सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

१२ कार्तिक , काठमाण्डौ ।

सोलुखुम्बुमाआज विहान उद्धारका लागि गएको एउटा हेलिकप्टर स्वयं दुर्घटनामा परेको छ ।

लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर आज बिहान सो हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन्।

हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने नरहेको उनले बताइन् ।

साथै पाइलट विवेक खड्का पनि सकुशल रहेका छन् ।

लुक्ला विमानस्थलका अनुसार बिहान ८ः१५ बजे अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएको हो ।

उक्त हेलिकोप्टर बिहान ७ः४३ मा लुक्लाबाट उद्धार उडानका लागि लोबुचेतर्फ उडेको थियो ।

हेलिकप्टर चिप्लिएका बेला पर्यटकहरूले ’ला ! हेलिकप्टर दुर्घटना भयो’ भन्दै कराएको भिडियोहरू सामाजिक सञ्जालमा समेत पोस्ट भएका छन् ।

अल्टिच्युड एयरका कार्यकारी अध्यक्ष निमा नुरु शेर्पाले पनि क्याप्टेन खड्कालाई खासै केही नभएको जानकारी आएको बताए ।

क्याप्टेन खड्कालाई लिन लुक्लाबाट कैलाश एयरको हेलिकोप्टर गएको छ ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.