NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’ शुक्रबार अशोज १७ , २०८२
बर्दियामा ‘सखिया नाच’ को रौनक शुक्रबार अशोज १७ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी शुक्रबार अशोज १७ , २०८२
टी–२० विश्वकप छनोटका लागि १५ सदस्यीय टोली घोषणा शुक्रबार अशोज १७ , २०८२
प्रधानमन्त्रीले खुलाइन् जेन–जी पुस्ताको ज्यान जानुको कारण शुक्रबार अशोज १७ , २०८२
Next
Prev

समाचार

कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

शुक्रबार अशोज १७ , २०८२
Reading Time: 1 min read
A A
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१७ असोज , काठमाण्डौ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले एक यस्तो आदेशमा हस्ताक्षर गरेका छन्, जसअन्तर्गत अब अमेरिकाले कतारलाई पूर्ण सुरक्षा ग्यारेन्टी दिने भएको छ । कतारलाई कुनै पनि सैन्य हमलाबाट बचाउन ट्रम्पले बचन दिएका हुन् ।

इजरायलले गत महिना कतारमा गरेको हवाई हमलापछि यो घटनाक्रम विकास भएको हो । यसबीच अहिले यो सम्झौताको असर अरब जगतमा र इजरायलमा कस्तो पर्ला भन्ने व्यापक चर्चाको विषय बनेको छ ।

विश्लेषकहरुले कतारलाई लिखित अमेरिकी सुरक्षा ग्यारेन्टी दिने ट्रम्पको घोषणा कूटनीतिक संकेत भन्दा पनि धेरै कुरा रहेको बताइरहेका छन् । यसको असर आउने समयमा देखिदै जाने उनीहरुले बताएका छन् ।

इजरायली वेबसाइट भायनेटको रिपोर्टले भनेको छ कि कयौं वर्षदेखि कतारका तर्फबाट अमेरिकी सुरक्षा आश्वासन मागिरहेको थियो ।

यसको एक महत्वपूर्ण कारण के हो भने, कतारमा नै पश्चिम एशियामा रहेको अमेरिकाको सबैभन्दा ठूलो एयरबेस अल–उदैद छ।

यद्यपि अहिलेसम्म यसअघिका अमेरिकी राष्ट्रपतिहरुले सुरक्षाको औपचारिक प्रतिबद्धता दिन हिच्किचाई रहेका थिए तर ट्रंपले भने कतारलाई यो ग्यारेन्टी दिएका हुन् ।

कतार, यूएई वा साउदी जस्ता आफ्ना अरब सहयोगीहरुलाई सुरक्षा ग्यारेन्टी नदिनुका पछाडि अमेरिकाको खास कारण रहेको छ ।

वास्तावमा अमेरिकालाई डर थियो कि खाडी सहयोगीहरुलाई सुरक्षा ग्यारेन्टी दिदा कतै उ क्षेत्रीय संघर्षहरुमा त फस्दैन । यस्तो संघर्ष, जसको अमेरिकी रणनीतिक हितहरुसंग कुनै लेनादेना नै हुँदैन ।

कतार र साउदी अरबको एक दशक पहिलाको टकवाव जस्तो स्थितिमा आफू अल्झिन अमेरिका चाहादैन । डोनाल्ड ट्रंप स्वयंले पनि आफ्नो पहिलो कार्याकालमा अरब जगतमा यस खालका सावधानी अपनाइसकेका छन् ।

सन २०१९मा साउदी अरबको तेल संरचनामा इरानले क्रूज मिसाइल र ड्रोनहरुले हमला गरेको थियो । सो क्रममा ट्रम्पले साउदीमा अमेरिकी सैनिकहरु वा प्याट्रियट एयर डिफेंस सिस्टमलाई पनि तैनाथ गर्न अस्वीकार गरेका थिए ।

ट्रंपले सो बेला साउदी अरबसंग यसको सुरक्षा खर्च उठाउने पनि कुरा गरेका थिए । अहिले डोनाल्ड ट्रंपले कतारलाई सुरक्षा दिने निर्णय किन लिए भन्नेमा अधिकारीहरु र क्षेत्रीय पर्यवेक्षकहरुले दुई घटनाहरुलाई आधार मानेका छन् ।

पहिलो घटना १२ दिने इजरायल–ईरान युद्धको अन्त्यमा कतारस्थित आफ्नो एयरबेसमा हमला हुनु र अर्को घटना कतारको राजधानी दोहामा हमासका वरिष्ठ नेताहरुमाथि इजरायलको हवाई हमला ।

कतारमा इजरायली हमलाले अरब जगतमा तनाव बढाएको मात्रै होइन अमेरिकामाथि पनि अविस्वास बढ्न थालेको थियो । उनीहरुलाई सहयोगी भएपनि अमेरिकाले परेको बेला सुरक्षा नदेला कि भन्ने पर्न गएको छ ।

यसैकारण कतारले एकतर्फी लिखित सुरक्षा ग्यारेनटी माग गर्दै आफ्नो एक प्रतिनिधिमंडल वाशिंगटन पठाएको थियो । कतारको तर्क थियो कि अमेरिकी नीतिको समर्थन गर्दा उ निशानामा परेको छ ।

यस्तोमा उसको रक्षा गर्नु वाशिंगटनको जिम्मेवारी हो । ट्रंपले पुराना सिद्धांतहरुबाट बाहिर निस्किएर कतारलाई सुरक्षा दिनुले स्पष्ट पारेको छ कि उसले दोहालाई नजरअंदाज गर्न सक्दैन ।

अमरिकाका लागि कतार निकै महत्वपूर्ण सहयोगी हो । ट्रंपको हालैको दोहा यात्राका क्रममा अर्बौ डलरको सम्झौता भएको छ । कतारका अमीरले ट्रंपलाई सो भ्रमणका अवसरमा एक आलीशन जेट विमान उपहार दिएका थिए ।

यसको अलावा कतारले इजरायल र हमासका बीच मध्यस्थता पनि गरेको छ । गाजामा युद्ध रोक्नु ट्रंपका लागि विशेष छ किनभने उनको नजर नोबेल शांति पुरस्कारमा छ ।

ट्रंपले यी सबै कुरालाई ध्यानमा राखेर कतारलाई यस्तो अमेरिकी सुरक्षा कवच प्रदान गरेका हुन, जुन यसअघि अमेरिकाले कुनै खाडी देशलाई दिएको थिएन ।

यता अमेरिकाले लिएको कतारको सुरक्षा ग्यारेन्टी इजरायलका दृष्टिले पनि निकै नै महत्वपुर्ण छ । ट्रंपले इजरायली प्रधानमंत्री बेंजामिन नेतन्याहूलाई कतारका प्रधानमंत्रीसंग सार्वजनिक रूपले माफी माग्न लगाएका छन् ।

यो एक हदसम्म नेतन्याहूका लागि अपमानजक अवस्था हो किनभने यसअघि उनले यो मुद्यामा निकै कडा रुप देखाइरहेका थिए, अर्थात उनलाई आफैले थुकेको थुक चाट्नु जस्तै भइरहेको बुझ्न सकिन्छ ।

कतरलाई अमेरिकाको सुरक्षा प्रतिबद्धताले खाडी गतिशीलतालाई नयाँ रूप दिनसक्छ । यसले इजरायलका लागि उसका छिमेकीहरुसंग उसको हस्तक्षेपको सम्भावनालाई सीमित बनाउन सक्छ, जसले वाशिंगटनका साथ आफ्नो सुरक्षा सम्बन्धहरुलाई थप गहिरो बनाउँदै हमास नेताहरुको पनि मेजमानी जारी राखेका छन् ।

वास्तावमा यो इजरायलका लागि उसको हात बाध्नेजस्तै स्थिति हो । यसबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यसको भडास पोख्ने गरी बेलायतमा भएको हमलामा प्रतिक्रिया दिएका छन् ।

बेलायतमा यहूदीहरूमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै यसलाई ’क्रूर आतंकवादी आक्रमण’ भनेका छन् । ’म्यानचेस्टरमा भएको क्रूर आतंकवादी आक्रमणपछि इजरायलले बेलायतको यहूदी समुदायसँग शोक मनाएको छ । हाम्रो विचार मारिएकाहरूका परिवारसँग छ,’ नेतान्याहूले एक्समा लेखेका छन् ।

उनले भने, ’मैले संयुक्त राष्ट्र संघमा चेतावनी दिएझैंः आतंकवादको सामना गर्न कमजोरी देखाउनाले थप आतंकवादलाई बढावा दिन्छ । केवल शक्ति र एकताले यसलाई परास्त गर्न सक्छ’ नेतन्याहुले भनेका छन् ।

बेलायतको म्यानचेस्टरमा रहेको एउटा यहूदी प्रार्थनास्थल नजिकै भएको आतंकवादी आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

यो घटना योम किप्पुरमा भएको थियो, जुन यहूदी पात्रोमा सबैभन्दा पवित्र दिन मानिन्छ । यसबारेमा आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #इजरेललाई ठूलो झट्का#खाडीमा बदलियो समीकरण#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’

भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’

शुक्रबार अशोज १७ , २०८२
बर्दियामा ‘सखिया नाच’ को रौनक

बर्दियामा ‘सखिया नाच’ को रौनक

शुक्रबार अशोज १७ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

शुक्रबार अशोज १७ , २०८२

विचार

भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’

भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’

शुक्रबार अशोज १७ , २०८२
बर्दियामा ‘सखिया नाच’ को रौनक

बर्दियामा ‘सखिया नाच’ को रौनक

शुक्रबार अशोज १७ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

शुक्रबार अशोज १७ , २०८२

थप समाचार

भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’
अन्तर्राष्ट्रिय

भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’

शुक्रबार अशोज १७ , २०८२
बर्दियामा ‘सखिया नाच’ को रौनक
ताजा समाचार

बर्दियामा ‘सखिया नाच’ को रौनक

शुक्रबार अशोज १७ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी
अन्तर्राष्ट्रिय

कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

शुक्रबार अशोज १७ , २०८२
सन्दीपलाई दोषी ठहराइएको अदालतको पूर्णपाठमा के छ ?
खेलकुद

टी–२० विश्वकप छनोटका लागि १५ सदस्यीय टोली घोषणा

शुक्रबार अशोज १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इन्डोनेसियामा भवन ढ*ल्दा ९१ को मृ*त्यु, Pakistanको वि*स्फो*टमा भारतको हात || Nepal Times

World News: इन्डोनेसियामा भवन ढ*ल्दा ९१ को मृ*त्यु, Pakistanको वि*स्फो*टमा भारतको हात || Nepal Times

00:16:36

World News: Netanyahuले माफी मागे,Chinaमा एकै परिवारका 11 जनालाई मृ*त्यु*दण्ड || Nepal Times

00:16:26

World News: Ukraine खस्यो ५९५ ड्रोन–४८ मि*साइल, पोल्यान्डको वायुक्षेत्र बन्द || Nepal Times

00:15:30

World News: नेपाल नजान अमेरिकी एडभाइजरी, अवैध आप्रवासन रोक्न स्टारमरको प्रस्ताव || Nepal Times

00:17:22

World News: औषधिमा १०० प्रतिशत कर, रूसी तेल निर्यातमा प्रतिबन्ध || Nepal Times

00:19:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रत्यक्ष कार्यकारीको निर्वाचन कसरी संभव छ ? यस्ता छन् पाँच उपायहरु

प्रत्यक्ष कार्यकारीको निर्वाचन कसरी संभव छ ? यस्ता छन् पाँच उपायहरु

आइतवार अशोज १२ , २०८२
जेनजीमाथि गोली हान्न जसले आदेश दिए,काठमाडौंका सिडिओ हटाइए

अब कर्मचारीले दलनिकट संगठन खोल्न नपाउने !

शनिबार अशोज ११ , २०८२
३९ जनाको चिहानमा कसरी बदलियो थलापतिको ¥याली ?

३९ जनाको चिहानमा कसरी बदलियो थलापतिको ¥याली ?

आइतवार अशोज १२ , २०८२

हालका पोस्टहरू

भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’

भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’

शुक्रबार अशोज १७ , २०८२
बर्दियामा ‘सखिया नाच’ को रौनक

बर्दियामा ‘सखिया नाच’ को रौनक

शुक्रबार अशोज १७ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

शुक्रबार अशोज १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.