NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म मङ्लबार पुस १ , २०८२
विश्वका सर्वाधिक धनाढ्य बने मस्क, बनाए कीर्तिमान मङ्लबार पुस १ , २०८२
रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक मङ्लबार पुस १ , २०८२
ओली भर्सेस पोखरेल,चुनाव जित्ने कसको रणनीति कस्तो छ ? मङ्लबार पुस १ , २०८२
जाँचबुझ आयोगमा प्रधानसेनापतिको आधा घण्टा बयान, के भने ? मङ्लबार पुस १ , २०८२
Next
Prev

समाचार

ओली भर्सेस पोखरेल,चुनाव जित्ने कसको रणनीति कस्तो छ ?

मङ्लबार पुस १ , २०८२
Reading Time: 1 min read
A A
ओली भर्सेस पोखरेल,चुनाव जित्ने कसको रणनीति कस्तो छ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१ पुष , काठमाण्डौ ।

एमालेको आगामी नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जित्न आ–आफ्नो रणनीति अघि सारेका छन् । चुनावी मैदानमा ओली र ईश्वर देखिएपनि ओलीको वास्तविक प्रतिस्पर्धा भने पूर्व राष्ट्रपति विद्या भण्डारीसँग भइरहेको छ ।

पार्टीमा फर्किएर एमाले नेतृत्वमा पुग्ने विद्याको योजनामा तगारो बनेका ओलीलाई कुनैपनि हालतमा नेतृत्वमा तेस्रो पटक पुग्न नदिने रणनीति अनुरुप नै विद्या अहिले सक्रिय भइरहेको नेताहरुले बताएका छन् ।

LS Auto

विद्याकै परामर्शमा अहिले ईश्वर पक्षले चुनावी रणनीति बनाइरहेको छ । एकल रुपमा उम्मेदवारी दर्ता गराएको ईश्वर पक्षले ओलीका अतिविश्वास पात्रलाई नै आफ्नो प्यानलमा ल्याउन सफल भइसकेको छ ।

ओलीका शीर्षस्थ १० नेताहरुले नै ओलीले गरेको निर्णय लत्याउदै ईश्वर पक्षसँगको समन्वयमा उम्मेदवारी दर्ता गरेर ओली टिमका उम्मेद्वारलाई संकटमा पारिदिएका छन्। मतदानको मुखमा देशभरबाट भेला भएका २२ सय बढी प्रतिनिधिबीच ओलीले आफ्ना विश्वास पात्रलाई कसरी आवश्यक पर्ने निर्णायक अवस्थामा धोका दिन्छन् भन्ने उदाहरण ईश्वर पक्षले दिइरहेका छन् ।

ओली पक्षमा नअटाइएका पदाधिकारीका आंकाक्षीहरु नै ईश्वर पक्षका लागि ओलीलाई गलाउने अस्त्र बनेका छन् । नेतृत्व चयनका लागि आज अपराह्न मतदान हुँदैछ । अध्यक्ष ओली तेस्रो कार्यकालका लागि नेतृत्व लिन अघि सरेका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा पोखरेलले ओलीलाई चुनौती दिएका छन् । संस्थापन पक्षमा पदाधिकारी पदका विषयलाई लिएर असन्तुष्टि बढेपछि पोखरेल समूह उत्साहित बनेकोछ ।

अर्काेतर्फ विद्यादेवी भण्डारी आफूलाई पार्टीमै प्रवेश गर्न नदिएको बदला महाधिवेशनमा ब्यालेटबाट लिने रणनीतिमा छिन् । उनी आफूलाई एमाले अध्यक्ष केपी ओलीले प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै उनको विरुद्ध ईश्वर पोखरेललाई अगाडि बढाएर चुनावी मैदानमा उभ्याएकी छन् ।

भण्डारीलाई ६ साउनमा एमालेले साधारण सदस्यता ‘होल्ड’मा राख्न गरेको निर्णय सर्वत्र चासो र विरोधको विषय बनेको थियो । जुन निर्णयबारे एमालेका नेता–कार्यकर्ता दुई कित्तामा उभिएका थिए ।

अहिले उनी भित्रभित्रै रणनीति बनाउने समूहमा सक्रिय रहेको नेताहरुले बताएका छन् । आफूविरुद्ध ओलीको निर्णय गलत सावित गराउन पनि ओलीलाई ईश्वरले पराजित गर्नुपर्ने दबाबमा विद्या देखिएकी छन् ।

भण्डारी पोखरेलको टिम बनाउन यसअघिदेखि नै सक्रिय थिइन् । भण्डारी पदाधिकारीको टिम बनाउन मात्रै होइन, देशभरबाट प्रतिनिधिमा चयन भएर आएका नेता–कार्यकर्तालाई आफैँ भेटिरहेकी छन् ।

यस्तै महासचिवका आकांक्षी उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्ष पदमा उम्मेदवार दिन अस्वीकार गरेपछि पोखरेल पक्षले त्यसलाई चुनाव जित्ने रणनीतिका रूपमा अघि सारेको छ ।

त्यस्तै ओलीको पक्षमा लाग्दै आएका लालबाबु पण्डित पनि कोटामा नपरेपछि छुट्टै उम्मेदवारी मनोनयन गरेका छन् । भीम आचार्यले पनि छुट्टै सचिवमा उम्मेदवारी दिएका छन् ।

संस्थापनभित्र उत्पन्न असन्तुष्टिलाई समेटेर परिणाम आफ्नो पक्षमा पार्न पोखरेल पक्ष सक्रिय भएको छ । ज्ञवाली महासचिवको दाबेदार भए पनि शंकर पोखरेललाई ओलीले दोहो¥याएकाले उनले तीव्र असन्तुष्टि पोख्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका छन् ।

महासचिवका अर्का दाबेदार पृथ्वीसुब्बा गुरुङ भने उपाध्यक्ष पदमा व्यवस्थापन गरिएको छ । उनले शंकर पोखरेल महासचिव दोहोरिन नहुने बताउँदै आएका थिए । प्रचार विभाग प्रमुखसमेत रहेका राजेन्द्र गौतमले उपमहासचिबबाट मउम्मेदवारी फिर्ता लिएका छन् ।

ओलीको आग्रहमा उनले उम्मेदवारी फिर्ता लिएका हुन् । ओली पक्षभित्र नेता व्यवस्थापनको विषयलाई लिएर अहिले पनि असन्तुष्टि छ । कृष्ण गोपाल, रघुजी, अग्नि खरे, काशीनाथ लगायतको विद्रोहले ओली पक्ष दबाबमा रहेको देखिन्छ ।

उम्मेदवारी दर्ता गरेपछि शंकर पोखरेलले वर्तमान राजनीतिका चुनौतीलाई सामना गर्न आफू महासचिवको उम्मेदवार भएर ओली टिमलाई बलियो बनाउने बताएका थिए। तर महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले पार्टी जीवनमा लोकतन्त्र स्थापना गरी विधि विधानलाई बलियो बनाएर मात्र मुलुकको शत्तिशाली पार्टी बनाउने तर्क गरेका छन् ।

दुवै पक्षले आ–आफ्ना विषय अघि सार्दै चुनाव प्रचारप्रसारलाई तीव्र पारिरहेका छन् । ओली टिममा यसअघि नै पदमा रहेका धेरै नेता उपाध्यक्ष उपमहासचिव र सचिवका उम्मेदवार भएको हुनाले प्रतिनिधिबीचमा नयाँ अवसर नदिएको गुनासो पनि सुनिएको छ ।

उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल र महासचिव पोखरेल, उपमहासचिव विष्णु रिमाल उही पदमा उम्मेदवार भएका छन् ।उम्मेदवार दोहोरिनुलाई पनि ईश्वर पक्षले आफ्नो पक्षमा माहोल बनेको रुपमा विश्लेषण गरेको छ ।

उता ओली पक्षले महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा बहुमत हुने गरी चयन गरेको छ । अधिकांश ठाउँमा सर्वसम्मतका नाममा संस्थापनका बहुमत प्रतिनिधि छानिएका थिए ।

तर उम्मेदवारी चयनमा ब्यापक असन्तुष्टि देखिएपछि ओली अहिले असन्तुष्टलाई फकाउन सक्रिय रहदा ईश्वर पक्ष भने महाधिवेशनस्थलमा हिजो साझदेखि अवेर राति र आज विहानैदेखि मत मागिरहेका छन् ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज अपराह्नका लागि मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि मंसिर २९ गते राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ ।

सुब्बाका अनुसार कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदै छ । एमालेले यसपटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो ।

मतदानमा ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको छ ।अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ ।

महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । मतदानमा कुल दुई हजार २६३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको नामावली अनुसार, अध्यक्ष पदमा दुई जना निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, ५ जना उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । १ महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी छ । ३ उपमहासचिवका लागि ७ जनाको उम्मेदवारी छ ।

९ सचिवका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ । विभिन्न क्लस्टरअनुसार ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । यस्तै मधेशी कलस्टरबाट युवातर्फ अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।

Tags: #ओली भर्सेस पोखरेल#चुनाव जित्ने रणनीति

लोकप्रीय

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

मङ्लबार पुस १ , २०८२
मानिसमा वायरलेस ब्रेन चिप जडान, कसरी काम गर्छ ?

विश्वका सर्वाधिक धनाढ्य बने मस्क, बनाए कीर्तिमान

मङ्लबार पुस १ , २०८२
रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

मङ्लबार पुस १ , २०८२

विचार

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

मङ्लबार पुस १ , २०८२
मानिसमा वायरलेस ब्रेन चिप जडान, कसरी काम गर्छ ?

विश्वका सर्वाधिक धनाढ्य बने मस्क, बनाए कीर्तिमान

मङ्लबार पुस १ , २०८२
रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

मङ्लबार पुस १ , २०८२

थप समाचार

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म
ताजा समाचार

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

मङ्लबार पुस १ , २०८२
मानिसमा वायरलेस ब्रेन चिप जडान, कसरी काम गर्छ ?
अन्तर्राष्ट्रिय

विश्वका सर्वाधिक धनाढ्य बने मस्क, बनाए कीर्तिमान

मङ्लबार पुस १ , २०८२
रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक
ताजा समाचार

रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

मङ्लबार पुस १ , २०८२
ओली भर्सेस पोखरेल,चुनाव जित्ने कसको रणनीति कस्तो छ ?
ताजा समाचार

ओली भर्सेस पोखरेल,चुनाव जित्ने कसको रणनीति कस्तो छ ?

मङ्लबार पुस १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२

हालका पोस्टहरू

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

मङ्लबार पुस १ , २०८२
मानिसमा वायरलेस ब्रेन चिप जडान, कसरी काम गर्छ ?

विश्वका सर्वाधिक धनाढ्य बने मस्क, बनाए कीर्तिमान

मङ्लबार पुस १ , २०८२
रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

मङ्लबार पुस १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.