NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

भागेका कैदीबन्दीले बदला लिन सक्छन्,प्रहरीले नै भन्यो सचेत रहनु 

आइतवार अशोज १२ , २०८२
Reading Time: 1 min read
A A
भागेका कैदीबन्दीले बदला लिन सक्छन्,प्रहरीले नै भन्यो सचेत रहनु 
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ असोज, काठमाण्डौ ।

‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीले गाउँमा बदला लिन सक्ने भएकाले उनीहरुबाट सचेत रहन प्रहरीले सुझाएको छ । ती कैदीबन्दीलाई गाउँघरमा देखिए खबर गर्न पनि प्रहरीले नागरिकलाई अनुरोध गरेको छ ।

‘जेनजी’ आन्दोलनको मौकामा देशभरका कारागारबाट भागेका कैदीबन्दीमध्ये ८ हजार जना कैदीबन्दी फर्किए पनि अझै ६ हजार फरार रहेको प्रहरीले जनाएको छ ।

LS Auto

ती यो चाडपर्वको समयमा गाउँघरमा हुन सक्ने भएकाले नागरिकलाई सतर्कता अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले भने, ‘भागेका कैदीहरूमा कोही चोर–डाकाहरू पनि छन्। कोही आफूलाई लागेको मुद्दाका विषयमा गाउँमा गएर बदलाको भवना लिनसक्ने भएकाले त्यस्ता व्यक्ति गाउँमा देखिए सम्पर्क गर्न हामीले फोन नम्बर पनि दिएका छौँ। सुरक्षाका ममलामा नागरिकले पनि सतर्कता अपनाउन हाम्रो अनुरोध छ।’

त्यसैगरी उनले गाउँमा बदलाको भवना लिनसक्नेहरूको विवरणसहित सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पत्रचार गरिएको र उनीहरूले सम्भावित घटना घटाउन सक्ने भएकाले त्यसतर्फ प्रहरी सचेत रहेको बताए ।

उनले भने, ‘भागेकामध्येबाट पनि केही कैदीहरू सम्बन्धित जिल्लाका प्रहरीको सम्पर्कमा र केही हाम्रो सम्पर्कमा छन्। जो आपराधिक मानसिकताका छन्, उनीहरूले गाउँमा बदलाको भवना लिनसक्ने भएकाले प्रहरी निकै चनाखो अवस्थामा छ।’

भागेका कैदीबन्दी खोजी अभियान जारी रहेकाले उनीहरूबारे सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिन उनले नागरिकलाई अनुरोध गरेका छन् ।

उनले भागेका कैदीबन्दीको प्रहरीले उच्च निगरानी राखेकाले उनीहरू गलत गतिविधिमा संलग्न भएमा जुनसुकै समयमा पनि पक्राउ पर्ने बताए ।

उता कारागार व्यवस्थापन विभागले ‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्कन भनेको छ ।

भागेका कतिपय कैदीबन्दीलाई भारत भाग्न लागिरहेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरेर फिर्ता गरेका छन् भने कतिपय नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका तथा कतिपय कैदी आफैँ फिर्ता भएर कारागार आएका प्रवक्ता घिमिरेले बताए ।

यसबीच जेनजी प्रदर्शनमा प्रहरीका युनिटहरूबाट लुटपाट भएको करिब ३५ सय राउन्ड गोली भेटिएको छ । काठमाडौँ उपत्यका र प्रदेशका युनिटहरूबाट प्रदर्शनकारीले लुटेर लगेको करिब ३५ सय राउन्ड गोली फेला परेको हो ।

प्रहरी हेडक्वार्टरले अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दिपक रेग्मीको नेतृत्वमा समिति बनाएर प्रदर्शनमा भएको क्षतिको विवरण सङ्कलन गरेको थियो ।

समितिले विवरण सङ्कलन गरेर आईजीपी चन्द्र कुवेर खापुङलाई प्रतिवेदन बुझाएको छ । काठमाडौँ उपत्यकाबाट करिब ६ सय राउन्ड गोली लुटपाट भएको प्रहरीको आन्तरिक प्रतिवेदनमा उल्लेख छ ।

प्रदर्शन स्थलमा हराएको र युनिटहरूबाट लुटिएको करिब २ सय अश्रुग्याँस सेल पनि प्रहरीले बरामद गरेको छ । यसैबीच जेनजी प्रदर्शनमा प्रहरीले ६५ सय राउन्डभन्दा धेरै गोली प्रहार गरेको भेटिएको छ ।

प्रहरीको आन्तरिक रिपोर्ट अनुसार जङ्गी राउन्ड ४ हजार र २५ सय राउन्ड भन्दा धेरै रबर बुलेट प्रहार गरेको भेटिएको हो । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा ४ हजार जङ्गी राउन्ड खर्च भएको विवरण समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रहरीका एकजना उच्च अधिकृतका अनुसार काठमाडौँको बानेश्वर सहित देशभर २५ सय राउन्ड भन्दा धेरै रबल बुलेट प्रहार गरेको भेटिएको छ ।

त्यस्तै, भिड नियन्त्रण गर्न प्रहरीले २५ सय भन्दा धेरै ब्ल्यांक राउड फायर गरेको छ । ब्ल्यांक राउन्ड प्रहार गर्दा आवाज मात्र आउँछ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले ८ हजार सेल अश्रुग्याँस प्रहार गरेको छ ।

काठमाडौँ उपत्यकामा मात्र ४ हजार सेल अश्रुग्याँस प्रहार गरिएको प्रहरीको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । उपत्यकामा प्रहरीले बानेश्वर, माइतिघर, कालीमाटी, थिमी र मालिगाउँ क्षेत्रमा अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रहरी प्रधान कार्यालय जोगाउने क्रममा प्रहरी कर्मचारीले करिब १३ सय राउन्ड अश्रुग्याँस प्रहार गरेको भेटिएको छ । मधेस प्रदेशमा ६ सय सेल अश्रुग्याँस प्रहार गरिएको आन्तरिक रिपोर्टमा उल्लेख छ ।

Tags: #भागेका कैदीबन्दी

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.