NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर सोमवार मंसिर २९ , २०८२
एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ? सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि सोमवार मंसिर २९ , २०८२
बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ? सोमवार मंसिर २९ , २०८२
रिपब्लिकनले मध्यावधि चुनाव हार्ने ट्रम्पको संकेत सोमवार मंसिर २९ , २०८२
Next
Prev

समाचार

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
Reading Time: 1 min read
A A
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२९ मंसिर , काठमाण्डौ ।

नेकपा (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने केन्द्रीय नेतृत्व चयनसम्बन्धी निर्वाचन कार्यक्रम संशोधन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्णय अनुसार यसअघि प्रकाशित निर्वाचन तालिकामा केही संशोधन गरिएको आयोगले जनाएको छ ।

संशोधित कार्यक्रमअनुसार पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग तथा केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन प्रक्रिया महाधिवेशनस्थलमै सञ्चालन हुनेछ ।

संशोधित तालिकाअनुसार २९ मंसिरको बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारका लागि दरखास्त फाराम वितरण गरिनेछ भने सोही दिन बिहान १ बजेदेखि दिउँसो ३ः३० बजेसम्म दरखास्त दर्ता हुनेछ ।

दिउँसो ४ बजे प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन गरिनेछ भने त्यसविरुद्ध उजुरी दिने समय ४ बजेदेखि ४ः३० बजेसम्म तोकिएको छ । उजुरीमाथि छानबिन तथा निर्णय २९ मंसिरकै दिउँसो ५ बजेसम्म हुनेछ ।

उम्मेदवारले नाम फिर्ता लिन चाहेको खण्डमा ५ बजेदेखि ६ बजेसम्म समय दिइएको छ । अन्तिम उम्मेदवार नामावली सोही दिन बेलुका ६ः३० बजेसम्म प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

मतदान १ पुस २०८२ मा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिनेछ र मतगणनापश्चात् निर्वाचन परिणाम घोषणा गरिनेछ । नतिजा प्रकाशनपछि निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरी शपथ ग्रहण गराइने कार्यक्रम रहेको छ ।

केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाद्वारा जारी सूचनामा आवश्यक परेमा निर्वाचन कार्यक्रम फेरबदल गर्न सकिने उल्लेख गरिएको छ । आयोगको निर्णयअनुसार सूचना प्रकाशित गरी समय तालिकामा हेरफेर हुन सक्ने बताइएको छ ।

यसैबीच नेकपा एमालेको उपाध्यक्षको उम्मेदवार रहेका पृथ्वीसुब्बा गुरुङले आगामी नेतृत्व चयनमा सहमतिको ढोका बन्द भइसकेको बताएका छन् । महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आगामी नेतृत्वमा ओली नै दोहोरिने दाबी गरे ।

गुरुङले भने, ‘अब सहमतिको ढोका बन्द भइसक्यो । हामीले केपी ओलीकै नेतृत्व चाहेका छौँ । एमालेलाई अझै शक्तिशाली बनाउन पनि उहाँको नेतृत्व आवश्यक छ ।’ यस्तै नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अन्तिमसम्म सर्वसम्मतको प्रयास गर्दा नभएपछि एमाले महाधिवेशन निर्वाचनउन्मुख भएको बताएका छन्।

मिलेर जानुपर्ने आजको आवश्यकता रहे पनि अध्यक्षलाई हटाएर सर्वसम्मत हुन नसक्ने भएपछि चुनावमा जानुपर्ने अवस्था आएको बस्नेतले बताए । ‘ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष रिपिट भएको भए बेस हुन्थ्यो, यसले पार्टीमा आन्तरिक संघर्ष उत्पन्न हुने देखिन्छ’ बस्नेतले भने ।

उनले विदेशी शक्ति हाबी भएको अवस्थामा देशलाई विकास समृद्धि दिन सक्ने टिम घोषणा भइसकेको बताए । उनले आफ्नो उम्मेदवारी सचिव पदमा रहेको बताए ।
यसैबीच नेकपा (एमाले) अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको छ ।

निर्वाचन प्रक्रिया सुरु भएसँगै उम्मेदवारी शुल्क तोकिएको हो । पदाधिकारीहरु र केन्द्रीय आयोगका अध्यक्षका लागि १० हजार तोकिएको छ । केन्द्रीय सदस्यहरु र आयोगका पदाधिकारीका लागि ५ हजार शुल्क तोकिएको छ ।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल प्रतिस्पर्धामा छन् । दुवैले उपाध्यक्ष, उपमहासचिव र सचिवका उम्मेदवार टुंगो लगाएका छन् । एमालेले आगामी कार्यकालका लागि १९ जना पदाधिकारीको व्यवस्था गरेको छ ।

पदाधिकारी सबै पदमा निर्वाचन हुने पक्का भएको छ । मतदान पुस १ गते मंगलबार बिहान ११ देखि साँझ ६ बजेसम्म गर्ने कार्यतालिका छ । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल प्रतिस्पर्धामा छन् ।

ओलीको प्यानलमा शंकर पोखरेल महासचिव पदमै दोहोरिने निश्चित भएको छ । उपाध्यक्षहरुमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागिसकेको छ ।

ओली समूहले प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्षको सूचीमा राखेकोछ । यसैगरी उपमहासचिव पदमा विष्णु रिमाल, लेखराज भट्ट र रघुबिर महासेठको नाम फाइनल भएको छ ।

९ सचिवमा शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र भानुभक्त ढकालको नाम टुंगो लागेको छ । ईश्वर पोखरेलले पनि प्यानल बनाइसकेका छन् ।

महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । तर उनीहरुले प्यानलनै उम्मेदवारी नदिने बताएका छन् । उपमहासचिव पदका दाबेदार योगेश भट्टराईले आफूले व्यक्तिगत रुपमा उम्मेदवारी दिएको बताएका छन् ।

उनले आफ्नो समूहबाट प्यानल नबन्ने र अरुले पनि व्यक्तिगत रुपमा उम्मेदवारी दिने बताए ।उनले केन्द्रीय समिति बैठकमा एक्कासी विधान संशोधनको प्रस्ताव आएको र त्यसलाई पास गरिएको भन्दै असहमति प्रकट गरे ।

त्यसको समीक्षा आगामी दिनमा हुने उनले बताए । यसैगरी पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको छ ।

सचिव पदमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल लगायतको नाम टुंगो लागेको छ। ईश्वर पोखरेल समूहले सचिव उम्मेदवारको सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि राखेको छ ।

Tags: #एमालेको निर्वाचन तालिका हेरफेर#एमालेमा ओली र ईश्वरको फाइनल टिम

लोकप्रीय

अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

सोमवार मंसिर २९ , २०८२

विचार

अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

सोमवार मंसिर २९ , २०८२

थप समाचार

अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो
अन्तर्राष्ट्रिय

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?
ताजा समाचार

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि
अन्तर्राष्ट्रिय

टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
आर्थिक

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२

हालका पोस्टहरू

अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

सोमवार मंसिर २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.