NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ? आइतवार अशोज २६ , २०८२
विश्वकप छनोटः फलामको चिउरा चपाउँदै,यूएई वि रु द्ध खेल्दै नेपाल आइतवार अशोज २६ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव आइतवार अशोज २६ , २०८२
नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु शनिबार अशोज २५ , २०८२
चीनमाथि १३०% कर, ट्रम्प–सी बीच व्यापार यु द्ध फेरी च र्कि यो शनिबार अशोज २५ , २०८२
Next
Prev

समाचार

विश्वकप छनोटः फलामको चिउरा चपाउँदै,यूएई वि रु द्ध खेल्दै नेपाल

आइतवार अशोज २६ , २०८२
Reading Time: 1 min read
A A
विश्वकप छनोटमा नेपालको शानदार इन्ट्री,कुवेत ५८ रनले पराजित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२६ असोज ,काठमाण्डौ ।

आईसीसी विश्वकप एयिसा–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ का खेल आजबाट ओमानमा सुरु हुँदैछन् । नेपालले आज चिरप्रतिस्पर्धी युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ । आजको खेल नै विश्वकप छनोटका लागि नेपालका लागि निजर्णायक मानिएको छ।

जारी छनोटमा यूएई नै नेपालका लागि प्रमुख चुनौती मानिएको छ । प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा २ अंक जोड्दै आएको हो । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो ।

यस्तै दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो । यूएईविरुद्ध प्रतिस्पर्धामा उत्रँदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । यस्तै यूएई पनि समूह चरणका दुवै खेलमा जितसहित सुपर–६ मा आएको हो ।

समूह ‘ए’मा यूएईले कतारलाई सात विकेटले हराएको थियो । यूएईले मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।नेपालले सुपर–६ मा रहेका पाँचमध्ये चार टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले प्रतिस्पर्धा गर्ने टिममा यूएईसँगै कतार, ओमान र समाओ छन् । जसमध्ये बलियो टोलीका रुपमा यूएईलाई हेरिएको छ। नेपालले आफ्नै समूहबाट सुपर–६ मा आएको जापानविरुद्ध भने प्रतिस्पर्धा गर्ने छैन ।

सुपर–६ मा नेपालले यी चार टिमविरुद्ध ‘डबल राउन्ड रोबिन’ पद्धतिअनुसार प्रतिस्पर्धा गर्नेछ । विश्वकपको यो छनोट प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका कुल नौ टिमको सहभागिता थियो ।

यसबाट तीन टिमले मात्र आउँदो वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउनेछन् । नौलाई प्रत्येकमा तीन टिम रहने गरी तीन समूहमा विभाजन गरिएको थियो । त्यहाँबाट प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–६ मा छनोट भएका हुन् ।

सुपर–६ को शीर्ष तीनमा रहने टिमले विश्वकपमा स्थान बनाउनेछन् । यसअघि टी–२० विश्वकप खेलिसकेको पपुवा न्यु गिनीसँगै कुवेत र मलेसिया भने पहिलो चरणबाटै बाहिरिएका छन् ।

छनोटअघि नेपालले तयारीस्वरूप टेस्ट राष्ट्र तथा दुईपटकको ट्वान्टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग तीन खेलको शृंखला खेलेको थियो । यूएईमा भएको उक्त शृंखलामा नेपालले २–१ को ऐतिहासिक जित निकालेको थियो ।

ओमानमै भएको छनोटअघिको अभ्यास खेलमा नेपालले शतप्रतिशत जित निकालेको थियो । अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो । नेपालले कतारविरुद्ध १६ रनको जित निकालेको थियो ।

नेपाली क्रिकेट टिमले हालसम्म दुईपटक मात्र ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको छ । नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा प्रतिस्पर्धा गरेको थियो ।

त्यति बेला नेपाली टिम नेपाल क्रिकेट संघ (क्यान)का हालका सचिव पारस खड्काको कप्तानीमा प्रतिस्पर्धामा उत्रिएको थियो । त्यसपछि नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजित ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो ।

विश्वकपको यो संस्करणमा नेपाली टिमको नेतृत्व रोहित पौडेलले गरेका थिए । गतवर्षको विश्वकपको यात्रा नेपालले यूएईलाई नै पाखा लगाएर तय गरेको थियो । समूह चरणमा सामोआले पपुवा न्यु गिनीलाई हराउनु, कतारले मलेसियालाई हराउनु अनि जापानले कुवेतलाई हराउनु केही सरप्राइज नतिजाको रुपमा आयो ।

त्यसैले सुपर सिक्सका खेलहरु अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ । नेपालले समूह चरणमा तुलनात्मक रुपमा कमजोर टोलीसँग खेलेको थियो । सुपर सिक्समा अझ बलिया टोली हुने भएकोले पनि अब नेपालका लागि मुख्य चुनौती सुपर सिक्समा हुनेछ ।

समूह चरणमा अपराजित रहेका नेपाल, युएई र ओमानसँग सुपर सिक्समा खेल्नुअघि नै २–२ अंक हुनेछ । बाँकी तीन टिमसँग कुनै अंक हुने छैन । यस्तोमा यी तीन टिमलाई २ अंकको फाइदा छ ।

सुपर सिक्समा नेपालले समूह ए बाट आएका युएई र कतार तथा समूह सी बाट आएका ओमान र सामोअसँग प्रतिस्पर्धा गर्नेछ । युएई र ओमान नेपालका लागि चिरपरचिति प्रतिद्वन्दी हुन् ।

यस्तै कतारसँग पनि नेपालले यसअघि खेलिसकेको छ । यस्तै दोस्रो खेल सोमबार कतारसँग खेल्नेछ । त्यसपछि नेपालले तेस्रो खेल ओमानसँग बुधबार खेल्नेछ भने सुपर सिक्सको अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ ।

यी चार खेलको नतिजापछि नेपालले टी–२० विश्वकपमा स्थान बनाउने÷नबनाउने टुङ्गो लाग्नेछ । अबको एक साताभित्रै टी–२० विश्वकप पुग्ने तीनवटै टिमको टुङ्गो लाग्नेछ।
आजको खेलमा जित हारको नतिजाले पनि नेपालको आगामी खेलमा प्रभाव पार्न सक्छ ।

त्यसैले सुरुमा नेपाली टिमको पहिलो प्राथमिकता भनेकै युएई विरुद्ध जित निकाल्ने हुनेछ । ओमानी मैदानमा नेपालको नतिजा खासै राम्रो छैन । त्यसमा पनि युएईविरुद्ध नेपालको विगतमा राम्रो छैन ।

नेपालले युएईसँग ओमानमा खेलेको तीनवटै टी–२० अन्तर्राष्ट्रिय खेलमा हार व्यहोरेको छ । सन् २०२२ मा ओमानमै भएको टी–२० विश्वकप छनोटमा नेपाल यूएईसँग पराजित हुँदा विश्वकपमा छनोट हुन असफल भएको थियो ।

त्यस बेला सेमिफाइनलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो । त्यसअघि भएको चार देशीय सिरिजमा नेपाल युएईसँग २५ रनले पराजित भएको थियो । यस्तै पछिल्लो पटक सन् २०२४ मा भएको एसीसी प्रिमियर कपको सेमिफाइनलमा पनि नेपाल यूएईसँगै पराजित भएको थियो ।

एसिया कपको छनोटको रुपमा समेत रहेको उक्त सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो । जापानलाई हराएपछि कप्तान रोहितले पनि यूएई पनि राम्रो टिम भएको तर एक विपक्षी टिमकै रुपमा लिने बताएका छन् । ।

‘यूएई यो टुर्नामेन्टको बेस्ट टिममध्ये एक हो । हामी विपक्षीको रुपमा हेरेका छौं । यदि हामीले हाम्रो बेसिक र स्ट्यानडर्ड अनुसार खेल्यौं भने हामीले जित्न सक्छौं’ रोहितले भने, ‘मुख्य कुरा हामी विपक्षी को छ भन्दा पनि आफ्नो स्ट्रेन्थमा फोकस गर्नेछौं ।’

यस पटक नेपाली टिमको लय राम्रो रहेको र टिम सन्तुलित रहेकोले यूएईसँग हराउन सक्ने विश्वास छ । तर वास्तविक परिक्षा भने आज ओमानको मैदानमा देखिनेछ ।

Tags: #विश्वकप छनोट

लोकप्रीय

आज गुण्डुमा एमालेको श क्ति प्र द र्श न, प्रमुख वक्ता ओली

आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ?

आइतवार अशोज २६ , २०८२
विश्वकप छनोटमा नेपालको शानदार इन्ट्री,कुवेत ५८ रनले पराजित

विश्वकप छनोटः फलामको चिउरा चपाउँदै,यूएई वि रु द्ध खेल्दै नेपाल

आइतवार अशोज २६ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आइतवार अशोज २६ , २०८२

विचार

आज गुण्डुमा एमालेको श क्ति प्र द र्श न, प्रमुख वक्ता ओली

आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ?

आइतवार अशोज २६ , २०८२
विश्वकप छनोटमा नेपालको शानदार इन्ट्री,कुवेत ५८ रनले पराजित

विश्वकप छनोटः फलामको चिउरा चपाउँदै,यूएई वि रु द्ध खेल्दै नेपाल

आइतवार अशोज २६ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आइतवार अशोज २६ , २०८२

थप समाचार

आज गुण्डुमा एमालेको श क्ति प्र द र्श न, प्रमुख वक्ता ओली
ताजा समाचार

आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ?

आइतवार अशोज २६ , २०८२
विश्वकप छनोटमा नेपालको शानदार इन्ट्री,कुवेत ५८ रनले पराजित
खेलकुद

विश्वकप छनोटः फलामको चिउरा चपाउँदै,यूएई वि रु द्ध खेल्दै नेपाल

आइतवार अशोज २६ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आइतवार अशोज २६ , २०८२
नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु
समाज

नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु

शनिबार अशोज २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

World News: जर्जियाको प्रदर्शनमा नेपाली झण्डा, इजिप्ट वार्ता जारी || Nepal Times

00:22:34

World News: Bangladeshले तैनाथ गर्यो यु*द्धपोत, चटगाउँ हिं*साबारे Indiaको खण्डन || Nepal Times

00:18:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२

हालका पोस्टहरू

आज गुण्डुमा एमालेको श क्ति प्र द र्श न, प्रमुख वक्ता ओली

आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ?

आइतवार अशोज २६ , २०८२
विश्वकप छनोटमा नेपालको शानदार इन्ट्री,कुवेत ५८ रनले पराजित

विश्वकप छनोटः फलामको चिउरा चपाउँदै,यूएई वि रु द्ध खेल्दै नेपाल

आइतवार अशोज २६ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आइतवार अशोज २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.