NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Calculateur de Bonus Talismania Casino : Maximisez Vos Gains ! मङ्लबार पुस ८ , २०८२
रवि–बालेन–कुलमानको एकताले देशको भविष्य बदल्न सक्छ ? मङ्लबार पुस ८ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने मङ्लबार पुस ८ , २०८२
ट्रम्पले नेपालसहित २९ देशबाट फिर्ता बोलाए राजदूत मङ्लबार पुस ८ , २०८२
लेखक र बालेनले दिए बयान, के भने ? मङ्लबार पुस ८ , २०८२
Next
Prev

समाचार

लेखक र बालेनले दिए बयान, के भने ?

मङ्लबार पुस ८ , २०८२
Reading Time: 1 min read
A A
लेखक र बालेनले दिए बयान, के भने ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

८ पुष , काठमाण्डौ ।

२३ र २४ भदौका घटनाबारे तत्कालीन गृहमन्त्री रमेश लेखक र काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले बयान दिएका छन् । उनीहरुले राष्ट्रिय मानवअधिकार आयोगमा पुगेर बयान दिएका हुन् ।

आयोगले लेखकदेखि बालेन शाहसम्मलाई सोधपुछ गरेको हो । बालेनसँग सोमबार करिब २ घण्टा सोधपुछ गरिएको हो । त्यसअघि यसै साता लेखकसँग आयोगले सोधपुछ गरेको थियो ।

LS Auto

जेन–जी आन्दोलनका क्रममा मानवअधिकार हनन र दमनका विषयमा हालसम्म १ सय ४८ जनासँग सोधपुछ गरेको आयोगले छानबिन अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगले चार विषय विभाजन गरेर छानबिन गरिरहेको छ ।

जेन–जी आन्दोलनका क्रममा भएको मानवअधिकार हनन, २३ भदौको आन्दोलनमा प्रहरीको बल प्रयोग (दमन), पारदर्शिता र जवाफदेहिता तथा दण्डहीनतालाई आधार बनाएर छानबिन गरिरहेको आयोगले जनाएको छ ।

यस्तै आयोगले सुरक्षा परिषद्का सदस्य रहेका तत्कालीन मन्त्रीहरूसँग बयान लिन थालेको छ । मानवअधिकार आयोगले सोधपुछका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि बोलाएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को सदस्य भएको र २४ भदौमा प्रदर्शनकारीले राणालाई आक्रमणसमेत गरेकाले उनीसँग सोधपुछ गर्न लागिएको हो । आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पनि सोधपुछका लागि पत्र लेखेको थियो ।

ओलीले पार्टी महाधिवेशनमा व्यस्त भएकाले महाधिवेशनपछि उपस्थित हुने सन्देश पठाएका थिए । आयोगले अबको साता ओलीलाई पुनः स्मरण गराउने तयारी गरेको छ । मानवअधिकार आयोगले सदस्य लिली थापाको नेतृत्वमा अध्ययन टोली बनाएको थियो ।

उक्त टोलीले २३ र २४ भदौको घटनाको फिल्ड अनुगमनदेखि मानवअधिकार हननको अवस्थाबारे एक महिनादेखि सोधपुछ गरिरहेको छ । आयोगका अनुसार २३ भदौको घटनामा दमन र मानवअधिकार हननका विषयमा अनुसन्धान केन्द्रित छ भने २४ भदौको घटनामा जवाफदेहिता र दण्डहीनता लगायतका विषयमा अनुसन्धान केन्द्रित छ ।

आयोगले काठमाडौं र विभिन्न जिल्लामा रहेका आफ्नो संयन्त्रमार्फत अध्ययन गरेको छ । आयोगले जिल्ला सुरक्षा परिषद् हुँदै २३ र २४ भदौमा फिल्डमा खटिएका सुरक्षाकर्मीसम्मलाई सोधपुछ गरेको छ ।

नेपाली सेनासँग पनि विवरण माग गरेको थियो । सेनाले एउटा प्रतिवेदन आयोगलाई बुझाएको छ । मानवअधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा गरेको अनुगमनको संक्षिप्त प्रतिवेदन १० असोजमा सार्वजनिक गरेको थियो ।

उक्त प्रतिवेदनमा घटनापूर्व सम्भावित कारणहरूको आकलन गर्न नसक्नु सरकारको कमजोरी भएको आयोगको ठहर थियो । ‘प्रदर्शनको पहिलो दिनको पूर्वाह्नमा शान्तिपूर्ण प्रदर्शन भए पनि मध्याह्नपश्चात् आगजनीका घटना र प्रदर्शनकारीमाथि गोली प्रहारबाट केही प्रदर्शनकारीको मृत्यु भएर घटना हिंसामा परिणत भएको देखिएको छ’ प्रतिवेदनमा भनिएको छ, ‘पहिलो दिनको प्रदर्शनमा सुरक्षाकर्मीको गोलीबाट प्रदर्शनकारीको मृत्यु भएका कारण दोस्रो दिन अन्धाधुन्ध आगजनी र तोडफोड भएको अनुगमनका क्रममा पाइएको थियो ।’

आयोगले यस प्रकारका हिंसात्मक घटना हुनाका कारणको पहिचान गर्दै भविष्यमा दोहोरिन नदिने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको थियो । आयोगले २४ भदौमा विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षाको नाममा गरिने व्यक्ति हत्या बन्द गरी प्रदर्शनकारीका माग पूरा गर्न कदम चाल्न अनुरोध गरेको थियो ।

यस्तै, २३ भदौमा पनि विज्ञप्ति जारी गर्दै आयोगले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग भएको उल्लेख गरेको थियो । सरकारका तर्फबाट भने २३ र २४ भदौको घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन भई काम भइरहेको छ ।

कार्की आयोगलाई सुरुमा तीन महिना म्याद दिइएकामा सरकारले पछिल्लो पटक एक महिना थप गरेको छ । उक्त आयोगले यस अवधिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित केही राजनीतिक व्यक्तिको बयान लिन बाँकी छ ।

आयोगको आइतबारको बैठकले ओली र लेखकलाई पनि बयानमा बोलाउने निर्णय गरेको छ । आयोग स्रोतका अनुसार मंगलबार नै पत्राचार गर्ने सम्भावना छ । यता ओली र लेखकमाथि छानबिनमा ढिलाइ भएकोमा सहिद परिवार र जेन–जी अगुवाले सरकारप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

तर ओलीले भने अझै पनि आफू उक्त आयोगमा बयान दिन नजाने अडान लिइरहेका छन् । आफुलाई जबर्जस्ती गरिए सिंगो एमाले पार्टीले प्रतिकार गर्ने ओलीले धम्की दिएका छन् । ओलीको यो धम्कीप्रति प्रधानमन्त्री सुशीला कार्कीले पनि जवाफ दिएकी छन् ।

सोमबार भएको सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले अनुसन्धानका लागि पक्राउ गर्ने पनि कानुन हुने बताउँदै मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्ने कुरा नभएको बताइन् ।

उनको यो भनाई एकातिर जेनजी समूहहरुले ओलीसहितलाई तत्काल पक्राउ गरेर कारबाही गर्नुपर्ने भन्दै आइरहेका माग र दबाब, अर्कातिर ओलीले आफू बयान दिन नजाने बरु त्यसलाई लागि आफूलाई पक्राउ गर्न वा गोली ठोक्नु भन्दै सरकारलाई चुनौती दिइरहेका बेला आएको हो ।

यसैलाई इंकित गर्दै आफूहरु कानूनका ज्ञाता भएकाले कानुनअनुसार अघि बढ्ने उनको भनाइ छ । उनले आफू सरकारमा आइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० वटा मुद्दा दर्ता गरेको र अपराध अनुसन्धान कार्यालयले यसअघि कहिल्यै नगरेको काम गरिरहेको दाबी पनि गरिन् ।

उनले भनिन्, ‘सधैँ राजनीति पार्टीको मात्रै गीत गाएर त हुँदैन। उन्नति त देशको हुनुप¥यो नि, विकास त हुनुप¥यो। त्यसैकारण एकै रातारात सबै कुरा पनि हुँदैन। मान्छेलाई पक्रिएर टुँडिखेलमा गोली हान्ने त होइन नि कानुन भनेको। हामी त कानूनका ज्ञाता मान्छेहरु हौँ।’

यसैबीच सरकारले जेनजी आन्दोलनका क्रममा राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिको अनुगमन गर्ने भएको छ । आज नेपाली कांग्रेस, नेकपा (एमाले) र तत्कालिन माओवादी केन्द्र लगायतका दलका कार्यालय अनुगमन गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालसहितको टोलीले क्षतिग्रस्त पार्टी कार्यालय अनुगमन गर्ने जनाइएको छ ।

मंगलबार बिहान ११ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय अनुगमन गरेपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायतको पार्टी कार्यालय अनुगमन गर्ने तालिका छ ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा सरकारले सरोकारवाला पक्षसँग वार्ता तथा संवादलाई तीव्रता दिएको छ ।

Tags: #अनुगमन गर्दै सरकारी टोली

लोकप्रीय

Calculateur de Bonus Talismania Casino : Maximisez Vos Gains !

मङ्लबार पुस ८ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

रवि–बालेन–कुलमानको एकताले देशको भविष्य बदल्न सक्छ ?

मङ्लबार पुस ८ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२

विचार

Calculateur de Bonus Talismania Casino : Maximisez Vos Gains !

मङ्लबार पुस ८ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

रवि–बालेन–कुलमानको एकताले देशको भविष्य बदल्न सक्छ ?

मङ्लबार पुस ८ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२

थप समाचार

recovered_Talismania casino_2025-12-19

Calculateur de Bonus Talismania Casino : Maximisez Vos Gains !

मङ्लबार पुस ८ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने
ताजा समाचार

रवि–बालेन–कुलमानको एकताले देशको भविष्य बदल्न सक्छ ?

मङ्लबार पुस ८ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने
अन्तर्राष्ट्रिय

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ट्रम्पले नेपालसहित २९ देशबाट फिर्ता बोलाए राजदूत
अन्तर्राष्ट्रिय

ट्रम्पले नेपालसहित २९ देशबाट फिर्ता बोलाए राजदूत

मङ्लबार पुस ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२

हालका पोस्टहरू

Calculateur de Bonus Talismania Casino : Maximisez Vos Gains !

मङ्लबार पुस ८ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

रवि–बालेन–कुलमानको एकताले देशको भविष्य बदल्न सक्छ ?

मङ्लबार पुस ८ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.