिंग, गणित र फाइनान्स ।

एच–१बी भीजा अस्थायी भीजा हो । यो आमरुपमा ३ वर्षका लागि वैध हुन्छ । यसलाई कुल ६ वर्षसम्म बढाउन सकिन्छ । एच–१बी भीजा लोटरी प्रणालीका माध्यमले दिने गरिएको थियो । तर हालै अमेरिकी सरकारले एच–१बी भीजाका नियमहरुमा परिवर्तन गरेको छ ।

एच–१बी भिसामा नयाँ एक लाख डलर शुल्क थपिएको छ । र यो घोषणापछि केही अन्यौल देखिएको थियो । जसबारेमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलाइन लेविटले त्यो केवल नयाँ भिसा आवेदनमा मात्र लागु हुने भन्दै प्रष्ट पारेकी छन् ।

पुराना एच–१बी भिसावाहकको नवीकरणमा शुल्क नलाग्ने उनले जानकारी दिइन् । नयाँ भिसावाहकका निम्ति पनि यो शुल्क एकपटक मात्र लाग्ने उनले बताइन् । र, नवीकरण गर्दा पुनः शुल्क नलाग्ने उनले स्पष्ट पारिन् ।

उनले आफ्नो एक्स पोस्टमार्फत हाल एच–१बी भिसा भएकाले एक लाख डलर शुल्क तिर्नु नपर्ने जानकारी दिइन् । लेविटले भनेकी छन्, “यी भिसावाहकहरू सामान्य रूपमा अमेरिका आउन वा जान सक्छन् । नयाँ आदेश नयाँ आवेदन र अहिले चलिरहेको लटरी प्रणालीमा मात्र लागु हुनेछ, भिसाको नवीकरण वा वर्तमान भिसावाहकहरूमा होइन ।”

साथै, उनले हाल अमेरिकाभन्दा बाहिर गइरहेका वा फर्कने तयारीमा रहेका व्यक्तिहरूले आत्तिनु वा हतार गर्नु नपर्ने उल्लेख गरेकी छन् । यता चीनमा काम गर्नका लागि जेड भिजा (जो वर्क भीजा हो) यसको आवस्यकता पर्छ ।

यो भिजाले कुनै पनि विदेशी नागरिकलाई चीनमा काम गर्नका लागि र बस्नका लागि अनुमति दिन्छ । चीनको जेड भीजा प्राप्त गर्नका लागि तपाइँसंग चीनको कुनै कम्पनीको अफर लेटर हुनुपर्छ। त्यसपछि वर्क परमिट र अन्य जरूरी डक्यूमेंट्स पनि प्राप्त गर्नुपर्छ ।

यो प्रक्रिया अमेरिकाको तुलनामा केही फरक छ । अमेरिकाको भीजा प्रोसेसमा तोकिएका अधिकारीको भूमिका महत्वपूर्ण हुन्छ । यस्तै जापानमा रोजगारीका लागि जापान वर्क भीजाको आवस्यकता पर्छ । यी विभिन्न श्रेणीमा हुन्छन् ।

जस्तो कि प्रोफेसर, इंजिनियर, इंटरनेशनल सर्भिसेज, आदि । जापानको वर्क भीजा पाउनका लागि पनि जापानी रोजगारदाताबाट अफर आउनु पर्छ । त्यसपछि सर्टिफिकेट अफ एलिजिबिलिटी (सीओई) प्राप्त गर्नुपर्छ । सोही सीओईबाट थाहा हुन्छ कि तपाइँ जापानमा काम गर्नका लागि कति योग्य हुनुहुन्छ ।

जापानको वर्क भीजा ३ महिनादेखि ५ वर्षसम्मको अवधिका लागि जारी गरिन्छ । दक्ष नेपाली कामदारहरु भने धेरैजसो अमेरिका जान मन पराउँछन् । आईटी र टेक्नोलोजी सेक्टर्ससंग जोडिएका युवा प्रोफेशनल्सका लागि अमेरिका नै सबैभन्दा रोजाईको जब डेस्टिनेशन हो ।

एच–१बी भीजामा जाने नेपालीहरुको संख्या लगातार बढरहेको छ । यद्यपि यूएई र साउदी अरब जस्ता खाडी देशहरुमा पनि ठूलो संख्यामा नेपालीहरु काम गर्छन । अब कुरा गरौं स्यालरी अर्थात तलबको । स्यालरीको मामिलामा अमेरिका सबैभन्दा अगाडी छ ।

अमेरिकामा टेक प्रोफेशनल्स र स्पेशलिस्ट डक्टर्स जस्ता हाई–स्किल्ड कर्मचारिहरुका लागि औसत पारिश्रमिक निकै धेरै छ । यद्यपि, त्यहाँ खानबस्न पनि निकै खर्चिलो छ । खासगरी न्यूयोर्क र स्यान फ्रांसिस्को जस्ता ठूला शहरहरुमा ।

जापानमा पनि स्यालरी प्याकेज राम्रो हुन्छ, तर अमेरिकाको बराबर हुँदैन । यता, चीनमा औसत मासिक वेतन अमेरिका र जापानको भन्दा कम हुन्छ । यद्यपि चीनमा खानबस्न भने कम खर्चिलो छ। यी तिनै देशमा कामका प्रकृतिमा अन्तर छ ।

अमेरिकामा इनोभेशन र रिसर्चमा फोकस गरिन्छ, खासगरी सिलिकन भ्याली जस्ता क्षेत्रहरुमा । यहांको वर्क कल्चर निकै प्रतिस्पर्धी र डाइनामिक हुन्छ । यता जापानको वर्क कल्चर अनुशासन, क्वालिटी कंट्रोल र टीम वर्कमा आधारित हुन्छ ।

यहांका कर्मचारीहरु आफ्नो कम्पनीहरुप्रति निकै वफादार हुन्छन् । यता चीनमा काम गर्ने माहोल हाई स्पीड खालको र रिजल्ट ओरिएंटेड हुन्छ । यहाँ कम्पनीहरुको फोकस डेभलपमेंट र ठूलो परिमाणमा प्रोडक्शनमा हुन्छ ।

भीजा प्रक्रियाको कुरा गर्नुपर्दा अमेरिका को एच–१बी भीजा प्राप्त गर्न सबैभन्दा मुश्किल मानिन्छ । लोटरी सिस्टम, कठिन शर्तहरु र हालै बढेको शुल्कले नेपालीहरुका लागि ठूलो चुनौती थपिदिएको छ । यसको अलावा, आप्रवासन नीतिहरुमा लगातार भइरहेको परिवर्तनले पनि अनिश्चितता बढाएको छ ।

चीन र जापानमा पनि भीजा प्रक्रिया कठिन नै छ, तर एच–१बीको तुलनामा केही सजिलै पाइन्छ । अमेरिका उच्च वेतन, इनोभेशन र करियर प्रोग्रेसका लागि आकर्षक विकल्प हो, तर यसको भीजा प्रक्रिया सबैभन्दा च्यालेन्जिंग रहेकोबारे आफ्ना विचार अवस्य व्यक्त गर्नुहोला ।

जा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.