NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अमेरिकामा जनवरीयता ८५ हजार भिसा रद्द बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास बुधबार मंसिर २४ , २०८२
एनपीएलमा आज डु ओर डाई, विराटनगरसँग भिड्ने को ? बुधबार मंसिर २४ , २०८२
धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने सोमवार मंसिर २२ , २०८२
४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण सोमवार मंसिर २२ , २०८२
Next
Prev

समाचार

अमेरिकामा जनवरीयता ८५ हजार भिसा रद्द

बुधबार मंसिर २४ , २०८२
Reading Time: 1 min read
A A
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ मंसिर , काठमाण्डौ ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अध्यागमन (इमिग्रेसन) नियम कडा बनाएपछि ८५ हजार भिसा रद्द गरिएको छ । गएको जनवरीदेखि हालसम्म ८५ हजार भिसा रद्द गरिएको यूएस स्टेट डिपार्टमेन्टले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ ।

यसले अध्यागमन प्रवर्तन र सीमा सुरक्षामा ट्रम्प प्रशासनको बढ्दो कडाइलाई जनाउँछ । भिसा रद्द गरिएका मध्ये आठ हजारभन्दा बढी विद्यार्थी छन् । यो अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा पनि बढी हो । एक्समा यूएस स्टेट डिपार्टमेन्टको उक्त पोस्टमा ट्रम्पको एउटा तस्बिर पनि सेयर गरिएको छ ।

LS Auto

त्यसमा ‘मेक अमेरिका सेफ अगेन’ लेखिएको छ । एक वरिष्ठ अधिकारीले मादकपदार्थ सेवन गरेर गाडी चलाउनु, चोरी, आक्रमणजस्ता अपराध भिसा रद्द गरिनुको प्रमुख कारण भएको बताएका छन् । केही भिसाको म्याद समाप्त, आतंकवादको समर्थनसँग जोडिएको जाँच र अरू गम्भीर कारणले पनि रद्द गरिएको जनाइएको छ ।

अमेरिकाको यो पोस्टले भिसा नियमहरूमा प्रशासनको कडाईको सङ्केत गरेको छ । प्रशासनले अक्टोबरमा कन्जरभेटिभ कार्यकर्ता चार्ली किर्कको हत्याको खुशी मनाएको आरोप लागेका मानिसहरूको भिसा पनि रद्द गरेको थियो ।

गाजा द्वन्द्वसँग सम्बन्धित विरोध प्रदर्शनहरूमा संलग्न अन्तर्राष्ट्रिय विद्यार्थीहरू पनि कडा निगरानीको दायरामा परेका छन् । विदेश मन्त्रालयले एक्समा राष्ट्रपति ट्रम्पको तस्बिरसहित ’मेक अमेरिका सेफ अगेन’ नारा पनि साझा गरेको छ ।

गत अगस्टमा, मन्त्रालयले वैध अमेरिकी भिसा भएका ५५ मिलियनभन्दा बढी विदेशीहरू माथि देशमा रहँदा निगरानी बढाउनका लागि लगातार अनुगमन प्रणाली लागू गर्ने घोषणा गरेको थियो । अमेरिकाले भिसा नियमहरूलाई निरन्तर कडा बनाइरहेको छ।

डिसेम्बर ५ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–वानबी भिसा नियममा कडाइका लागि आदेश दिएका छन् । यस अन्तर्गत, एच–वानबी आवेदकहरूले आफ्नो सोशल मिडिया खाता सार्वजनिक गर्नुपर्नेछ, जसबाट अमेरिकी अधिकारीहरूले आवेदकको प्रोफाइल, पोस्ट र लाइकहरू हेर्न सक्नेछन् ।

यदि आवेदकको कुनै पनि सोशल मिडिया गतिविधि अमेरिकी हितको विरुद्ध देखिएमा एच–वानबी भिसा जारी गरिने छैन । एच–वानबी भिसाका आश्रितहरू (पत्नी, बालबालिका र आमाबाबु) का लागि एच–फोर भिसा प्राप्त गर्न पनि सोशल मिडिया प्रोफाइल सार्वजनिक गर्नु अनिवार्य गरिएको छ ।

एच–वानबी भिसाका लागि सोशल मिडिया प्रोफाइल जाँच अनिवार्य गरिएको यो पहिलो पटक हो, र यी नयाँ नियमहरू डिसेम्बर १५ देखि लागू हुनेछन्। ट्रम्प प्रशासनले यसका लागि सबै दूतावासहरूलाई निर्देशन जारी गरिसकेको छ ।

अगस्ट महिनादेखि नै अध्ययन भिसा एफ–वान, एम–वान र जे–वानसँगै आगन्तुक (भिजिटर) भिसा बी–वान र बी–टुका लागि पनि सोशल मिडिया प्रोफाइल सार्वजनिक गर्नुपर्ने अनिवार्यता लागू भइसकेको छ।

यी सबै कदमहरूले भिसा उल्लङ्घनमाथि कठोर कारबाही र अध्यागमन नियन्त्रणलाई बलियो बनाउने दिशामा प्रशासनको आक्रामक नीतिलाई देखाउँछन् । यसैबीच राष्ट्रपति ट्रम्पले कृषि आयातमा नयाँ ‘ट्यारिफ’ लगाउने संकेत गरेका छन् ।

त्यसमा भारतीय चामल र क्यानडाली मल समावेश हुन सक्नेछ । ट्रम्पको यो कदम अमेरिकी किसानको गुनासोपछिको हो । अमेरिकी किसानले सस्ता विदेशी उत्पादनले स्वदेशी कृषि उत्पादकलाई नोक्सान पु¥याइरहेको बताएका छन् ।

ब्लुमबर्गको रिपोर्टअनुसार, ट्यारिफबाट प्रभावित अमेरिकी किसानका निम्ति ४१२ अर्ब डलरको राहत प्याकेज घोषणा गर्न ह्वाइट हाउसमा आयोजित एक बैठकका क्रममा ट्रम्पले भारत र क्यानडामाथि नयाँ ट्यारिफ लगाउने संकेत गरे ।

उनले केही देशले अमेरिकी बजारमा कम मूल्यमा चामल ‘डम्पिङ’ गरिरहेको भन्ने दाबीमाथि सरकारले जाँच गर्ने बताए । त्यस्तो पाइए नयाँ ट्यारिफ लगाइने उनले स्पष्ट पारे । बैठकमा उपस्थित किसानले ट्रम्पलाई कडा अडान लिन दबाब दिएका थिए ।

उनीहरूको तर्कअनुसार कम मूल्यमा विदेशबाट आयातित चामलले अमेरिकी बजारलाई गम्भीर रूपमा प्रभावित गरिरहेको छ । किसानको गुनासोपछि ट्रम्पले तिखो प्रतिक्रिया दिँदै यसो गर्ने देशहरूले अमेरिकालाई धोका दिइरहेको बताए ।

क्यानडाबाट आयात गरिने मल पनि अर्को निसाना हुन सक्ने उनले उल्लेख गरे । लुइजियानास्थित केनेडी राइस मिलकी सीईओ मेरिल केनेडीले ट्रम्पलाई ‘डम्पिङ’ गर्ने शीर्ष देशमा भारत, थाइल्यान्ड र चीन रहेको जानकारी दिइन् ।

Tags: #अमेरिकामा ८५ हजार भिसा रद्द#अमेरिकी किसान#ट्रम्प आक्रोशित !

लोकप्रीय

अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

अमेरिकामा जनवरीयता ८५ हजार भिसा रद्द

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज डु ओर डाई, विराटनगरसँग भिड्ने को ?

बुधबार मंसिर २४ , २०८२

विचार

थप समाचार

अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि
अन्तर्राष्ट्रिय

खेलकुद

एनपीएलमा आज डु ओर डाई, विराटनगरसँग भिड्ने को ?

बुधबार मंसिर २४ , २०८२
धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने
ताजा समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

अमेरिकामा जनवरीयता ८५ हजार भिसा रद्द

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज डु ओर डाई, विराटनगरसँग भिड्ने को ?

बुधबार मंसिर २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.