NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा आइतवार पुस २७ , २०८२
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

आइतवार अशोज १९ , २०८२
Reading Time: 1 min read
A A
कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ असोज , काठमाण्डौ ।

शुक्रबारदेखि अतिसक्रिय बनेको वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यससँगै मनसुन कमजोर भइ मौसममा सुधार  आइसकेको जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन् ।

उनल‍े आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा असोज १७ गते साँझदेखि असोज १९ गते बिहानसम्म मनसुन सक्रिय रहँदा मधेश र बागमती प्रदेशका अधिकांश ठाउँमा भारीदेखि अति भारी वर्षा तथा कोशी प्रदेशका धेरै स्थानमा मध्यमदेखि अति भारी वर्षा भएको थियो।

LS Auto

सो अवधिमा २४ घण्टे अवधिभित्र सबैभन्दा बढी वर्षा रौतहटको महेशपुर केन्द्रमा ३५८ मिलिमिटर मापन गरिएको छ। त्यस्तै, पर्साको मुडली केन्द्रमा ३२८.६ मिलिमिटर, इलामको हिमाली गाउँ केन्द्रमा ३३२.६ मिलिमिटर, कन्यामटी स्टेटमा ३१४.२ मिलिमिटर र गौर केन्द्रमा ३१५ मिलिमिटर वर्षा भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

इलाममा आरिघोप्टे वर्षाकै कारण पहिरो जाँदा ठूलो मानवीय क्षति भएको छ। इलाममा मात्रै ३७ जनाको ज्यान गएको छ भने अझै एक जना बेपत्ता रहेका छन् । असोज १९ गते बिहान ८ः४५ बजेसम्म देशभरका २९५ वटा वर्षा मापन केन्द्रहरूमध्ये १८६ केन्द्रमा वर्षा मापन गरिएको थियो।

जसमध्ये १०५ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी, ६८ केन्द्रमा १०० मिलिमिटरभन्दा बढी, २१ केन्द्रमा २०० मिलिमिटरभन्दा बढी र ५ केन्द्रमा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। विभागका अनुसार अविरल वर्षाका कारण बागमती, त्रिशुली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरूमा जलसतह सतर्कता तह पार गरी हाल घट्दो क्रममा पुगेका छन्।

सप्तकोशी नदीले भने खतरा तह पार गरिसकेको र यसका सहायक नदीहरू तमोर, सुनकोशी र अरुणसमेत खतरा तह पार गरी अहिले घट्दो अवस्थामा रहेको बताइएको छ। त्यस्तै, कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलैया र विरिङजस्ता चुरे–महाभारत क्षेत्रबाट उत्पन्न नदीहरूमा पनि खतरा तह पार भई अहिले घट्दो अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ।

कोशी नदी चतरा केन्द्रमा बहाव खतरा तहको नजिक स्थिर रहेको हुँदा असोज २० गते मध्यान्हसम्म तटीय क्षेत्र तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। हालै देशका विभिन्न स्थानहरूमा देखिएका बाढी र पहिरोका कारण सडकमा क्षति पुगेको छ ।

बाढीपहिरो र अन्य घटनाले सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक मर्मत तथा पुनः सञ्चालनका लागि आवश्यक उपकरण, जनशक्ति र स्रोत परिचालन गरी काम अघि बढाइरहेको जनाएको छ ।

विशेषगरी प्रमुख राजमार्गका अवरुद्ध खण्डहरू खुलाउने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सडक विभागले यातायात यथाशीघ्र पुनः सुचारु गर्न आवश्यक सबै जनशक्ति, उपकरण र स्रोत परिचालन गरिएको जनाएको हो ।

प्रमुख राजमार्गका अवरुद्ध खण्डहरूमा दिनरात मर्मत कार्य तीब्र रूपमा जारी रहेको र बाँकी सडकहरू पनि शीघ्र सञ्चालनमा ल्याउने प्रतिबद्धता मन्त्रालयले गरेको छ । हिजोदेखि नै मेसिन र जनशक्ति परिचानल गरी काठमाडौंबाट– पश्चिम–मुग्लीन हुदै पोखरा र नारायणघाट तर्फ जाने पृथ्वी राजमार्ग, नारायणघाट–मुग्लिन राजमार्गका अवरोध हटाई सवारी सञ्चालन हुनसक्ने बनाईसकिएको मन्त्रालयले जनाएको छ ।

अवरुद्ध वीपी राजमार्ग (भकुण्डेवेसी–नेपालथोक खण्ड) र मेची राजमार्ग यथाशक्य छिटो सञ्चालनमा ल्याउनेगरी अवरोध हटाउने र डाईभर्सन बनाउने काम सुरु भएको समेत मन्त्रालयले जनाएको छ ।मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र स्थानीय निकायसँग सहकार्य गरी सडक चाँडै सञ्चालनमा ल्याउन प्रयास भइरहेको जनाएको छ ।

सडकको अद्यावधिक जानकारीका लागि सडक विभागको आधिकारिक वेबसाइट वा विभागको कल सेन्टर ९८५१४१६८९३ मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

साथै घाइते तथा प्रभावित नागरिकप्रति सहानूभूती व्यक्त गर्दै कठिन परिस्थितिमा पनि धैर्य र संयम राख्न अनुरोध गरेको छ । यस्तै यो विपत्मा अन्तरिम सरकार सडकसम्म देखिएको भन्दै नागरिकस्तरबाटै प्रशंसा भइरहेका बेला ऊर्जा, भौतिक पुर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सबैको सतर्कताले मानवीय क्षति कम भएको बताएका छन् ।

पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री घिसिङले वर्षातका कारण आएको बाढीका कारण मानवीय क्षति नभएको बताएका हुन् । वर्षापछि आएको पहिरोमा परेर इलाममा मानवीय क्षति भएको बताउँदै त्यो बाहेक अन्य क्षेत्रमा मानवीय क्षति न्यून भएको बताए । वर्षापछि आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको बताउँदै त्यसलाई सरकारले प्राथमिकताका साथ पुर्ननिर्माणमा लाग्ने बताए ।

‘सरकारको सतर्कतका कारण बाढीका कारण मानवीय क्षति भएको छैन् ।  इलाममा ३५१ मिलिमिटरको पानी परेर अतिवृस्टी भएको छ । जसले गर्दा पहिरोमा परेर मानवीय क्षति हुन पुगेको छ । त्यो बाहेक अन्त क्षति भएको छैन्,’ मन्त्री घिसिङले भनेका छन् । काठमाडौंबाट पश्चिमको तर्फका सडक तत्कालै खोल्नेतर्फ अघि बढेको बताए ।

पुर्वमा वर्षा जारी रहेको र भोलीसम्ममा त्यो पनि कम हुनसक्ने उनको अनुमान छ । आज मात्रै सभामुख देवराज घिमिरेले विपद्मा खेलेको भूमिकालाई लिएर सरकारलाई धन्यवाद दिएका छन् । आइतबार सन्देश जारी गर्दै उनले असोज १६ गतेदेखि देशका विभिन्न स्थानहरूमा आएको बाढी÷पहिरोले जनधनको ठूलो क्षति पु¥याएकोमा आफू अत्यन्त दुःखी र मर्माहत भएको बताएका हुन्।

विपदबाट प्रभावित नागरिकहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्न गर्दै उनले सरकारको भूमिकाको प्रशंसा गरेका हुन् । सभामुखले लेखेका छन्, ‘सरकारका तर्फबाट उद्धार र पुनस्र्थापनाका लागि सबै सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्वयंसेवकहरूलाई परिचालन गरिएकोमा धन्यवाद व्यक्त गर्दै पीडितको राहतका लागि ध्यानाकर्षण गराउँदछु।’

चुनौतीपूर्ण घडीमा सबै एकजुट भएर अघि बढ्ने हो भनेमात्र विपद्लाई पार गर्न सकिने उल्लेख गर्दै उनले थपेका छन्, ‘राहत तथा उद्धारमा संलग्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न सबै देशबासीमा अपिल गर्दछु।’

 

Tags: #आजको मौसम खराब#मौसम प्रणाली

लोकप्रीय

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

विचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

थप समाचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा
संगीत

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
समाचार

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.