NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी शुक्रबार कार्तिक २१ , २०८२
फागुनको चुुनावमा २४ नयाँ दल, निर्वाचनको तयारी ६० प्रतिशत पूरा शुक्रबार कार्तिक २१ , २०८२
ओलीले फेरि जेनजीलाई जिस्क्याए, डिस्कर्डको भोटिङ मतपत्र कस्तो थियो ? शुक्रबार कार्तिक २१ , २०८२
रविलाई बदनाम गरिएपछि रास्वपा झन बलियो शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

ओलीले फेरि जेनजीलाई जिस्क्याए, डिस्कर्डको भोटिङ मतपत्र कस्तो थियो ?

शुक्रबार कार्तिक २१ , २०८२
Reading Time: 1 min read
A A
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२१ कार्तिक , काठमाण्डौ ।

२८ घण्टाको अवधिमा राज्य सत्ताले नै घुँडा टेकेपछि सडकबाटै अन्तरिम नागरिक सरकार बनेको छ । सडक आन्दोलनपछि जेनजीहरुले सडकबाटै सामाजिक संजाल डिस्कर्डबाट भोटिङमार्फत नै एजेण्डासहित प्रधानमन्त्रीका रुपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सिफारिस गरे ।

सुशीलाको नेतृत्वको सरकारमा राजनीतिमा नजोडिएका तथा सामाजिक प्रतिष्ठा बनाएका प्रवुद्ध ब्यक्तिहरुको प्रतिनिधित्व रहेको छ । सरकार राष्ट्रपतिले नियुक्त गर्दा नै कार्यदेश दिएको फागुन २१ को चुनाव सम्पन्न गर्नका लागि अहोरात्र खटिरहेको छ ।

जेनजी आन्दोलनमा दमन गर्ने, भ्रष्टाचारीहरु अझै बाहिरै रहेको भन्दै जेनजीहरुले खबरदारी गर्दा सम्म सरकार निर्वाचनको माहोल नबिथोलियोस् भन्दै विधिसम्बत न्याय निरुपणमा लागिपरेको छ ।

जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगको प्रतिवेदन यही सरकारले अक्षरश पालना गर्ने प्रधानमन्त्रीसहित मन्त्रीहरुले बताइरहेका छन् । तर जेनजी आन्दोलनपछि १० दिनसम्म सेनको सुरक्षामा रहेर सार्वजनिक भएयता निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सरकार असंवैधानिक भएको भन्दै निर्वाचन नगर्ने, नहुने भन्दै संसद पुर्नस्थापनाको रटान लगाइरहेका छन् ।

हरेक सार्वजनिक समारोहमा सरकारविरुद्ध खनिदै आएका ओली आज एमालेकै विद्वतवर्गको अन्तरसंवाद कार्यक्रममा पनि त्यसैलाई निरन्तरता दिएका छन् । शुक्रबार एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले राजतन्त्रका बेलाजस्तो अहिले जेनजी आन्दोलनको कुनै जग नभएको टिप्पणी गरेका छन् ।

“अहिलेका प्रतिगमनकारी कमजोर, कुनै ग्राउन्ड, इतिहास नभएका । परम्पराको टेको न जनसमर्थनको आधार केही पनि नभएका,” ओलीले भने । उनले आगो लगाएको, तोडफोड गरेको, आतंक मच्चाएको भरमा सरकार बनाइएको भन्दै आपत्ति जनाए ।

ओलीले डिस्कर्डबाट चुनाव गरेर शासनमा पुगेको भन्दै मतपत्र कस्तो थियो भनेर जेनजीलाई प्रश्न गरे । “डिस्कर्डबाट शासनमा पुगेका रे ! डेमोक्रेसीमा कहीँ डिस्कर्डबाट शासन हुन्छ ? डिस्कर्डमा भोटिङ पनि ग¥या रे ! दुई तीन हजार केटाकेटी जम्मा भए अनि भोटिङ पनि गरेका रे ! कसले गन्यो ? मतपत्र कस्तो थियो ? रेजा लगायो कि प्वाल पा¥यो अमेरिकाको जस्तो ?,” उनले भने ।

यस्तै ओलीले अदालतले संसद् पुनस्र्थापना नगरे राष्ट्रपतिले गर्नुपर्ने तर्क गरेका छन् । उनले प्रतिनिधिसभाको मागलाई तीव्र बनाउनुपर्ने बताए । “प्रतिनिधिसभाको मागलाई तीव्र बनाउनुपर्छ । जसले पुनस्र्थापना गर्छ, त्यसले गर्छ । कि त अदालतले गर्छ, होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्छ,” ओलीले भने ।

उनले राष्ट्रपतिले विघटन गर्न सक्ने पुनर्गठन गर्न नसक्ने भन्दै प्रश्न गरे । “असंवैधानिक ढंगले विघटन गर्न सक्ने पुनस्र्थपना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिले ? गर्नुप¥यो नि !,” उनले भने ,“विघटन गर्ने राष्ट्रपतिले पुनर्गठन गर्नुप¥यो ।”

यस्तै ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरूप्रति कटाक्ष गरेका छन् । उनले वडाध्यक्ष नै बन्ने सपना नबोकेकाहरू मन्त्री बनेको टिप्पणी गरे ।

“वडा अध्यक्ष हुन्छु भन्ने सपना पनि नदेखका मान्छे मन्त्री भएको छ । कमिट्मेन्ट नै नभएको, जनताप्रति उरदायित्व नभएको, जनतालाई कुनै जवाफ दिनुनपर्ने, जनताको बीचबाट नआएको भूइँफुट्टा, बतासे सरकार,” उनले भने ।

ओलीले सरकारले देशका लागि काम नगरेको आरोप लगाए । उनले देशमा झनै भ्रष्टाचार मौलाएको दाबी गरे । “पाँच दिनमा भयो त करप्सन कन्ट्रोल ? दुई महिनामा कतिवटा पाँचदिन गए ?,” उनले प्रधानमन्त्री कार्कीलाई सोधे ।

विभिन्न कम्पनीलाई कर छुट गरेर भष्ट्राचार भइरहेको उनले आरोप लगाए । उनले देश बनाउँछु भनेर संकल्प गरेका त भ्रष्टाचारमा डुबेको भन्दै कमिटमेन्ट नै नभएकाहरू सरकारमा रहेका बेला के होला भनि प्रश्न गरे ।

यस्तै ओलीले वर्तमान सरकारलाई फेदटुप्पो केही नभएको सरकारको संज्ञा दिएका छन् । ‘यो फेद न टुप्पोको सरकार । जरा पनि छैन, हाँगा पनि छैन । पहेँलो लहरोजस्तो’, ओलीले भने, ‘आकाशवेली सरकारले हामीजस्तो मान्छेलाई पासपोर्ट रोक्का गर्छ ।’ उनले वर्तमान सरकारलाई अनुत्तरदायी भन्दै आफूलाई सुकरातसँग तुलना गरे ।

‘त्यसवेला सुकरात त भागेन आजको केपी ओली भाग्छ ? तमासा पनि हदको हुन्छ नि’, ओलीले आफ्नो पासपोर्ट रोक्का गरेको तथा स्थानहद तोकेको भन्दै आपत्ति प्रकट गरे । नेताहरूलाई स्थानहद तोकेर कस्तो निर्वाचन गर्न खोज्दै छ सरकार भनेर ओलीले प्रश्न गरे ।

‘अहिलेका प्रतिगमनकारी कमजोर, कुनै ग्राउन्ड, इतिहास नभएका । परम्पराको टेको न जनसमर्थनको आधार केही पनि नभएका’ उनले आगो लगाएको, तोडफोड गरेको, र आतङ्क मच्चाएको भरमा सरकार बनाइएकाले यसको कुनै वैधानिकता नरहेको टिप्पणी गरे ।

ओलीले आफूलाई तुलना गरेका सुकरात भने प्राचीन ग्रीसका प्रसिद्ध दार्शनिक थिए, जसलाई पाश्चात्य दर्शनको जनक मानिन्छ। उनी इ.पू. पाँचौं शताब्दीमा एथेन्समा बस्थे। सुकरातले मानिसलाई आफ्नो अज्ञान चिन्न सिक” भनेर सचेत गराउँथे र प्रश्न–उत्तरको माध्यमबाट सत्य खोज्ने अभ्यास गर्थे।

यही कारणले उनले युवाहरूलाई सोच्न प्रेरित गरेको भन्दै राज्यले उनलाई युवाहरूलाई बिगारेको र देवताहरूप्रति अविश्वास फैलाएको आरोप लगायो। अदालतले उनलाई मृत्युदण्ड सुनायो, तर भाग्ने अवसर दिइए पनि उनले कानूनको सम्मान गर्दै भाग्न अस्वीकार गरे र स्वेच्छाले विषको प्याला पिएर मृत्यु वरण गरेका थिए ।

उनी सत्य, न्याय र विवेकका प्रतीकका रूपमा संसारभर सम्मानित छन्। यसैबीच जेनजी आन्दोलन र तत्कालीन प्रधानमन्त्रीका विषयमा रास्वपाले आफ्नो औपचारिक राजनीतिक धारणा सार्वजनिक गरेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सुरक्षा चिन्ताले पदबाट राजीनामा दिएको रास्वपाले निष्कर्ष निकालेको छ । केन्द्रीय समिति बैठकमा कार्यबाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै स्कुले विद्यार्थी मारिएको दुःखमा ओलीले राजीनामा नदिएको उल्लेख गरेका छन् ।

‘तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन बाध्यपारेको पनि २४ गतेको घटनाले नै हो,’ उनले लेखेका छन्, ‘स्कुले विद्यार्थीले ज्यान गुमाउनु परेको दुःखमा होइन, आफ्नै सुरक्षाको चिन्तामा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।’

रास्वपाले २४ भदौको विध्वंशमा पनि राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको दावी गरेको छ । ‘भदौ २४ को विध्वंशमा त राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको तथ्य फोटो र भिडियोबाट खुलिसकेको छ,’ अर्यालले लेखेका छन् ।

Tags: #ओली#ओलीले गरे मन्त्रीको उपेक्षा

लोकप्रीय

हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२
७० हजार जेनजी मतदाता थपिए

फागुनको चुुनावमा २४ नयाँ दल, निर्वाचनको तयारी ६० प्रतिशत पूरा

शुक्रबार कार्तिक २१ , २०८२

विचार

हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२
७० हजार जेनजी मतदाता थपिए

फागुनको चुुनावमा २४ नयाँ दल, निर्वाचनको तयारी ६० प्रतिशत पूरा

शुक्रबार कार्तिक २१ , २०८२

थप समाचार

हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?
ताजा समाचार

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा
ताजा समाचार

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

फागुनको चुुनावमा २४ नयाँ दल, निर्वाचनको तयारी ६० प्रतिशत पूरा

शुक्रबार कार्तिक २१ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना
ताजा समाचार

ओलीले फेरि जेनजीलाई जिस्क्याए, डिस्कर्डको भोटिङ मतपत्र कस्तो थियो ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२
७० हजार जेनजी मतदाता थपिए

फागुनको चुुनावमा २४ नयाँ दल, निर्वाचनको तयारी ६० प्रतिशत पूरा

शुक्रबार कार्तिक २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.