NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा शुक्रबार पुस २५ , २०८२
काँग्रेस संस्थापन पक्ष मुठभेडमा उत्रिदै शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
Reading Time: 1 min read
A A
बलिउड अभिनेता धर्मेन्द्रको निधन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ मंसिर , काठमाण्डौ ।

भारतीय दिग्गज अभिनेता धर्मेन्द्र देबलको निधनले बलिउड शोकमा डुबेको छ। उनको विदाइले सबैजना स्तब्ध भएका छन् । ८९ वर्षको उमेरमा उनले २४ नोभेम्बरमा अन्तिम सास फेरे। मुम्बईमा उनको अन्तिम संस्कार गरियो ।

धर्मेन्द्रको निधनपछि उनीसँगै काम गरेका नगरेका धेरै बलिउडका हस्तीहरु शोकमा छन् । आज वास्तविक जीवनको ’जय’ अर्थात अमिताभ बच्चन एक्लो भएका छन्, किनकि उनका प्यारा ’वीरू’ अनन्त यात्रामा निस्किए। यस्तै शत्रुघ्न सिन्हाको ’दोस्त’ पनि अब रहेनन्।

LS Auto

जसलाई उनी ’ब्यूटी’ भन्थे, त्यो सुन्दर मुहार अब उनका यादहरूमा मात्र सीमित भएको छ। अमिताभ बच्चनको मौनता र शत्रुघ्न सिन्हाको टुट्दै गरेको आवाजले एउटै कुरा भनिरहेको छ, एउटा युगको अन्त्य भयो।

अमिताभ बच्चनले एक्स ह्यान्डलमा साथीलाई सम्झँदै आफ्नो दुख व्यक्त गरेका थिए। र अब शत्रुघ्न सिन्हाले एक अन्तर्वार्तामा उनको बारेमा कुरा गर्दै आफूलाई उनी चाँडै निको हुन्छन् जस्तो लागेको बताएका छन्।

धर्मेन्द्र जब अस्पतालबाट घर आएका थिए, तब शत्रुघ्न सिन्हा उनलाई भेट्न त्यहाँ पुगेका थिए। धर्मेन्द्रको निधनपछि सिन्हाले भनेका छन्, धर्मेन्द्र, यस धर्तीका सबैभन्दा सुन्दर मानिस थिए। जब हामी सँगै हिँड्थ्यौं, तब ब्युटी एण्ड द बिस्ट जस्तै देखिन्थ्यौं। अर्को दिन जब म र मेरी पत्नी उनलाई भेट्न घर गएका थियौं, उनी मुस्कुराइरहेका थिए। बिरामी हुँदाहुँदै पनि उनी धेरै ह्यान्डसम र चम्किला देखिइरहेका थिए। हामीलाई लागेको थियो कि उनी निको भइरहेका छन्। सायद त्यो एउटा सपना थियो। हामी वास्तवमै यस्तो सोच्न चाहँदैनौं कि जसलाई हामी माया गर्छौं, उनी एक दिन हामीबाट टाढा जानेछन्।’

परिवारसँगको आफ्नो सम्बन्धबारे कुरा गर्दै अभिनेताले भने, ’म धर्मेन्द्र र हेमाको बराबर नजिक थिएँ। मलाई सोच्दा पनि डर लाग्छ कि उनी कुन अवस्थाबाट गुज्रिरहेकी होलिन्। उनले जीवनभर एकै मानिसलाई माया गरिन्। मलाई उनलाई फोन गर्न मन लागिरहेको छैन। अहिले त होइन।’

त्यस्तै, एक्स ह्यान्डलमा अभिनेता धर्मेन्द्रसँग आफ्ना केही तस्बिरहरू शेयर गर्दै उनले लेखेका छन् , ’हाम्रा सबैभन्दा प्यारा पारिवारिक साथी, हाम्रा ठूला दाइ, जनताका नायकको निधनले मन छिया–छिया भएको छ। धेरै पीडा र दुख लागेको छ। धर्मेन्द्र सबैभन्दा प्रिय, धर्ती पुत्र, पञ्जाब÷महाराष्ट्रको गौरव, सही अर्थमा भारत रत्न, जमिनसँग जोडिएका, दयालु र विनम्र व्यक्ति थिए। फिल्म उद्योगमा उनको महान योगदानका लागि उनलाई सधैं सम्झिइनेछ। एक पूर्ण व्यक्तित्व, हीम्यान–स्टारको एउटा युग समाप्त भयो। फिल्म उद्योगमा मेरो पहिलो नायक र जनताका नायक अब रहेनन्। यो हामी सबै र सम्पूर्ण उद्योगका लागि अपूरणीय क्षति हो। यस दुखद समयमा परिवार, साथीभाइ, शुभचिन्तक र प्रशंसकहरूलाई शक्ति प्रदान गरुन्। ओम शान्ति।’

यस्तै शोकमा छन् धर्मेन्द्रका अर्का यार अमिताभ बच्चन । करिब ५० वर्षअघि भारतमा रिलिज भएको बलिउड चलचित्र शोले सबैभन्दा धेरै हेरिएको चलचित्र हो । यही चलचित्रका दुई प्रमुख पात्र थिए वीरु अर्थात धमेन्द्र र जय अर्थात अभिताभ बच्चन । हिजोबाट उनीहरु सधैका लागि छुटिएका छन् ।

सोमबार सहकर्मी अभिनेता धमेन्द्रको निधनपछि अमिताभ बच्चनले सोसल मिडिया एक्समा आफ्नो भावना व्यक्त गर्दै आफूले एक बहादुर र दिग्गज योद्दा गुमाएको टिप्पणी गरेका छन् । धर्मेन्द्रले मञ्च छाडेर गएसँगै सहनै नसकिने धुनसहितको खामोशी छाडेर गएको टिप्पणी अमिताभले गरेका छन् ।

अमिताभ बच्चनले लेखेका छन्, उनी महानताका पहिचान थिए । आफ्नो दमदार उपस्थितिको कारणमात्र नभएर करुणा र सादगी जीवनका लागि पनि उनी परिचित थिए। उनले आफ्नो साथ पन्जाबको त्यो गाउँको माटाको पनि सादगी लिएर आएका थिए, जहाँबाट उनी निस्किन्थे । आज मेरो छेउछाउमा एउटा शून्यता छाएको छ, यस्तो शून्यता जुन अब कहिल्यै भरिँदैन । अमिताभ बच्चन र धर्मेन्द्रको सम्बन्धलाई पर्दामा मात्र होइन, वास्तविक जीवनमा पनि शोले फिल्मको ’जय–वीरू’ को मित्रतासँग दाँजिन्छ। धर्मेन्द्र बलिउडमा स्थापित भइसकेका बेला अमिताभ संघर्ष गर्दै थिए।

भनिन्छ, ’शोले’ फिल्ममा अमिताभलाई ’जय’ को भूमिका दिलाउन धर्मेन्द्रले नै सिफारिस गरेका थिए। अमिताभले धर्मेन्द्रलाई सधैं ठूलो दाइ र आफ्नो प्रेरणाको स्रोत मानेका छन्। धर्मेन्द्रको निधनले अमिताभले आफ्नो ’वीरू’ गुमाएको महसुस गरेका छन्।

उता शत्रुघ्न सिन्हा र धर्मेन्द्रको सम्बन्ध अत्यन्तै गाढा र पारिवारिक थियो। उनीहरूले सन् १९७४ को सुपरहिट फिल्म ’दोस्त’ मा एकसाथ काम गरेका थिए, जसले उनीहरूको वास्तविक जीवनको मित्रतालाई पनि प्रतिबिम्बित गथ्र्यो।

सिन्हा धर्मेन्द्रलाई धरतीका सबैभन्दा सुन्दर मानिस र आफ्नो “पहिलो हिरो“ मान्थे। उनी धर्मेन्द्रको स्पष्टवक्ता र दयालु स्वभावको ठूलो प्रशंसक थिए। अमिताभ बच्चन र शत्रुघ्न सिन्हाबीच ७० र ८० को दशकमा समकालीन स्टारहरू बीच कडा प्रतिस्पर्धा थियो।

काला पत्थर र दोस्ताना जस्ता फिल्महरूमा उनीहरूको ’ईगो क्ल्याश’ को चर्चा खुबै चलेको थियो। तर, समयसँगै उनीहरूको सम्बन्ध सुमधुर भयो र पछि उनीहरू असल साथी बने। यी तीनैजना लेजेण्डहरू एकै फिल्ममा पूर्ण भूमिकामा विरलै देखिएका छन्, तर केही फिल्महरूमा उनीहरूको संयोग जुरेको छ ।

१९७४ मा दोस्त फिल्ममा धर्मेन्द्र र शत्रुघ्न सिन्हा मुख्य भूमिकामा थिए भने अमिताभ बच्चनले विशेष अतिथि भूमिका निर्वाह गरेका थिए। यस्तै १९८१ मा आएको चलचित्र नसीबमा अमिताभ र शत्रुघ्न सिन्हा मुख्य भूमिकामा थिए भने धर्मेन्द्रले एउटा गीतमा विशेष उपस्थिति जनाएका थिए। यस्तै अन्धा कानूनमा पनि तीनैजनाको अप्रत्यक्ष उपस्थिति रहेको थियो ।

Tags: #धर्मेन्द्र#भारतीय दिग्गज अभिनेता धर्मेन्द्र देबल#धर्मेन्द्र देबल

लोकप्रीय

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

विचार

थप समाचार

राजनीति

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा
समाचार

एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.