२९ मंसिर , काठमाण्डौ ।
पुस महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मंसिरको तुलनामा पुसमा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.८३ प्रतिशत विन्दुमा झरेको छ ।
जबकी यस्तो ब्याजदर मंसिर महिनामा ५.०४ प्रतिशत विन्दुमा थियो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ बैंकले ब्याजदर घटाएका छन् । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये एक दर्जन बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् ।
वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसत ब्याजदर पाँच प्रतिशतभन्दा तल झरेको छ । बैंकहरूले सार्वजनिक गरेको सूचनाअनुसार पुसका लागि व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ४दशमलव ८३४ प्रतिशत विन्दु कायम भएको छ।
मंसिर महिनामा सो दर ५.०४०५ प्रतिशत विन्दु थियो । पुसका लागि औसत ब्याजदर ० .२०६५ प्रतिशत विन्दुले घटेको हो । यस्तै, १३ बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् ।
ब्याजदर घटाउने बैंकहरुमा ग्लोबल आइएमई, लक्ष्मी सनराइज, एभरेष्ट, नेपाल, बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्राइम, प्रभु, कृषि विकास, नबिल, सानिमा, कुमारी, स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसबिआई बैंक रहेका छन् ।
अन्य बाँकी ७ बैंकले भने पुसका लागि ब्याजदर स्थिर राखेका छन् । जसमा सिटिजन्स, माछापुच्छ्रे, एनआईसी, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंक रहेका छन् ।
पुस महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले दिने भएका छन् । यी दुई बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिने भएका हुन् ।
साथै प्राइम कमर्सियल बैंकले भने सबैभन्दा कम ब्याज दिने भएको छ । ब्याजदर घटाउनेमा प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशत विन्दुले घटाएका छन् ।
प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतले र कुमारी बैंकले ०.३८ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । पुसमा व्यक्तिगत मुद्दती निक्षेपमा ग्लोबल आईएमई बैंक र हिमालयन बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिनेछन् ।
सबैभन्दा कम ब्याजदर प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत कायम गरेको छ । यसैगरी, संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर पनि मंसिरको तुलनामा पुसमा ०.१३ प्रतिशत विन्दुले घटेको छ ।
पुसका लागि पाँच वाणिज्य बैंकहरूले संस्थागत मुद्दतीको अधिकतम ब्याजदर घटाएका छन् । यस्तै, बाँकी १५ बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन् ।










