महेश बस्नेत पक्राउ पर्न सक्ने,साइबर ब्युरो अनुसन्धानमा

महेश बस्नेत पक्राउ पर्न सक्ने,साइबर ब्युरो अनुसन्धानमा

१४ असोज , काठमाण्डौ । 

नेकपा एमालेका नेता महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा अनुसन्धान अगाडि बढाउन सरकारी वकिलको कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ।

काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गर्दै बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा थप अनुसन्धान अघि बढाउन भनेको छ।

काठमाडौँका जिल्ला न्यायाधिवक्ता उदयचन्द अधिकारीले साइबर ब्युरोलाई पत्र लेखेका हुन्। गत असोज ५ गते जिल्ला न्यायाधिवक्ता अधिकारीले साइबर ब्युरोलाई लेखेको पत्र हालै सार्वजनिक भएको हो।

पत्रमा एक महिलाले दिएको जाहेरीको आधारमा बस्नेतमाथि अनुसन्धान अगाडि बढाउन प्रहरीलाई भनेको छ।

पत्रमा ‘प्रतिवादी महेश बस्नेतले आफ्नो फेसबुक वालमा नेपालको राजनीतिमा एउटा अमर्यादित शब्द प्रयोग गर्दै पछिल्लो अवस्थामा जहाँ पनि छरपष्ट बौलाउँदै हिडिरहेको छ भन्दै अमूर्त ढंगले अमर्यादित शब्द विद्युतीय साधनको प्रयोग गरी गाली बेइज्जती गरेको देखिँदा उक्त शब्द कसलाई, कुन प्रयोजनका लागि पोष्ट गरेको हो ? प्रतिवादीबाट कागज गराई खुलाउन लगाउने’ भनिएको छ।

यता बस्नेतले भने आफूलाई गिफ्तार गर्न लागिएको भन्दै सरकारले मिडिया ट्रायल गरेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै बस्नेतले आफ्नो ज्यानको अन्तिम सास रहुञ्जेल राष्ट्र र राष्ट्रियताको पक्षमा बोलिरहने बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.