NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा मङ्लबार मंसिर २ , २०८२
पुटिन भारत आउनुअघि जयशंकर–लाभरोभ भेटवार्ता मङ्लबार मंसिर २ , २०८२
प्रसाईं पक्राउ परेपछि उनको समूह सडकमा, उपत्यका प्रहरी अलर्ट मङ्लबार मंसिर २ , २०८२
डाइभर्ट जहाज अबदेखि भैरहवामा अवतरण हुने मङ्लबार मंसिर २ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग सोमवार मंसिर १ , २०८२
Next
Prev

समाचार

प्रसाईं पक्राउ परेपछि उनको समूह सडकमा, उपत्यका प्रहरी अलर्ट

मङ्लबार मंसिर २ , २०८२
Reading Time: 1 min read
A A
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ मंसिर , काठमाण्डौ ।

दुई दिन अघिमात्रै निर्वाचन आयोगमा दल दर्ता गराएको नागरिक बचाउ पार्टी आजैबाट सडकमा उत्रिने भएको छ । गए मध्यरातमा दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा यो दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ ।

मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने सो पार्टीका नेताहरुले बताएका छन् । नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले भने, ‘हाम्रा नेता दुर्गा प्रसाईंलाई मध्यराति अपहरण शैलीमा पक्राउ गरेर सरकारले शान्ति भंग गरेको छ । त्यसैले मंसिर ७ गते नपर्खिकन आजैबाट हामी देशव्यापी आन्दोलनमा उत्रिँदैछौं ।’

LS Auto

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको थियो ।यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए ।

राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै ७ मंसिरदेखि आन्दोलनको तयारीमा थिए । तर हिंसा भड्काउ अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरी अधिकारीले बताएका छन् ।

त्यसको विरोधमा आज पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउने र देशव्यापी प्रदर्शन सुरु गर्ने महामन्त्री थाम्सुहाङले बताए । ‘हामी दल दर्ता गरेर निर्वाचनमा अघि बढिरहेका थियौं । हाम्रा गतिविधि शान्तिपूर्ण थिए तर सरकारले नै शान्ति भंग गर्यो,’ महामन्त्री थाम्सुहाङले भने, ‘त्यसविरुद्ध सीडीओ कार्यालयमा आज ध्यानाकर्षण गराउँछौं ।’

उनले प्रसाईंलाई तत्काल, विना सर्त र ससम्मान रिहाइको माग गरे । ‘अन्यथा यो सरकारको अन्त्य हामीले सडकबाटै गर्नेछौं,’ उनले चेतावनी दिए । यसबीच प्रहरीले भने काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ ।

प्रसाईंका समर्थकले मंगलबार बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्नसक्ने अनुमान सुरक्षा सतर्कता अपनाउने तयारी गरेको हो । पछिल्लो समय उनले काठमाडौँ मेयर बालेन साहको घरमा आगो झोस्न, परिवारका सदस्यमाथि झम्टन निर्देशनात्मक अभिव्यक्ति दिएका थिए ।

यस्तै भदौ २४ गते सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाउने कार्यमा हालका प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको प्रत्यक्ष भूमिका रहेको आरोप लगाएका छन् ।

आन्दोलनका कार्यक्रमबारे जानकारी दिन र प्रमाण खुलासा गर्न भनेर आयोजना गरेको पत्रकार सम्मेलनमा प्रसाईँले विभिन्न भिडिओ क्लिप तथा अडिओ समेत सार्वजनिक गर्दै जेन–जी अप्रेसन सेन्टरमा बसेर सबै सम्पदामा आगो लगाउने सन्देश प्रवाह गरिएको आरोप लगाए ।

प्रसाईँले जेन–जी आन्दोलनको डिजाइन पश्चिमा देशहरूको लगानीमा चलेका एनजीओ आईएनजीओसहित विभिन्न संस्थाले गरेको र त्यसमा बारबारा फाउण्डेसनलगायत प्रत्यक्ष संलग्न रहेको दाबी गरेका छन् ।

उनले सिंहदरबारलगायत राष्ट्रिय सम्पदा जलाउनेदेखि जेन–जीको प्रदर्शनमा घुसपैठ गरेर गोली चल्ने वातावरण बनाउने योजना पहिले नै तय भएको दावी समेत गरेका छन् ।

प्रसाईँले यो सबै घटनाहरुमा पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठ, डा.गोविन्द केसी, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, डा. गोविन्द केसीका सहयोगी डा. अभिशेषराज सिंह, डा. सन्दुक रुइतलगायतको भूमिका रहेको बताएका छन् ।

उनले सिंहदरबार जलिसकेपछि मिसन पूरा भयो धन्यवाद बालेन ! भनेको भिडिओ समेत सार्वजनिक गर्दै भदौ २४ को आगजनीमा मेयर बालेन शाह, रास्वपाकी तत्कालीन सांसद डा. तोसिमा कार्की, सुमना श्रेठ, जेनजी अभियन्ता रक्षा बम, सुदन गुरुङसहित १५ जनाको हात रहेको आरोप लगाएका छन् ।

यसैबीच सरकारले भने जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लास्थित विभिन्न सरकारी संरचना, प्रहरी कार्यालय भवन तथा सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेकाको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि जेनजी आन्दोलनका क्रममा जिल्लामा विभिन्न सरकारी तथा निजी भवन र सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप १२ जनालाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको थियो ।

जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्नविरुद्ध कार्यालयमा परेको उजुरीका आधारमा घटनाको अनुसन्धानसँगै आन्दोलनका क्रममा आपराधिक घटनामा संलग्नको खोजी भइरहेको कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले कार्यालयमा छ वटा निजी संरचनामा भएको क्षतिबारे उजुरी परेपछि विशेष अनुसन्धान सुरु गरिएको बताए ।

कार्यालयले आफ्नो मातहतको इलाका प्रहरी कार्यालय बनेपा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न ११ लाई भने पक्राउ गरी कारबाहीसहित थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोकमा विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्याइएको थियो ।

यसअघि जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका थप ५३ कैदीबन्दीलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट विभिन्न मितिमा पक्राउ गरी कार्यालयले जिल्ला कारागार धुलिखेलमार्फत सम्बन्धित कार्यालय पठाएको जनाएको छ ।

यसैबीच प्रहरीले चालु आर्थिक वर्षको चार महिनामा ५३ जना कैद तथा जरिवना तोकिएका व्यक्तिलाई पक्राउ गरेको छ । अदालतले फैसला कार्यान्वनका लागि पठाएका करिब छ सय व्यक्तिको सूचीका आधारमा ५३ जना पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

Tags: #दुर्गा प्रसाईं#प्रसाईं समूह#हाई अलर्ट

लोकप्रीय

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

मङ्लबार मंसिर २ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय

पुटिन भारत आउनुअघि जयशंकर–लाभरोभ भेटवार्ता

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईं पक्राउ परेपछि उनको समूह सडकमा, उपत्यका प्रहरी अलर्ट

मङ्लबार मंसिर २ , २०८२

विचार

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

मङ्लबार मंसिर २ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय

पुटिन भारत आउनुअघि जयशंकर–लाभरोभ भेटवार्ता

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईं पक्राउ परेपछि उनको समूह सडकमा, उपत्यका प्रहरी अलर्ट

मङ्लबार मंसिर २ , २०८२

थप समाचार

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

मङ्लबार मंसिर २ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
अन्तर्राष्ट्रिय

पुटिन भारत आउनुअघि जयशंकर–लाभरोभ भेटवार्ता

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

प्रसाईं पक्राउ परेपछि उनको समूह सडकमा, उपत्यका प्रहरी अलर्ट

मङ्लबार मंसिर २ , २०८२
डाइभर्ट जहाज अबदेखि भैरहवामा अवतरण हुने
ताजा समाचार

डाइभर्ट जहाज अबदेखि भैरहवामा अवतरण हुने

मङ्लबार मंसिर २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

मङ्लबार मंसिर २ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय

पुटिन भारत आउनुअघि जयशंकर–लाभरोभ भेटवार्ता

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईं पक्राउ परेपछि उनको समूह सडकमा, उपत्यका प्रहरी अलर्ट

मङ्लबार मंसिर २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.