टेलिकमको नेटवर्कमा किन फोन लाग्दैन ?

टेलिकमको नेटवर्कमा किन फोन लाग्दैन ?

९ असोज , काठमाण्डौ ।

नेपाल टेलिकमको नेटवर्कमा ११ घण्टादेखि समस्या देखिएको छ ।

टेलिकमको ’ओसीएस मोड्युल’मा देखिएको समस्याका कारण मध्यरात १२ बजेतिरदेखि भ्वाइस तथा डाटामा समस्या देखिएको हो ।

टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार सुरुमा भ्वाइस र डाटा दुवैमा समस्या देखिएकोमा अहिले भ्वाइसमा देखिएको समस्या समाधान भएको छ ।

डाटामा भने अझै समस्या बाँकी नै रहेको उनको भनाइ छ । अहिलेसम्म पनि उक्त समस्या पत्ता लगाउने क्रममै रहेकोले समाधानका लागि केही समय लाग्नसक्ने उनको भनाइ छ ।

‘भ्वाइसको समस्या पिनप्वाइन्ट भयो, यो समाधान भइसिकेको छ । डाटा अझै डिस्टर्ब, प्राविधिक साथीहरु यसमा दिलगिरहनुभएको छ, छिटै समस्या समाधान होला,’ उनले भनेका छन् ।

ओसिएस मोड्युल भनेको बिलिङ गर्ने सिस्टम हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.