NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी मङ्लबार कार्तिक ४ , २०८२
गाजामा अस्ताएका विपिनको महाकालीमा अ न्त्ये ष्टि, स शस्त्र प्र हरीको सलामी मङ्लबार कार्तिक ४ , २०८२
चीनलाई १५५% ट्यारिफ लगाउने ट्रम्पको ध म्की मङ्लबार कार्तिक ४ , २०८२
Next
Prev

समाचार

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
Reading Time: 1 min read
A A
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

४ कार्तिक , काठमाण्डौ ।

सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका र घाइतेहरुका लागि रकम निकासा गरेको छ । घाइते भएका व्यक्तिको भैपरी खर्चवापत् सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चवापत प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले वितरण गर्न यो रकम पठाइएको हो । पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइ सकिएको गृह मन्त्रालयले जनाएको छ ।

प्राविधिक समितिले वर्गीकरण गरेपश्चात् घाइते भएका व्यक्तिहरूलाई वर्गीकरणका आधारमा उचित राहतको व्यवस्था गर्ने गरी तत्कालका लागि भैपरी खर्चवापत रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गत असोज १२ गते गरेको थियो ।

हालसम्म स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले २ हजार ४२९ जना घाइतेको विवरण गृह मन्त्रालयमा उपलब्ध गराएको छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि परिचयपत्र वितरण पनि गरेको छ ।

गृहले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा २ हजार ८७६ परिचयपत्र पठाएको छ । ३८ वटा परिचयपत्र अस्पतालबाट वितरण गरिएको छ । घाइते भएका व्यक्तिहरूको पुनः उपचारका लागि अस्पतालहरू तोकी ती अस्पतालहरूमा जेन–जी क्लिनिक सञ्चालनमा ल्याइएको छ ।

यसरी पुनः उपचारमा जाने घाइतेलाई निःशुल्क आवतजावतको व्यवस्था मिलाइएको छ । घाइतेको उपचारकै लागि स्वास्थ्य मन्त्रालयले हटलाइनको व्यवस्था मिलाउनुका साथै सहजीकरणका लागि सम्पर्क व्यक्तिसमेत तोकिदिएको छ ।

घाइतेहरूको अवस्थाका आधारमा वर्गीकरण गरी स्वास्थ्य मन्त्रालयमा प्राविधिक समिति गठन गरिँदै छ। यस समितिमा घाइतेका प्रतिनिधि पनि सामेल हुनेछन् । सरकारले जेन–जी आन्दोलनका घाइतेहरुको निःशुल्क उपचार गरिरहेको छ ।

अहिलेसम्म एक अर्बभन्दा बढी रकम घाइतेको उपचारमा खर्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटासहितको टोलीलाई बोलाएर घाइतेहरुको अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी थिइन् ।

मन्त्रिपरिषद्को भदौ ३० गते बसेको बैठकले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो । घाइतेलाई दीर्घकालीन पुनस्र्थापनका विषयमा पनि सरकारी निकायबीच गम्भीर छलफल भइरहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।

यस्तै गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ५३ जनाका परिवारलाई १५ लाख रुपैयाँका दरले आर्थिक सहायता तथा किरिया खर्च पठाएको छ । तीमध्ये ४९ जनाका परिवारले प्राप्त गरिसकेको छ ।

४ जनाका परिवारलाई बुझाउने प्रक्रिया चलिरहेको छ । सहिदका आफन्तहरुबीच सहमति कायम गरी बाँकी ४ जनालाई पनि सहायता उपलब्ध गराउने प्रयास भइरहेको छ ।

भदौ ३० कै मन्त्रिपरिषद् बैठकले मृतक नेपाली नागरिकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता र ५ लाख रुपैयाँका दरले काजकिरिया तथा अन्य खर्चका लागि वितरण गर्ने निर्णय गरेको छ ।

आन्दोलनको मौका छोपी भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दीलाई भने रकम वितरण गरिने छैन । सो अनुसार हालसम्म पहिचान खुलेका ५३ जना मृतक परिवारलाई १५ लाखका दरले उक्त रकम पठाइएकोमा ४९ जनाको परिवारले बुझेको र अन्य ४ जनाको परिवारलाई बुझाउने प्रक्रियामा रहेको छ ।

परिवारका सदस्यहरुको आग्रहबमोजिम मृतकका शवको व्यवस्थापनका लागि निःशुल्क सवारी साधन एवम् दुर्गमको हकमा हेलिकप्टरको व्यवस्थापन गरिएको थियो । यस अनुसार संखुवासभा, धनकुटा, सिरहा, सुनसरी र उदयपुर जिल्लामा ६ जनाको शव हेलिकप्टरमार्फत पठाइएर परिवारको जिम्मा लगाइएको थियो ।

सहिदको सम्मानमा गत असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक सूचना प्रकाशित गरी उक्त दिन सार्वजनिक बिदा दिइएको थियो। त्यस दिन राष्ट्रिय झण्डा आधा झुकाइएको थियो ।

जेन–जी पुस्ताको नाममा काठमाडौँ उपत्यकाभित्रको उपयुक्त स्थानमा जेन–जी जागरण स्मारक पार्क निर्माण गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । यो निर्णय कार्यान्वयनका लागि सहरी विकास मन्त्रालयले प्रक्रिया अघि बढाइरहेको छ ।

जेन–जी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको छ। जसमा नेपाल प्रहरी ३ सहित पहिचान खुलेका नागरिक ५३ जना छन् । १२ जनाको अझै पहिचान खुल्न सकेको छैन ।

कारागारबाट भाग्न लाग्दा सुरक्षाकर्मीले चलाएको गोली लागी १० जना कैदीको मृत्यु भएको छ। एक जना विदेशीको पनि ज्यान गएको छ ।

Tags: #कति छन् घाइते जेनजी ?

लोकप्रीय

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

मङ्लबार कार्तिक ४ , २०८२

विचार

थप समाचार

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा
आर्थिक

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी
खेलकुद

पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

मङ्लबार कार्तिक ४ , २०८२
गाजामा अस्ताएका विपिनको महाकालीमा अ न्त्ये ष्टि, स शस्त्र प्र हरीको सलामी
ताजा समाचार

गाजामा अस्ताएका विपिनको महाकालीमा अ न्त्ये ष्टि, स शस्त्र प्र हरीको सलामी

मङ्लबार कार्तिक ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

00:19:42

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

00:12:58

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२

हालका पोस्टहरू

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

मङ्लबार कार्तिक ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.