NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने सोमवार मंसिर २२ , २०८२
४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण सोमवार मंसिर २२ , २०८२
प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ? सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए सोमवार मंसिर २२ , २०८२
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
Next
Prev

समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
Reading Time: 1 min read
A A
धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२२ मंसिर , काठमाण्डौ।

बैंक तथा वित्तीय संस्थाले धितो लिलाम नभएर सकार गरेको गैरबैंकिङ सम्पत्ति ३ वर्षभित्र बिक्री गर्नुपर्ने व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले सर्वोच्च अलदालतमा दायर गरेको रिटमाथि संवैधानिक इजलासले सुनुवाइ गर्दै भूमि सम्बन्धी ऐनको उक्त व्यवस्था कार्यान्वयन नगर्ने अन्तरिम आदेश दिएको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार रेग्मी, हरि प्रसाद फुयाल, डा.मनोजकुमार शर्मा र डा. नहकुल सुवेदीसमेतको ५ जनाको संवैधानिक इजलासले २०८२ मंसिर १० गते उक्त आदेश दिएको हो ।

भूमि सन्बन्धी ऐनमा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीको क्रममा धितो लिलाम नभएर सकार गरी आफ्ना नाममा दर्ता कायम गरेको गैरबैंकिङ सम्पत्ति ३ बर्ष भित्रमा बेचबिखन गर्नु पर्ने र उक्त अवधिभित्र बेचबिखन नगरेमा नेपाल सरकारको स्वीकृति लिएर मात्र बेचबिखन गर्न पाउने व्यवस्था गरेको थियो ।

भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ ‘च’ को संशोधित उक्त व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले नेपाल सरकारका नाममा अन्तरिम आदेश जारी दिएको हो । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) समेतले नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय समेतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै हदबन्दी भन्दा बढीको गैरबैंकिङ सम्पत्ति बिक्रीमा रोक नलगाउन अन्तरिम आदेश जारी लिएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजसालले अन्तरीम आदेश दिएसँगै ३ वर्ष भन्दा बढी समयदेखि बैंक तथा वित्तीय संस्थाहरूको नाममा दर्ता भई बेचबिखन हुन नसकेका गैरबैंकिङ सम्पत्ति नेपाल सरकारको स्वीकृति विना नै बेचबिखन गर्ने सक्ने भएका छन् ।

हाल बैंक तथा वित्तीय संस्थाले करिब ५० अर्ब रूपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति सकार गरेका छन् । गैर बैंकिङ सम्पत्ति बिक्री गर्न नसक्ने र धितो समेत लिलाम नहुँदा खराब ऋण असुलीमा समेत समस्या भएको बैंकरहरूले बताउँदै आएका छन् । यस्तोमा सर्वोच्चको आदेशले बैंकहरूलाई केही सहजिकरण गरेको छ ।

सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१ ले २०८१ साल असार २४ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ मा दफा १२ ‘च’ थप गरी बैंक वा वित्तीय संस्था वा सहकारी संघ संस्थाले कर्जा सुरक्षण बापत धितो लिएको जग्गा लिलाम बिक्री गर्दा कसैले लिलाम सकार नगरी सम्बन्धित बैंक वा वित्तीय संस्था वा सहकारी संघ संस्था आँफैले सकार गर्दा हदबन्दीभन्दा बढी हुने भएमा त्यस्तो जग्गा सकार गरेको मितिले ३ वर्ष भित्र बेचबिखन गरी सक्नु पर्ने व्यवस्था गरेको थियो।

सो अवधिभित्र बेचबिखन नगरेमा त्यस्तो जग्गा बेचबिखन गर्नको लागि नेपाल सरकारको स्वीकृति लिनु पर्ने व्यवस्था थप गरेको थियो । उक्त संशोधन अघि बैंक तथा वित्तीय संस्थाहरूको नाममा रहेको गैरबैंकिङ सम्पत्ति बेचबिखन गर्न भूमि सम्बन्धी ऐनमा यस्तो कुनै समय अवधि तोकिएको थिएन ।

भूमि सम्बन्धी ऐनमा थप भएको उक्त दफा १२ ‘च’ को संशोधित व्यवस्था नेपालको संविधानको धारा १७(२) (च) र धारा २५ को सम्पत्ति सम्बन्धी हकसँग बाझिएकोले बदर गरिपाउँ भनि बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)ले सर्वोच्च अदालतको संवैधानिक ईजलास समक्ष उत्प्रेषण परमादेश समेतको रिट निवेदन दायर गरेको थियो ।

सोही रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक ईजलासले गैरबैंकिङ सम्पत्ति बैंक वा वित्तीय संस्थाले आफुसँग रहेको सुरक्षण लिलाम गर्न नसकी बाध्यात्मक रूपमा राख्नु पर्ने भएकोले गैर बैंकिङ सम्पत्ति ३ वर्षपछि बेचबिखन गर्न नेपाल सरकारले अनुमति नदिएमा बैंकको लगानी जोखिममा पर्ने प्रत्यक्षतः देखिएको बताएको छ ।

सोही कारण भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ ‘च’ को व्यवस्था संविधानको धारा १७(२) (च) र धारा २५ सँग बाझिएको प्रश्न समेत सन्निहित रहेको विषयको निरोपण निवेदनको अन्तिम सुनुवाईका बखत हुने सर्वोच्चको अन्तरीम आदेशमा उल्लेख छ ।

अन्ति सुनुवाईका क्रममा ऐनको दफा १२ ‘च’ को व्यवस्था कार्यान्वयन गरिएमा बैंक तथा वित्तीय संस्थालाई अपुरणीय क्षति हुने भई सुविधा र सन्तुलन समेतलाई दृष्टीगत गरी भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ ‘च’ को व्यवस्था यो निवेदनको अन्तिम किनारा नभएसम्म कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्चले आदेश दिएको छ ।

उक्त आदेश पश्चात हाल मुलुकमा देखिएको आर्थिक संकुचनका कारण बैंकहरूको कर्जा असुली प्रभावित भई बैंक तथा वित्तीय संस्थाहरूको नाममा थुप्रिदै गएको गैरबैंकिङ सम्पत्ति बेचबिखन व्यवस्थापन गर्न केही भए पनि राहत हुने देखिएको सिबिफिनको दाबी छ ।

Tags: #गैरबैंकिङ सम्पत्ति बेच्न सक्ने अन्तरिम आदेश#धितो लिलाम#हदबन्दीभन्दा बढीको गैरबैंकिङ सम्पत्ति

लोकप्रीय

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२

विचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२

थप समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने
ताजा समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
अपराध

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए

सोमवार मंसिर २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.