NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान सोमवार पुस ७ , २०८२
विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने सोमवार पुस ७ , २०८२
रुसी राजधानी बमले थर्कियो, कसले विस्फोट गरायो ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
Reading Time: 1 min read
A A
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

 ७ पुष , काठमाण्डौ ।

एक चर्चित विद्यार्थी नेताको हत्या भएपछि अशान्त बनेको बंगलादेशमा फेरि अर्का एक विद्यार्थी नेतामाथि गोली हानिएको छ । शेख हसिनाविरोधी नेसनल सिटिजन्स पार्टी (एनसीपी) का नेता मोहम्मद मोतालेब शिकदरमाथि सोमबार दिउँसो गोली प्रहार भएको हो ।

दिउँसो १२ बजे खुलनामा रहेको उनको घरभित्र पसेर गोली प्रहार गरिएको त्यहाँको प्रहरीले जनाएको छ । बंगलादेशी सञ्चारमाध्यमका रिपोर्टअनुसार हमलाकारीले मोतालेबको टाउकोलाई निशाना बनाएर गोली चलाएका थिए ।

गम्भीर घाइते भई भुइँमा ढलेका मोतालेबलाई वरिपरिका मानिसहरूले तुरुन्तै उठाएर खुलना मेडिकल कलेज अस्पताल पु¥याएका थिए, जहाँ उनको उपचार भइरहेको छ । प्रहरीका अनुसार सुरुमा उनको अवस्था निकै नाजुक थियो ।

डाक्टरहरूले गोली कानको छेउबाट पार भएको बताएका छन् । प्रहरी अधिकारी अनिमेष मण्डलले गोली दिमागसम्म नपुगेकाले उनको ज्यान जोगिएको बताएका छन्। घाइते नेता एनसीपी पार्टीका डिभिजन प्रमुख हुन् ।

मोतालेब शिकदर एनसीपीको खुलना डिभिजनका प्रमुख हुन् र पार्टीसँग सम्बन्धित मजदुर संगठन एनसीपी श्रमिक शक्तिका आयोजक पनि हुन् । उनीमाथि भएको यो आक्रमणले इलाकामा त्रास फैलाएको छ ।

एनसीपीले खुलनामा मजदुर ¥याली आयोजना गर्ने तयारी गरिरहेको थियो र शिकदर त्यसैमा काम गरिरहेका थिए । आक्रमणकारीहरूलाई पक्रन प्रहरीले विभिन्न क्षेत्रमा अपरेशन सुरु गरेको छ र आक्रमणको पछाडिको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

एनसीपी गत वर्ष बंगलादेशमा ठुलो आन्दोलन खडा गर्ने विद्यार्थीहरूबाट बनेको पार्टी हो, जसपछि शेख हसिनाले देश छाडेर भाग्नु परेको थियो । यो आक्रमण यस्तो समयमा भएको छ, जब सम्पूर्ण बंगलादेशमा तनावको माहोल छ ।

केही दिनअघि ढाकामा विद्यार्थी नेता शरीफ उस्मान हादीको गोली हानेर हत्या गरिएको थियो । १० दिनअघि शरीफ उस्मान हादीको हत्यापछि अज्ञात आक्रमणकारीले नेसनलिस्ट सिटिजन पार्टी (एनसीपी)का नेता मोतलेब सिकदरमाथि गोली प्रहार भएको हो ।

एनसीपी पार्टीमा हसिनाविरुद्ध आन्दोलन गर्नेहरू नै समावेश छन् । ठूलो संख्यामा ढाका विश्वविद्यालयका विद्यार्थी यो पार्टीसँग जोडिएका छन् । बंगलादेशमा यो पार्टी पहिलोपटक चुनाव लडिरहेको छ ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका कट्टर विरोधी उस्मान हादीमाथि १२ डिसेम्बरमा विजयनगर क्षेत्रमा गोली प्रहार भयो । चुनावी अभियानका क्रममा इन्कलाब मञ्चका प्रवक्तासमेत रहेका ३२ वर्षीय हादीमाथि नकाब लगाएका बन्दुकधारीहरूले टाउकोमा गोली हानेका थिए ।

गम्भीर घाइते हादीलाई उपचारका लागि सिंगापुर लगियो । उनको उपचारका क्रममा बिहीबार (१८ डिसेम्बर) मृत्यु भएको थियो । यो घटनापछि पूरै बंगलादेशमा नयाँ चरणको हिंसा जारी छ ।

तर, घटना भएको १० दिन बित्दा पनि हादी हत्याका दोषीहरूबारे बंगलादेश प्रहरीले कुनै प्रमाण समेत फेला पार्न नसकिरहेको अवस्थामा अर्का विद्यार्थी नेतामाथि गोली हानिएको छ ।

बंगलादेश प्रहरीले आइतबार आफूहरूसँग शरीफ उस्मान हादीको हत्याका मुख्य संदिग्धको ठाउँबारे कुनै ‘विशिष्ट जानकारी’ नभएको बताएको छ । पार्टीले आफ्ना नेताको हत्याका लागि जिम्मेवार व्यक्तिहरूको गिरफ्तारीमा ‘स्पष्ट प्रगति’ हुनुपर्ने बताएको थियो ।

गृह मन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (आईजीपी) खान्देकर रफिकुल इस्लामले कानुन प्रवर्तन एजेन्सीहरूले गोलीबारीमा संलग्न बन्दुकधारीको रूपमा चिनिएका फैसल करिम मसूदको खोजी सक्रिय रूपमा गरिरहेका बताएका थिए ।

उनले संदिग्ध आक्रमणकारी देश छोडेर गएको भन्ने कुनै विश्वसनीय जानकारी नभएको बताए । आईजीपीले अपराधीहरूले प्रायः आफ्नो ठाउँबारे अफवाह फैलाउने बताए । इस्लामले अझसम्म कुनै पनि राजनीतिक दललाई हत्यासँग जोड्ने कुनै ठोस प्रमाण फेला नपरेको बताए ।

“यद्यपि, सटिक तथ्यांक जुटाउने प्रयास जारी छ,” उनले भनेका छन् । हादी १२ फेब्रुअरीमा हुने चुनावका लागि उम्मेदवार थिए । उनको हत्यापछि बंगलादेशभर आक्रमण र तोडफोडका घटनाहरू नयाँ सिराबाट सुरु भएको छ ।

शनिबार कडा सुरक्षाबीच हादीको शव ढाका विश्वविद्यालयको मस्जिद नजिकै अन्तिम संस्कार गरिएको छ । जहाँ हजारौं बंगलादेशीले श्रद्धान्जली दिएका थिए । हसिना अहिले भारतमै निर्वासित छिन् भने विद्यार्थी माथि गोली प्रहारको घटनामा बंगलादेशीले भारतलाई जोडेर आक्रोश पोखिरहेका छन् ।

जातिय हिंसा समेत बंगलादेशमा बढिरहेको अवस्थामा हसिनाले भने चुनाव लक्षित गर्दै प्रतिक्रिया दिएकी छन् । २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्वप्रधानमन्त्री हसिनाले कडा प्रतिक्रिया दिएकी छन् ।

उनले अवामी लिगबिनाको चुनावलाई वास्तविक निर्वाचन नभई ‘राज्याभिषेक’ को संज्ञा दिएकी छन् ।विद्यार्थी नेतृत्वको विद्रोहपछि करिब एक वर्षअघि सरकारबाट अपदस्थ भएकी हसिनाले भनिन्, “अवामी लिगबिनाको चुनाव चुनाव नै हुँदैन, त्यो राज्याभिषेक हो । अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसले जनताको मतविना शासन गरिरहनुभएको छ र लोकप्रिय जनादेशबाट नौ पटक निर्वाचित पार्टीलाई प्रतिबन्ध लगाउने प्रयास भइरहेको छ ।”

उनले ऐतिहासिक उदाहरण उल्लेख गर्दै बङ्गलादेशी जनताले आफ्नो मनपर्ने दललाई मतदान गर्न नपाए मतदान नै नगर्ने प्रवृत्ति रहेको बताइन् । देशमा राजनीतिक तनाव चर्कँदै जाँदा फेब्रुअरी २०२६ को चुनावको तयारी भइरहेका बेला हिंसात्मक प्रदर्शन र अल्पसङ्ख्यक, विशेष गरी हिन्दू समुदायमाथि आक्रमणका खबरहरू बढिरहेका छन् ।

इन्किलाब मोन्चोका नेता उस्मान हादीको मृत्युपछि भएको हिंसाप्रति सङ्केत गर्दै हसिनाले सम्पूर्ण जिम्मेवारी अन्तरिम सरकारमाथि थोपरेकी छन् ।“उस्मान हादीको हत्या वर्तमान प्रशासनअन्तर्गत बढ्दो अराजकताको प्रतीक हो”, उनले भनिन्, “हिंसा सामान्य बनेको छ र सरकारले या त यसलाई अस्वीकार गर्छ वा नियन्त्रण गर्न असफल भएको छ । यसले देशलाई मात्र होइन, छिमेकीहरूसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय विश्वसनीयतालाई पनि कमजोर बनाएको छ ।”

हसिनाविरुद्ध भने मृत्युदण्डको सजाय सुनाइएको छ । तर भारतले उनलाई सुपुर्दगी गर्न अस्वीकार गरेको छ ।

Tags: #बंगलादेशमा छानी छानी गोली प्रहार#हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा

लोकप्रीय

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

विचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

थप समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?
ताजा समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार
अन्तर्राष्ट्रिय

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान
अन्तर्राष्ट्रिय

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.