आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

६ कार्तिक , काठमाण्डौ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि नयाँ विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आजको दर अनुसार अमेरिकी डलर स्थिर रहँदा युरो, पाउण्ड स्टर्लिङलगायतका प्रमुख मुद्राहरूको मूल्य घटेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ १४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको १०० रुपैयाँ १४ पैसा, र सिङ्गापुर डलर एकको १०८ रुपैयाँ ०८ पैसा तोकिएको छ।

एशियाली मुद्राहरूमा जापानी येन १० को खरिददर ९ रुपैयाँ २५ पैसा, चिनियाँ युआन एकको १९ रुपैयाँ ७० पैसा, साउदी रियाल एकको ३७ रुपैयाँ ४३ पैसा, र कतारी रियाल एकको ३८ रुपैयाँ ५२ पैसा कायम भएको छ।

त्यस्तै, थाइ भाट एकको खरिददर ४ रुपैयाँ २७ पैसा, युएई दिराम एकको ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको ३३ रुपैयाँ १९ पैसा, र दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८१ पैसा तोकिएको छ।

उच्च मूल्यका मुद्राहरूमा हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७ पैसा, कुवेती दिनार एकको ४५७ रुपैयाँ ८८ पैसा, बहराइन दिनार एकको ३७२ रुपैयाँ ४१ पैसा, र ओमनी रियाल एकको ३६४ रुपैयाँ ६४ पैसा कायम भएको छ।

भारतीय रुपैयाँ १०० को दर भने १६) रुपैयाँ खरिद र १६० रुपैयाँ १५ पैसा बिक्रीका लागि निर्धारण गरिएको छ।

राष्ट्र बैंकले तोकेको विनिमय दरलाई आवश्यक परेमा कुनै पनि समयमा संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले प्रकाशित गर्ने दर केही फरक हुन सक्ने जनाएको छ।
बैंकका अनुसार सबै अद्यावधिक विनिमय दरहरू राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.