NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
काँग्रेसका उमेद्वार, पुरानै क्षेत्रमा पुरानै नेता बुधबार मंसिर २४ , २०८२
पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी बुधबार मंसिर २४ , २०८२
सर्वोच्चको परमादेशपछि हितेन्द्रको पदभार,के गर्छन् मनोज सिलवाल ? बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने बुधबार मंसिर २४ , २०८२
अमेरिकामा जनवरीयता ८५ हजार भिसा रद्द बुधबार मंसिर २४ , २०८२
Next
Prev

समाचार

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
Reading Time: 1 min read
A A
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ मंसिर , काठमाण्डौ ।

४ प्रान्तमा विभाजित पाकिस्तान अब १२ भागमा बाँडिने भएको छ । शासनमा सुधार ल्याउन भन्दै पाकिस्तानले आफ्ना ४ प्रान्तलाई १२ वटामा विभाजन गर्ने तयारी गरिरहेको छ । पाकिस्तानका सञ्चारमन्त्री अब्दुल अलिम खानले अब प्रान्त ससाना बनाउने निश्चित भएको बताएका छन् ।

उनका अनुसार सिन्ध र पन्जाबमा तीन नयाँ प्रान्त सिर्जना गर्न सकिन्छ । बलुचिस्तान र खैबर पख्तुनख्वामा पनि यस्तै विभाजन हुन सक्छ । अलिम खानले भनेका छन्, ‘हाम्रा वरपरका देशहरूमा धेरै साना प्रान्त छन्, त्यसैले पाकिस्तानले पनि त्यस्तै गर्नुपर्छ ।’

LS Auto

अलिम खानको पार्टी आईपीपी प्रधानमन्त्री सहबाज सरिफ नेतृत्वको गठबन्धन सरकारको हिस्सा हो । कुन कुन नयाँ प्रान्त सिर्जना गर्न सकिन्छ भन्ने विषयमा पाकिस्तान सरकारले अहिलेसम्म आधिकारिक नक्सा जारी गरेको छैन ।

तर सञ्चारमाध्यमका अनुसार छलफल भइरहेका क्षेत्रहरुमा पन्जाबमा उत्तरी पन्जाब, मध्य पन्जाब, दक्षिणी पन्जाब । यस्तै सिन्धमा कराँची सिन्ध, मध्य सिन्ध, माथिल्लो सिन्ध । केपीमा उत्तरी केपी, दक्षिणी केपी, आदिवासी केपी÷फाटा क्षेत्र र बलुचिस्तानमा पूर्वी बलुचिस्तान, पश्चिमी बलुचिस्तान, दक्षिणी बलुचिस्तान रहेका छन् ।

तर सत्तारुढ गठबन्धनमै रहेको बिलावल भुट्टोको पार्टी पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले सिन्धको विभाजन कुनै हालतमा हुन नदिने बताएको छ । पीपीपीले लामो समयदेखि सिन्ध विभाजनको विरोध गरिरहेको छ। साथै धेरैवटा साना दल पनि विभाजनका विपक्षमा छन्।

अवामी नेसनल पार्टी (एएनपी) र बलुच राष्ट्रवादी दलहरूले यसलाई फुटाऊ र शासन गर नीति भनेका छन् । साना दलहरूको तर्क के छ भने साना प्रान्त सिर्जना गर्नाले स्थानीय पहिचान र संस्कृति कमजोर हुन सक्छ।

अनि ठूला प्रान्तहरूको राजनीतिक शक्ति कमजोर पार्नेछ, जसले सेना र केन्द्र सरकारको पकड बलियो बनाउनेछ । नयाँ प्रान्तहरूको माग पहिले पनि उठाइएको थियो, तर कहिल्यै सफल भएन । १९४७ मा पाकिस्तानमा पाँच प्रान्त थिए ।

पूर्वी बंगाल, पश्चिम पन्जाब, सिन्ध, उत्तर पश्चिम सीमान्त प्रान्त (एनडब्ल्यूएफपी) र बलुचिस्तान । १९७१ मा पूर्वी बंगाल अलग भयो र वर्तमान बंगलादेश बन्यो । एनडब्ल्यूएफपीलाई पछि खैबर पख्तुनख्वा नामकरण गरियो ।

यसपटक प्रस्तावलाई केही थिंक ट्यांक र मुत्ताहिदा कौमी मुभमेन्ट पाकिस्तान (एमक्यूएम–पी) जस्ता दलले समर्थन गरेका छन् । तर नयाँ प्रान्त सिर्जना गर्न संविधान संशोधन गर्नुपर्ने हुन्छ । यसका लागि संसद्मा दुईतिहाइ बहुमत पु¥याउन पर्छ ।

पाकिस्तानलाई १२ प्रान्तमा विभाजन गरियो भने देशको प्रशासनिक संरचना, राजनीति र स्रोत वितरण पूर्ण रूपमा परिवर्तन हुनेछ । तर यसबीच पाकिस्तानमा अलग्गै सिंधु देशको माग गरिएको भन्दै निकै चर्चा भइरहेको छ ।

सिंधुदेशको माग गर्दै कराचीमा र्याली समेत आयोजना गरिएको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । रिपोट्र्सका अनुसार, अलग्गै ‘सिंधुदेश’ को माग राखेर ढुंगामुढा भएको थियो ।

जसमा करिब ४५ प्रदर्शनकारी पक्राउसमेत परेका छन् । गत महिना भारतका रक्षा मंत्री राजनाथ सिंहले पनि भनेका थिए कि पाकिस्तानको सिंध क्षेत्र एक दिन भारतमा गाँसिनेछ । उनको यो बयानले पाकिस्तान भड्किएको छ ।

तर ‘सिंधुदेश’ को माग सिंधी मानिसहरुले पनि गरिरहेका छन् । सिंध संस्कृति दिवस समारोहका क्रममा यो माग तीव्र उठाइएको थियो । मिडिया रिपोट्र्सका अनुसार जसलाई रोक्ने प्रयास गरिदा अलगाववादिहरुको प्रदर्शन उग्र भएको थियो ।

सिंध संस्कृति दिवस समारोह २००९देखि हरेक वर्ष डिसेम्बरको पहिलो आइतबार हुने गरेको छ । यस पटक अलग सिंधुदेशको माग गरिएको थियो । जुन जिये सिंध मुत्तहिदा महाज (जेएसएसएम)को ब्यानरमा आयोजना गरिएको थियो ।

Tags: #पाकिस्तान १२ भागमा विभाजन#पाकिस्तान विभाजन गर्ने तयारी#पाकिस्तानबाट पूर्वी बंगाल अलग भयो

लोकप्रीय

गगन अडानमै–पार्टी पुनर्गठनका लागि साधारण सदस्य बन्न तयार

काँग्रेसका उमेद्वार, पुरानै क्षेत्रमा पुरानै नेता

बुधबार मंसिर २४ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
सर्वोच्चको परमादेशपछि हितेन्द्रको पदभार,के गर्छन् मनोज सिलवाल ?

सर्वोच्चको परमादेशपछि हितेन्द्रको पदभार,के गर्छन् मनोज सिलवाल ?

बुधबार मंसिर २४ , २०८२

विचार

थप समाचार

गगन अडानमै–पार्टी पुनर्गठनका लागि साधारण सदस्य बन्न तयार
ताजा समाचार

काँग्रेसका उमेद्वार, पुरानै क्षेत्रमा पुरानै नेता

बुधबार मंसिर २४ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन
अन्तर्राष्ट्रिय

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
सर्वोच्चको परमादेशपछि हितेन्द्रको पदभार,के गर्छन् मनोज सिलवाल ?
ताजा समाचार

सर्वोच्चको परमादेशपछि हितेन्द्रको पदभार,के गर्छन् मनोज सिलवाल ?

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने
ताजा समाचार

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

गगन अडानमै–पार्टी पुनर्गठनका लागि साधारण सदस्य बन्न तयार

काँग्रेसका उमेद्वार, पुरानै क्षेत्रमा पुरानै नेता

बुधबार मंसिर २४ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
सर्वोच्चको परमादेशपछि हितेन्द्रको पदभार,के गर्छन् मनोज सिलवाल ?

सर्वोच्चको परमादेशपछि हितेन्द्रको पदभार,के गर्छन् मनोज सिलवाल ?

बुधबार मंसिर २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.