कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

२३ असोज , काठमाण्डौ ।

केही दिनयता वर्षा हुने क्रम रोकीएपनि पश्चिमी वायुको प्रभाव भने कायमै रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण केही प्रदेशहरुमा आज दिउँसो र भरे राती हल्का वर्षा हुने अनुमान गरिएको छ ।

सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु र स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ । बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ ।

गण्डकी प्रदेशको थोरै स्थानहरूमा, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

देशका पहाडी भूभागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.