NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने शुक्रबार पुस ४ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु शुक्रबार पुस ४ , २०८२
बंगलादेश फेरि अशान्त, हसिनाका विरोधी हादीको हत्या शुक्रबार पुस ४ , २०८२
ओलीले राज्यलाई नै दिए धम्की, सल्लाघारीमा नरम भृकुटीमण्डपमा गरम शुक्रबार पुस ४ , २०८२
थुनामुक्त हुन भैरहवा पुग्दै रवि लामिछाने शुक्रबार पुस ४ , २०८२
Next
Prev

समाचार

बंगलादेश फेरि अशान्त, हसिनाका विरोधी हादीको हत्या

शुक्रबार पुस ४ , २०८२
Reading Time: 1 min read
A A
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

४ पुस , काठमाण्डौ ।

बंगलादेशमा चुनावको घोषणा गरिएपनि हिंसा र अशान्ति घटेको छैन । त्यहाँको राजनीति र सडकमा पनि झन् तीव्र तनाव सुरु भएको छ । गत साता टाउकोमा गोली प्रहार गरिएका पूर्वप्रधानमन्त्री शेख हसिनाका विरोधीको शरिफ उस्मान हादीको निधनले त्यहाँ थप अशान्ति मच्चिएको छ ।

हादी गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब मञ्चका प्रवक्ता थिए । उनकोे सिंगापुरमा उपचारका क्रममा मृत्यु भएको हो । टाउकामा गोली लागेर गम्भीर घाइते भएका हादी ६ दिनसम्म जीवन–मृत्युसँग संघर्षरत थिए ।

उनको मृत्युपछि देशभर शोक, आक्रोश र विरोध प्रदर्शन सुरु भएका छन् । अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले एक दिनको राष्ट्रिय शोक घोषणा गर्दै दोषीहरूलाई चाँडै पक्राउ गर्ने वाचा गरेका छन् ।

उस्मान हादीमाथि गत हप्ता अज्ञात आक्रमणकारीहरूले टाउकामा गोली हानेका थिए । अवस्था गम्भीर भएपछि उनलाई सिंगापुरको अस्पतालमा भर्ना गरिएको थियो । हादी जुलाई आन्दोलनका अग्रपंक्तिका नेता मानिन्थे ।

अहिलेको राजनीतिमा उनको भूमिका निकै महत्वपूर्ण थियो । उनको मृत्युलाई आन्दोलनमाथिको आक्रमणका रूपमा हेरिएको छ । हादी गत वर्ष विद्यार्थी नेतृत्वको हिंसात्मक विरोध प्रदर्शनका प्रमुख नेता थिए ।

यही आन्दोलनले अगस्ट ५ मा शेख हसिनाको नेतृत्वमा रहेको आवामी लिग सरकार ढालेको थियो । आगामी चुनावमा उस्मान हादी उमेदवारसमेत थिए । हादीको मृत्युपछि अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले हादी जुलाई आन्दोलनका निडर योद्धा भएको र उनको हत्या अत्यन्त दुःखद भएको बताएका छन् ।

युनुसले हत्याराहरूलाई कुनै हालतमा पनि नछाड्ने आश्वासन दिएका छन् । उनले एक दिनको राष्ट्रिय शोक घोषणा गर्दै हादीकी पत्नी र एकमात्र सन्तानको आर्थिक जिम्मेवारी सरकारले लिने बताएका छन् ।

नागरिकहरूलाई शान्ति र संयम कायम राख्न अपिल गरेका छन् । हादीको मृत्युपछि राजधानी ढाकाको शाहबाग चोकमा ठूलो संख्यामा विद्यार्थी र सर्वसाधारण भेला भएका छन् । प्रदर्शनकारीहरूले नारा लगाउँदै हादीको न्यायको माग गरेका छन् ।

बंगलादेश नेशनलिस्ट पार्टी र जमात–ए–इस्लामीले पनि उनको मृत्युप्रति शोक व्यक्त गरेका छन् । इन्किलाब मञ्चले आक्रमणकारीहरू पक्राउ नपर्दासम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ । आवश्यक परे देश ठप्प पारिने जनाएको छ ।

मञ्चले आरोपीहरू भारत भागे पनि भारत सरकारसँग समन्वय गरेर फर्काइने दाबीसमेत गरेको छ । हादीको मृत्युपछि अवस्था झन् बिग्रिएको छ । ढाका विश्वविद्यालय क्याम्पसमा विद्यार्थी संगठन ‘जातीय विद्यार्थी शक्ति’ले शोक मार्च निकाल्दै गृहमन्त्री जहांगीर आलम चौधरीको पुतला जलाएका थिए ।

उनीमाथि आक्रमणकारीहरूलाई पक्राउ गर्न असफल भएको आरोप लगाइएको छ । राजधानीमा रहेको बंगाली अखबार ‘प्रोथोम आलो’को कार्यालयमा भीडले आक्रमण गरेको छ । भवनका विभिन्न तलामा तोडफोड र आगजनी भएको छ ।

केही पत्रकार र कर्मचारी कार्यालयभित्रै थुनिएका थिए । अखबारलाई किन निशाना बनाइयो भन्ने विषयमा स्पष्ट हुन सकेको छैन । यद्यपि, अन्तरिम सरकारप्रति नरम दृष्टिकोण राख्दै आएको आरोप लाग्दै आएको छ ।

बढ्दो तनावलाई मध्यनजर गर्दै सरकारले देशभर कडा सुरक्षा व्यवस्था लागु गर्दै ‘अपरेशन डेभिल हन्ट–२’ सुरु गरेको छ । कानुन–व्यवस्थाको बिग्रँदो अवस्थाबीच सरकारले चुनावी उमेदवार र प्रमुख राजनीतिक व्यक्तिहरूलाई हतियार लाइसेन्स दिने प्रक्रिया सहज बनाउने घोषणा गरेको छ ।

हादीको मृत्युले बंगलादेश फेरि अस्थिरताको चरणमा प्रवेश गरेको छ । यसबीच बंगलादेशमा भारतविरोध भावना पनि थप बढ्दै गएको छ । अपदस्थ पूर्वप्रधानमन्त्री हसिनाको प्रत्यर्पणको माग गर्दै ढाकामा भारतविरुद्ध प्रदर्शन भइरहेको छ ।

राजधानी ढाकामा बुधबार ठूलो संख्यामा प्रदर्शनकारीहरू भारतीय उच्चायोगतर्फ मार्च गर्दै निस्किएका थिए । तर, प्रहरीले उनीहरूलाई बाटोमै रोकेको थियो । यो प्रदर्शन ‘जुलाई ओयिक्को’ नामक ब्यानरअन्तर्गत भएको थियो ।

प्रदर्शनकारीहरू भारतविरोधी नारा लगाउँदै थिए । हसिना तथा अन्य नेताहरूको प्रत्यर्पणको माग गर्दै थिए, जो गत वर्ष जुलाईमा भएको जनआन्दोलनपछि देश छोडेर गएका थिए । प्रहरीका अनुसार, यो जुलुस रमपुरा ब्रिजबाट सुरु भएको थियो ।

प्रहरीले यसलाई नर्थ बड्डा क्षेत्रको हुसैन मार्केटनजिकै रोकेको थियो, जहाँ भारतीय उच्चायोग अवस्थित छ । सुरक्षाका कारण कूटनीतिक क्षेत्रतर्फ जाने मुख्य सडकहरूमा धेरै घण्टासम्म यातायात बन्द रह्यो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, प्रहरीले पहिले ब्यारिकेडहरू राखेका थिए, जसलाई प्रदर्शनकारीहरूले भत्काएका थिए । प्रदर्शनकारीहरू भारतविरोधी नारा लगाएका थिए । शेख हसिनालाई भारतबाट फर्काउनुपर्ने माग गरेका थिए ।

प्रदर्शनकारीहरूले भारतसमर्थित राजनीतिक दल, सञ्चारमाध्यम र सरकारी अधिकारीहरूले बंगलादेशविरुद्ध षड्यन्त्र गरिरहेका आरोप लगाएका छन् । शेख हसिना गत वर्ष ५ अगस्ट २०२४ मा विद्यार्थी आन्दोलनपछि सत्ताच्यूत भएर भारत भागेकी थिइन् ।

बंगलादेशको एक विशेष अदालतले हालै गत वर्षको आन्दोलनका क्रममा हिंसात्मक कारबाहीका लागि उनलाई अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ । यसबीच भारतले ढाकास्थित आफ्नो दूतावासको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

यता ढाका प्रहरीले पनि भारतीय दूतावास भएको क्षेत्रको सुरक्षाका लागि सहरका विभिन्न भागबाट थप प्रहरी बल बोलाएको बताएका छन् । यसअघि, नयाँ दिल्लीमा विदेश मन्त्रालयले बंगलादेशका उच्चायुक्त रियाज हामिदुल्लाहलाई बोलाएको थियो ।

मन्त्रालयले ढाकामा भारतीय मिसन वरपर केही कट्टरपन्थी तत्वहरूले सुरक्षा वातावरण बिगार्ने योजनाहरूप्रति गम्भीर चिन्ता व्यक्त गरेको थियो । भारतले कूटनीतिक मिसनहरूको सुरक्षा सुनिश्चित गर्न बंगलादेशको अन्तरिम सरकारको जिम्मेवारी भएको बताएको छ ।

Tags: #बंगलादेश#बंगलादेशमा भारतविरुद्ध प्रदर्शन

लोकप्रीय

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

शुक्रबार पुस ४ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेश फेरि अशान्त, हसिनाका विरोधी हादीको हत्या

शुक्रबार पुस ४ , २०८२

विचार

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

शुक्रबार पुस ४ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेश फेरि अशान्त, हसिनाका विरोधी हादीको हत्या

शुक्रबार पुस ४ , २०८२

थप समाचार

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने
अन्तर्राष्ट्रिय

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

शुक्रबार पुस ४ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा
अन्तर्राष्ट्रिय

बंगलादेश फेरि अशान्त, हसिनाका विरोधी हादीको हत्या

शुक्रबार पुस ४ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना
ताजा समाचार

ओलीले राज्यलाई नै दिए धम्की, सल्लाघारीमा नरम भृकुटीमण्डपमा गरम

शुक्रबार पुस ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२

हालका पोस्टहरू

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

शुक्रबार पुस ४ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेश फेरि अशान्त, हसिनाका विरोधी हादीको हत्या

शुक्रबार पुस ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.