NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो बुधबार पुस ९ , २०८२
काँग्रेससहितका ६८ सांसदको रिटको पेसी आज बुधबार पुस ९ , २०८२
शीतल निवासमा ओलीले जे भने देउवाले त्यही दोहोर्याए, संसद् भर्सेस चुनाव बुधबार पुस ९ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

काँग्रेससहितका ६८ सांसदको रिटको पेसी आज

बुधबार पुस ९ , २०८२
Reading Time: 1 min read
A A
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ पुष , काठमाण्डौ।

प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै नेपाली कांग्रेस र अन्य साना दलका गरी ६८ सांसदले दायर गरेको पूरक रिटमा सर्वोच्च अदालतले आज सुनुवाइ गर्दैछ। संवैधानिक इजलासले आजका लागि पेसी तोकेको उक्त रिटमा कांग्रेसका ६५, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र स्वतन्त्र गरी ६८ सांसदको हस्ताक्षर छ।

मङ्गलबार पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीमार्फत वारेस दिँदै सांसदहरूले सर्वोच्चमा हस्ताक्षर बुझाएका थिए । यसअघि मङ्सिर २३ गते कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे नेतृत्वको ८ जना सांसदले दायर गरेको रिटमा आफूलाई पनि ‘सरोकारवाला पक्ष’ कायम गरियोस् भन्दै थप ६० सांसदले हस्ताक्षर बुझाएका हुन् ।

LS Auto

आजको इजलासले निवेदन अनुमोदन गरेसँगै यी सांसदहरू कांग्रेसको मूल रिटको पक्ष बन्नेछन् । संसद् विघटनविरुद्ध यसअघि नै नेकपा एमालेका ७५ सांसदले संस्थागत निर्णयसहित सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् ।

एमालेका ७५ र मंगलबार थपिएका कांग्रेस गठबन्धनका ६८ जना गरी संसद् पुनस्र्थापनाको पक्षमा उभिने सांसदको सङ्ख्या १४३ पुगेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सांसदको समर्थन आवश्यक पर्छ ।

बहुमत सांसदहरू नै अदालतमा उपस्थित भएर पुनस्र्थापनाको माग गरेपछि अदालतलाई फैसला लिन सहज हुने कांग्रेस–एमालेको निष्कर्ष छ । कांग्रेसको नेतृत्वमा बुझाइएको हस्ताक्षरमा साना दलका सांसदले पनि साथ दिएका छन् ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डलले हस्ताक्षर गरेका हुन् ।

एमालेले मङ्सिर १० गते र कांग्रेसका सांसदहरूले मङ्सिर २३ गते छुट्टाछुट्टै रिट दर्ता गराएका थिए। कांग्रेसको तर्फबाट यसअघि प्रमुख सचेतक घिमिरेसहित सचेतक सुशीला थिङ, सांसदहरू दीपक खड्का, जावेदा खातुन जागा, सिता राना, आशा बिक, शान्ति बिक र नागिना यादवले रिट दायर गरेका थिए ।

रिटमा प्रतिनिधि सभा विघटन असंवैधानिक भएको जिकिर गर्दै पुनस्र्थापनाको माग गरिएको छ । प्रतिनिधि सभा विघटन र चुनावी सरकार गठन असंवैधानिक भएको जिकिर गरिएको छ ।

तर जेनजी युवा अगुवा, वैकल्पिक राजनीतिक शक्ति र नेपाली कम्युनिस्ट पार्टी लगायतले भने प्रतिनिधि सभा पुनस्र्थापना नगरी ताजा जनादेशका लागि चुनावमा जानुपर्ने माग गर्दै आएका छन् ।

यसबीच हिजो मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की र ३ ठूला दलका शीर्षनेताबीच शीतल निवासमा भएको छलफलमा पनि दुई धार देखिएको थियो ।

छलफलमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पमल दाहाल प्रचण्ड फागुन २१ गते नै चुनाव हुनु पर्ने अडानमा प्रस्तुत भए ।

तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भने चुनावको वातावरण नभएको भन्दै संसद् पुनस्र्थापनाको पक्षमा उभिए ।

छलफलमा ओलीले आफ्नो पार्टी चुनाव विरोधी नभएको तर त्यसका लागि वातावरण नबनेको भनाइ राखेका थिए । ओलीले छलफलमा सिधै संसद् पुनस्र्थापनाको कुरा नउठाए पनि चुनाव हुने अवस्था नभएकाले पुनस्र्थापनातिर जानु पर्ने संकेत गरेका थिए ।

देउवाले पनि चुनावी वातावरण नबनेको कुरा छलफलमा राखेका थिए । तोकिएको मितिमा चुनाव हुन नसक्दा संसद् पुनस्र्थापनाको विकल्पमा जानु पर्ने देउवाको संकेत थियो । प्रचण्ड भने छलफलमा प्रष्ट रुपमा चुनावको पक्षमा उभिए।

प्रचण्डले निरनतर चुनावको पक्षमा बोल्दै आएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले भने नेताहरूलाई सुरक्षाप्रति आस्वस्त पार्न खोज्दै चुनावको तयारी गर्न जोड गरिन् । राष्ट्रपति पौडेलले पनि ‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको’ स्मरण गराउँदै ‘निर्वाचन सफल बनाउन सबै पक्ष लाग्नु पर्ने’ बताएका थिए ।

छलफलका क्रममा ओलीले आफू बयान दिन जाँचबुझ आयोग नजाने तर आयोगका सदस्यहरु आफ्नो निवासमा आए बयान दिने बताएका थिए । यस्तै एमाले र अन्य दल तथा नागरिक अगुवाहरुको पनि सुझावका आधारमा र एमालेले चुनावमा सहभागि हुने जनाएको अवस्थामा सरकारले ओलीमाथि लगाइएको स्थानहद पनि खुला वा खुकुलो पार्ने संचारमन्त्री जगदीश खरेलले जनाएका छन् ।

यता एमाले उपमहासचिव रघुवीर महासेठप्रति भने जाँचबुझ आयोग रुष्ट बनेको छ । महासेठले झुटो आरोप लगाएको भन्दै जाँचबुझ आयोगले ध्यानाकर्षण भएको जनाएको छ । महासेठले सोमबार एक पत्रिकासँगको कुराकानीमा आयोगका अध्यक्ष गौरीबहादुर कार्की पूर्वाग्रही रहेको आरोप लगाएका थिए ।

महासेठले भनेका थिए, ‘आयोगका अध्यक्षको अभिव्यक्ति पनि पूर्वाग्रही छ । झुन्ड्याउनुपर्छ, मार्नुपर्छ भनेर अभिव्यक्ति दिने व्यक्तिको अध्यक्षतामा आयोग गठन भएको छ ।’ एमाले अध्यक्ष केपी ओलीलाई आयोगले बयानमा बोलाउने तयारी गरिरहेको सन्दर्भमा महासेठले यस्तो टिप्पणी गरेका थिए ।

तर आयोग अध्यक्ष कार्की आफूले कहिले पनि त्यस्तो अभिव्यक्ति नदिएको बताउँछन् । उनी भन्छन्, ‘नेताहरूलाई झुन्ड्याउनुपर्छ, मार्नुपर्छ भनेको छैन, एकजना जिम्मेवार नेताबाट त्यस्तो टिप्पणी भएकोमा दुःख लागेको छ ।’

कार्की विशेष अदालतका पूर्वअध्यक्ष हुन् । यसअघि उनले मिटरब्याजदेखि सहकारी ठगीसम्बन्धी जाँचबुझ आयोगको अध्यक्ष भएर काम गरिसकेका छन् । यसबीच जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक आन्तरिम परामर्शमा जुटेका छन् ।

उनी पार्टीभित्र र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्शमा रहेका छन् । विशेष अदालतका तत्कालीन पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानका लागि पत्र पठाउने निर्णय गरेको थियो ।

भ्रष्टाचार र सुशासनको मागसहित गत भदौ २३ र २४ गते जेनजी युवा पुस्ताले गरेको प्रदर्शनको क्रममा सरकारबाट निर्मम दमन भएको थियो । आन्दोलनका क्रममा प्रहरीको गोली र आगजनीमा समेत परी ७६ जनाको ज्यान गएको थियो ।

सो घटनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । सो सरकारमा रमेश लेखक गृहमन्त्री थिए । त्यसैले उनीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउने आयोगले जनाएको छ ।

ओलीले भने बयान नदिने बताउँदै आएकामा हिजो प्रधानमन्त्री सामू घरमै बयान लिन आए दिने बताएकाछन् । तर नेता लेखकलाई भने आयोगले सिंहदरबारमा रहेको आयोगको कार्यालयमै बयानका लागि उपस्थित हुन भनेको छ ।

त्यसैले यसबारेमा के गर्ने भन्ने निर्णय लेखकले गरिसकेका छैनन् । महामन्त्री गगन थापा पक्षले भने जेनजी आन्दोलनमा भएका घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने भन्दै लेखकले बयान दिनुपर्ने आवाज उठाउँदै आएका छन् ।

Tags: #काँग्रेस सहितका सांसदको पेसी आज#प्रतिनिधिसभा पुनस्र्थापनाको माग#रघुवीरको टिप्पणीप्रति ध्यानाकर्षण

लोकप्रीय

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

बुधबार पुस ९ , २०८२
बंगलादेशमा भारतीय सामान बहिष्कार अभियान किन चल्यो ?

बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो

बुधबार पुस ९ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

काँग्रेससहितका ६८ सांसदको रिटको पेसी आज

बुधबार पुस ९ , २०८२

विचार

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

बुधबार पुस ९ , २०८२
बंगलादेशमा भारतीय सामान बहिष्कार अभियान किन चल्यो ?

बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो

बुधबार पुस ९ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

काँग्रेससहितका ६८ सांसदको रिटको पेसी आज

बुधबार पुस ९ , २०८२

थप समाचार

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन
ताजा समाचार

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

बुधबार पुस ९ , २०८२
बंगलादेशमा भारतीय सामान बहिष्कार अभियान किन चल्यो ?
अन्तर्राष्ट्रिय

बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो

बुधबार पुस ९ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

काँग्रेससहितका ६८ सांसदको रिटको पेसी आज

बुधबार पुस ९ , २०८२
शीतल निवासमा ओलीले जे भने देउवाले त्यही दोहोर्याए, संसद् भर्सेस चुनाव
ताजा समाचार

शीतल निवासमा ओलीले जे भने देउवाले त्यही दोहोर्याए, संसद् भर्सेस चुनाव

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

बुधबार पुस ९ , २०८२
बंगलादेशमा भारतीय सामान बहिष्कार अभियान किन चल्यो ?

बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो

बुधबार पुस ९ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

काँग्रेससहितका ६८ सांसदको रिटको पेसी आज

बुधबार पुस ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.