NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी शुक्रबार कार्तिक २१ , २०८२
फागुनको चुुनावमा २४ नयाँ दल, निर्वाचनको तयारी ६० प्रतिशत पूरा शुक्रबार कार्तिक २१ , २०८२
ओलीले फेरि जेनजीलाई जिस्क्याए, डिस्कर्डको भोटिङ मतपत्र कस्तो थियो ? शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२
Reading Time: 1 min read
A A
सरकारको अर्जुन दृष्टि निर्वाचनमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२१ कार्तिक , काठमाण्डौ ।

सरकारको विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएपनि सुशीला सरकारले ती राजदूतलाई स्वदेश फर्काउदै ११ कार्यवहाक राजदूत तोकेको छ ।

सरकारले सर्वाेच्चको आदेशको परिपालना गर्न फिर्ता बोलाइएका राजदूतहरुलाई भने मन्त्रालयमा हाजिर गराउने भएको छ । सरकारले फिर्ता बोलाएका राजदूतहरुलाई परराष्ट्र मन्त्रालयमा कामकाजका लागि व्यवस्था मिलाइएको छ ।

असोज ३० गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न ११ मुलुकमा कार्यरत राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तीमध्ये अधिकांश नेपाल आइसकेका छन् । उनीहरु सरकारको सम्पर्कमा छन् ।

बाँकी आउने क्रममा रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । फिर्ता बोलाइएका राजदूतहरुलाई कात्तिक २० गतेभित्र नेपाल आइपुग्न समयसीमा तोकिएको थियो । त्यसविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले कात्तिक १६ गते निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको छ ।

तर त्यसको भोलिपल्ट अर्थात् कात्तिक १७ गते प्रधानमन्त्री सुशीला कार्कीले नै सम्हालेको परराष्ट्र मन्त्रालयले अर्को पत्र पठाएर राजदूतहरुलाई परराष्ट्र मन्त्रालयमा काज फिर्ता बोलायो ।

सर्वोच्चको आदेशले फिर्ता बोलाइएका राजदूतहरुलाई केही राहत भएपनि परराष्ट्र मन्त्रालयले अर्को पत्र पठाएपछि उनीहरु धमाधम नेपाल फर्किन थालेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकेन्द्रबहादुर क्षेत्रीले फिर्ता बोलाइएका सबै राजदूत परराष्ट्र मन्त्रालयको सम्पर्कमा रहेको बताएका छन् ।

सरकारले अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, चीनका कृष्णप्रसाद ओली, जापानका डा. दुर्गाबहादुर सुवेदी, इजरायलका धनप्रसाद पण्डित, स्पेनका सनिल नेपाल, जर्मनीका शैल रुपाखेती, कतारका रमेशचन्द्र पौडेल, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल र बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

बेलायतका लागि नेपाली राजदुत चन्द्रकुमार घिमिरेले नेपाल फर्केपछि राजीनामा पनि दिइसकेका छन् । आफूले गरेको कामको प्रगति प्रवितेदनसहित घिमिरेले पदबाट राजीनामा दिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।

फिर्ता बोलाइएका अन्य राजदूतहरु पनि राजीनामा दिने तयारीमा रहेको बुझिएको छ । फिर्ता भएका राजदूतहरुका लागि परराष्ट्र मन्त्रालयमा बस्ने ठाउँको व्यवस्था मिलाइएको छ । उनीहरु अब मन्त्रालयमै हाजिर भएर कामकाज गर्नुपर्ने हुन्छ ।

उनीहरुसँग भएको ज्ञानसीपका आधारमा परराष्ट्र मन्त्रालयले आवश्यकताका आधारमा सुझावहरु लिने बताइएको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘हाल मन्त्रालयमा उहाँहरुका लागि बस्ने व्यवस्थासम्म गरिएको छ, काम तथा जिम्मेवारीको बारेमा अहिले केही टुङ्गो लागेको छैन ।’

अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि परराष्ट्र मन्त्रालयमा कामकाज गर्नेगरी उनीहरुलाई फिर्ता बोलाइएको हो । ती अधिकारीका अनुसार कामकाज सन्तोषजनक नभएको भन्दै सरकारले उनीहरुलाई जुनसुकै बेला हटाउन सक्ने सम्भावना छ ।

११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई कार्यवाहक तोकिएको छ । ती कार्यवाहक राजदूतहरुले आ–आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् । अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूतको जिम्मेवारी परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले सम्हाल्नेछन् भने चीनको कार्यवाहकमा सहसचिव रोशन खनाल छन्।

जर्मनीको कार्यवाहकमा उपनियोग प्रमुख सागर फुयाल, जापानको कार्यवाहकमा उपनियोग प्रमुख हरिहरकान्त पौडेल, मलेसियाको कार्यवाहकमा उपनियोग प्रमुख मुदिता बज्राचार्य, कतारको कार्यवाहकमा उपनियोग प्रमुख कुमार राई छन् ।

यस्तै बेलायतको कार्यवाहकमा उपनियोग प्रमुख विपिन घिमिरे, साउदी अरेबियाको कार्यवाहकमा उपनियोग प्रमुख सिर्जना अधिकारी, स्पेनको कार्यवाहकमा उपनियोग प्रमुख पूरक अधिकारी, इजरायलको कार्यवाहकमा उपनियोग प्रमुख अधिकृत कुमारबहादुर श्रेष्ठ र रुसको कार्यवाहकमा सहचारी कसम पोखरेल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Tags: #११ देशका कार्यवहाक राजदूत फिर्ता#राजदूत फिर्ता

लोकप्रीय

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२

विचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२

थप समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?
ताजा समाचार

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा
ताजा समाचार

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

फागुनको चुुनावमा २४ नयाँ दल, निर्वाचनको तयारी ६० प्रतिशत पूरा

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.