NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ? आइतवार अशोज २६ , २०८२
आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ? आइतवार अशोज २६ , २०८२
विश्वकप छनोटः फलामको चिउरा चपाउँदै,यूएई वि रु द्ध खेल्दै नेपाल आइतवार अशोज २६ , २०८२
Next
Prev

समाचार

आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ?

आइतवार अशोज २६ , २०८२
Reading Time: 1 min read
A A
आज गुण्डुमा एमालेको श क्ति प्र द र्श न, प्रमुख वक्ता ओली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ असोज , काठमाण्डौ ।

जेनजी विद्रोहले राजनीतिक उथलपुथल पार्दा नेतृत्व परिवर्तनसहित नयाँ शिराबाट पुनर्गठन, त्यसका लागि यथासिघ्र महाधिवेशन वा विशेष महाधिवेशनको माग अहिले सबै राजनीतिक दलहरुमा बढेको छ ।

खासगरी ठूला राजनीतिक दलमा जति जबर्जस्त यो माग उठिरहेको छ, त्यसको सम्बोधन गर्न शीर्ष नेता वा संस्थापन पक्षलाई त्यति नै सकस परिरहेको देखिएको छ । नेपाली काँग्रेसमा आगामी महाधिवेशन ढिलोचाँडो भएपनि सभापतिमा शेरबहादुर देउवा फेरि नउठ्ने पक्का नै छ ।

LS Auto

यद्यपि माग बमोजिम अहिलेनै नेतृत्व छाड्न वा महाधिवेशनमा जान पनि देउवा केही हिच्किचाई रहेका छन् । यता नेकपा एमालेमा भने केपी शर्मा ओलीले अध्यक्ष अझै नछाड्ने अडान राखिरहेकै छन् ।

उनका जबसम्म सक्छु लड्छु, नसकेका दिन छाड्छु भन्ने अभिब्यक्तिले र उनका निकटतमहरुले पनि अहिले ओलीको विकल्प छैन भन्दै जारी राखेको समर्थनले पार्टी पुनर्गठन हुने सम्भावना कमजोर नै देखिन्छ ।

यद्यपि पार्टीभित्र महाधिवेशनका लागि आवाज घनिभूतरुपमा सुनिन थालेको छ । यसबीच आज एमालेको सचिवालय बैठक बस्दै छ । हिजैका निम्ति निर्धारित बैठक पार्टी अध्यक्ष ओली अस्वस्थ भएको भन्दै स्थगन गरिएको थियो ।

बैठक अहिले ११ बजे बस्ने पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् । एमाले सचिवालय बैठक शुक्रबार पनि बसेको थियो । भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकको पहिलो दिन नेताहरूले पार्टी पुनर्गठनको विषय उठाउँदै अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिएका थिए ।

बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । बैठकमा पार्टी पुनर्गठन, संसद् पुनस्र्थापना कि निर्वाचन भन्ने विषयमा नेताहरूले धारणा राखेका थिए । के गर्ने भन्ने निष्कर्ष निस्किसकेको छैन ।

अब आज सचिवालय बैठकबाट पार्टी महाधिवेशनको मिति प्रस्ताव गरिने बताइएको छ । पार्टीको महाधिवेशन आउँदो मंसिर अन्तिममा वा पुसको सुरुमा गर्नेे गरी प्रस्ताव गरिने सम्भावना छ । महाधिवेशनको मिति केन्द्रीय कमिटीले तोक्नेछ ।

एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २९ देखि ३१ गतेसम्मका निम्ति बोलाइएको छ । यता सभापति शेरबहादुर देउवालाई हटाउन विशेष महाधिवेशन माग्दै काँग्रेसका इतर पक्षले थालेको हस्ताक्षर अभियानमा ५० प्रतिशत भन्दा धेरै महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

यद्यपि, संस्थापन पक्षले हस्ताक्षरप्रति केही प्रश्न उठाएको छ । कांग्रेसको १४ औँ महाधिवेशनमा ४७ सय ४३ महाधिवेशन प्रतिनिधि थिए । त्यसमध्ये ५० प्रतिशत भन्दा धेरैले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले दाबी गरेका छन् ।

उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्ने बताए । उनले महाधिवेशन र पार्टीमा रूपान्तरण नचाहेकाहरूले सङ्कलित हस्ताक्षर अभियानको वैधतामाथि प्रश्न उठाएको आरोप पनि लगाएका छन् ।

केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने उल्लेख छ ।

विधानमा भनिएको छ, ‘केन्द्रीय महाधिवेशनको एक महिना अगाडि केन्द्रीय महाधिवेशनका प्रतिनिधिले आ–आफ्नो जिल्लामार्फत केन्द्रीय महाधिवेशनमा प्रस्तुत गरिने प्रस्ताव केन्द्रमा बुझाउनु पर्नेछ ।’

इतर पक्षका नेता गुरुराज घिमिरेसहित १०९ नेताहरूले असोज ६ गतेबाट विशेष महाधिवेशन माग्दै हस्ताक्षर सङ्कलन थालेका थिए । यद्यपि, नेताहरूको जोड नियमित महाधिवेशनमा छ ।

अहिलेको कार्यसमितिको म्याद मंसिरमा नै सकिने भएकाले कार्यकाल नथपी महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका अधिकांशको जोड छ । महामन्त्री गगन थापाले पदाधिकारी बैठकमा पनि मंसिरमा नियमित महाधिवेशन सम्भव नभए मात्रै विशेष महाधिवेशन गर्ने ढङ्गले प्रस्ताव राखेका थिए ।

त्यसमा अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि साथ छ । त्यसबारे छिनोफानो भोलिबाट सुरु हुने केन्द्रीय कमिटी बैठकले गर्नेछ । ५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले पार्टीमा नयाँ नेतृत्व र रूपान्तरण खोजेको इतरपक्षका नेताहरुले बताएका छन् ।

तर, संस्थापन पक्षका नेताहरू विभिन्न विकल्पमा छलफलमा रहेपनि मंसिरमा नियमित महाधिवेशन गर्न नसक्ने पक्षमा उभिँदै गएका छन् । यद्यपि देउवाको सम्मानजनक बिदाइका लागि महाधिवेशन गर्ने, उपसभापति खड्कालाई केन्द्रीय समितिबाटै कार्यवाहक तोक्नेदेखि केन्द्रीय समिति नै भङ्ग गरेर एक जनालाई संयोजक तोक्नेसम्मको विकल्पमा कांग्रेसभित्र छलफल भइरहेको छ ।

देउवा निकट रहेका नेता डा. शशांक कोइरालाले पनि केन्द्रीय समिति भङ्ग गरेर कार्यवाहक तोक्न देउवालाई सुझाइसकेका छन् । उनी संस्थापन पक्षबाट नेतृत्वको दाबेदारमध्येका एक हुन् ।

तर कोइरालाको यो प्रस्ताव महाधिवेशन नगर्ने गरी आएको भन्दै इतर पक्ष रुष्ट छ । संस्थापन पक्षले महाधिवेशन टार्न खोज्ने बुझेरै आफूहरूले दबाब दिनको लागि हस्ताक्षर सङ्कलन गरेको इतर पक्षका नेताहरु बताउँछन् ।

तर, संस्थापन पक्षका नेताहरूले भने महामन्त्रीले नै हस्ताक्षर अभियान चलाएर पार्टी विभाजन गर्न खोजेको आरोप लगाएको छ । यसबीच बैठकमा सभापति शेरबहादुर देउवाको सन्देश उपसभापति खड्काले सुनाएका थिए ।

देउवाको भनाइ उदृत गर्दै उनले भने, ‘पार्टी सभापतिले कसरी हुन्छ सबै मिलेर तपाईंहरू निर्णयमा पुग्नुहोस् । अहिलेको अवस्थामा यहाँहरूले जे निर्णय गर्नुहुन्छ त्यसमा मेरो सहमति छ’ । ‘सबै बसेर निर्णय गर्नुहोस्, म तयार छु । धेरै कुरा गर्न म चाहन्न । मेरो स्वास्थ्यले पनि साथ दिएको छैन । धेरै उठ्दा पनि मलाई रिँगटा चलिरहेको छ । म केन्द्रीय समिति बैठकमा मात्र एकछिन आउँछु होला।’

भन्दै देउवाले भनेको सन्देश खड्काले सुनाएका थिए । अर्थात देउवाले के गर्ने भनेर सबैले एउटा निर्णय गर्नुपर्ने र त्यो निर्णयमा आफू तयार रहने बताएको खड्काले बैठकमा ब्रिफिङ गरेका हुन् ।

‘एकता प्रदर्शन गर्नु भनेर सभापतिले भन्नुभएको छ । बिहान पनि कुरा भएको थियो’, खड्काले देउवाले राखेको कुरा बैठकमा सुनाउँदै भने, ‘उहाँले म अब जे बहुमतले निर्णय गर्छ त्यो मान्छु भन्नुभएको छ । तर हामी साझा धारणा बनाएर जानुपर्छ ।’

खड्काले सभापतिले पठाएको सन्देश बैठकमा राखेसँगै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा भएका कुरा पनि सुनाए । उनले राजनीतिक दलले त्रासपूर्ण तरिकामा निर्वाचनमा भाग लिने वातावरण सरकारले तयार पार्नुपर्ने कुरा राखेको बताएका थिए ।

Tags: #एमाले बैठक

लोकप्रीय

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

आइतवार अशोज २६ , २०८२

विचार

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

आइतवार अशोज २६ , २०८२

थप समाचार

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै
समाचार

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड
खेलकुद

पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?
ताजा समाचार

टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

आइतवार अशोज २६ , २०८२
आज गुण्डुमा एमालेको श क्ति प्र द र्श न, प्रमुख वक्ता ओली
ताजा समाचार

आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ?

आइतवार अशोज २६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

World News: जर्जियाको प्रदर्शनमा नेपाली झण्डा, इजिप्ट वार्ता जारी || Nepal Times

00:22:34

World News: Bangladeshले तैनाथ गर्यो यु*द्धपोत, चटगाउँ हिं*साबारे Indiaको खण्डन || Nepal Times

00:18:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२

हालका पोस्टहरू

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

आइतवार अशोज २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.