११ मंसिर , काठमाण्डौ ।
बंगलादेश प्रिमियर लिग (बीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको आगामी सिजनका लागि हुने खेलाडी अक्सनमा नेपालका स्टार सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरीसँगै ५ खेलाडीहरू सूचीकृत भएका छन् ।
बीपीएलको सूचीमा सन्दीप र दिपेन्द्रसहित आसिफ शेख, गुलशन झा र सोमपाल कामीपनि सूचीकृत भएका छन् । नेपालका यी पाँच खेलाडीहरूलाई उनीहरूको प्रदर्शन र अनुभवका आधारमा विभिन्न क्याटगोरीमा राखिएको छ ।
सन्दीप लामिछाने क्याटेगोरी बीमा बीपीएलको ड्राफ्टमा सूचीकृत भएका छन् । दीपेन्द्र सिंह ऐरी क्याटेगोरी डी मा पर्दा आसिफ शेख, गुलशन झा र सोमपाल कामी क्याटेगोरी ई मा समावेश भएका छन् ।
नेपाली टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेले यसअघि पनि विश्वभरका विभिन्न फ्रेन्चाइज लिगहरू खेलिसकेका छन् । उनी बीपीएलमा अनुबन्ध हुने बलिया दाबेदार हुन् । जारी एनपीएलमा पनि सन्दीपले ४ खेलमा ९ विकेट लिइसकेका छन् ।
यस्तै अलराउन्डर दीपेन्द्र सिंह ऐरी उत्कृष्ट लयमा रहेका छन् । विकेटकिपर ब्याटर आसिफ शेख, तीब्र गतिका बलर सोमपाल कामी र युवा अलराउन्डर गुलशन झा पनि अक्सन ड्राफ्टमा परेका छन् ।
यी पाँच खेलाडीले अक्सनबाट कुनै टिमले अनुबन्ध गरेमा आगामी सिजनको बीपीएलमा खेल्ने मौका पाउनेछन्।यसअघि २०७५ मा सन्दीपले बंगलादेशमा सिलेट सिक्सर्सबाट बीपीएलका ६ खेल खेलेका थिए ।
उनले सिलेटका लागि ६ खेलबाट ४ विकेटसमेत लिएका थिए । भारतीय मिडिया र डिजिटल क्रिएटरले भने बीपीएललाई एनपीएल भन्दा तल देखाउदै आएका छन् । स्टेडियम वातावरण फ्यान इङ्गेजमेन्ट ।
बीपीएलको तुलनामा एनपीएल बढी पारदर्शी र क्रिकेट संस्कृतिको चर्चाका आधारमा एनपीएललाई बीपीएल भन्दा माथि राखिएको छ । बीपीएल बङ्गलादेशको व्यवसायीक टी–२० क्रिकेट लिग हो ।
जुन प्रतियोगितामा बङ्गलादेशका सात व्यवसायीक क्रिकेट टिमहरूले सहभागीता जनाउने गर्दछन् । यो क्रिकेट प्रतियोगिता सन् २०१२बाट सुरू भएको थियो । बङ्गलादेश प्रिमियर लिगको योजना बङ्गलादेश क्रिकेट बोर्डले २०११ मा गरेको थियो ।
भने पहिलो संस्करणको प्रतियोगिता ढाका तथा चिट्टागोङ् सहरका रंगशालामा भएको थियो । तर वर्तमान समयमा यस बङ्गलादेश प्रिमियर लिग विश्वका स्तरीय तथा चर्चित टि–२० क्रिकेट लिग अन्तर्गत रहेको छ।
यो प्रतियोगितामा सर्वाधिक सफल टोलीका रूपमा ढाका डाइनामाइट्स टिम रहेको छ । जसले हाल सम्म तीन उपाधिहरू जित्न सफल भएको छ । यस टिमले लगातार पहिलो दुई २०१२ र २०१३ को संस्करणमा उपाधि जितेको थियो ।
ढाका डाइनामाइट्स बाहेक कोमील्ला भिक्टोरियन्स तथा रङ्गपुर राइडर्सले एकएक पटक उपाधि जित्न सफल भएका छन् । इन्डियन प्रिमियर लिगको अत्याधिक सफलता पछि बङ्गलादेश क्रिकेट बोर्डले पनि आफ्नो देशमा फ्रेन्चाइज लिग गर्ने योजना बनाएको थियो ।
बङ्गलादेश पुरानो राष्ट्रिय लिग खारेज गरी २०१२ जनवरी १८ मा फ्रेन्चाइज लिग गर्नका निम्ति फ्रेन्चाइज लिगसँग ६ वर्षको लागि झन्डै ३५० करोडको सम्झौता गरेको थियो। त्यस पछि यो लिगको सुरूवाट तथा स्थापना भएको थियो ।









