२९ मंसिर , काठमाण्डौ ।
अमेरिका गएर पैसा कमाउने, जागिर खाने सपना देख्नुभएका व्यक्तिहरुलाई अनुरोध छ कि तपाइँहरुले आफ्नो सोशल मिडिया अकाउंटमा कुनै पनि यस्तो पोस्ट नगर्नुहोला, जसमा डोनाल्ड ट्रम्पको प्रशासनलाई आपत्ति होस् ।
किनभने तपाइँको एक सोशल मिडिया पोस्टले अमेरिका जाने तपाइँको सपना चकनाचुर पार्न सक्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको प्रशासनले आजदेखि एक नयाँ अभियान शुरू गर्दैछ, जसमा सरकारले एच–१बी र एच–४ भीजा आवेदकहरुका सोशल मिडिया प्लेटफर्मको स्क्रीनिंग गर्नेछ ।
अर्थात आजदेखि भिसा जारी गर्नुभन्दा पहिला आवेदकहरुको सोशल मिडिया अकाउंट्सको गहिरो जाँच गरिनेछ । अमेरिकी विदेश विभागका तर्फबाट जारी एक नयाँ आदेशका अनुसार, आज, अर्थात १५ डिसेम्बरदेखि सरकारले सबै एच–१बी आवेदकहरु र उनका आश्रितहरुको सामाजिक संजाल खाताको जाँच गर्नेछ ।
यसका माध्यमले उसले भिसा आवेदकहरुको विचारधारा, राजनीतिक झुकाव, उनीहरुको विचार हेर्ने, बुझ्ने अर्थात जाँच गर्नेछ । अमेरिकी विदेश विभागले भनेको छ “यो जाँचलाई सहज बनाउनका लागि एच–१बी र उनीहरुका आश्रितहरु एच–४ एफ, एम र जे नन–इमिग्रेंट भिसाका सबै आवेदकहरुलाई सल्लाह दिइन्छ कि उनीहरुले आफ्नो सबै सोशल मिडिया प्रोफाइलको प्राइभेसी सेटिंग्सलाई ’पब्लिक’ गरुन्।“
अमेरिकी सरकारको भनाइ छ कि यो कदमले राष्ट्रिय सुरक्षा र सार्वजनिक सुरक्षाका हितमा उठाइएको हो र भिसा प्रक्रियालाई थप कडा बनाउने दिशामा एक महत्वपूर्ण कदम हो । अमेरिकी विदेश विभागको भनाइ छ कि भिसा कुनै अधिकार होइन, एक विशेष सुविधा हो ।
विभागका अनुसार हरेक भिसा आवेदनलाई एक राष्ट्रिय सुरक्षा निर्णयका रुपमा हेरिने छ । अहिलेसम्म सोशल मिडियाको जांच मुख्य रूपमा विद्यार्थीहरु र एक्सचेंज भिजिटर्स एफ, एम र जे भिसासम्म सीमित थियो । तर यसलाई अब एच–१बी र एच–४ श्रेणीसम्म बढाइएको हो ।
यस अन्तर्गत आवेदकहरुको अनलाइन गतिविधिहरुको समीक्षा गरिनेछ । ताकि यो सुनिश्चित गर्न सकियोस् कि उनीहरुले अमेरिकाको हितहरुलाई क्षति पुर्याउन नसकुन् वा कुनै प्रकारको हिंसा, कट्टरपंथि वा अवैध गतिविधिहरुमा सामेल हुने मनसाय नराखुन ।
यो नयाँ गाइडलाइनले नेपाल, भारतसहित कयौँ मुलुकहरुमा एच–१बी आवेदकहरुको भिसा इंटरभ्यू पुनः रिशेड्यूल गरिएको छ । ट्रंप प्रशासनको यो निर्णयको गहिरो असर भारतीय प्रोफेशनल्समाथि पनि पर्न सक्छ ।
किनभने एच–१बी भिसा धारकहरुको सबैभन्दा ठुलो संख्या भारतीय नागरिकहरुको नै छ । अमेरिकी टेक्नोलोजी कंपनिहरु, स्वास्थ्य क्षेत्र र अन्य प्रोफेशनल सेक्टर्समा काम गरिरहेका हजारौं भारतीय इंजीनियर, आईटी विशेषज्ञ र डाक्टर यही भिसामा नै निर्भर छन् ।








