NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ? आइतवार पुस १३ , २०८२
बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ? आइतवार पुस १३ , २०८२
Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık शनिबार पुस १२ , २०८२
Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar शनिबार पुस १२ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?

आइतवार पुस १३ , २०८२
Reading Time: 1 min read
A A
बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ पुष , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा सहित जेनजीहरुले उठाएका मागहरु सम्बोधन गर्ने गरी ७ बुँदे ऐतिहासिक सम्झौता भएको छ ।

LS Auto

सम्झौतापत्र अनुसार, रवि लामिछानेले सभापतिका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने आगामी प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा निर्वाचनपछि बालेन शाह संसदीय दलको नेता बन्नेछन् ।

आगामी एक दशकको मुलुकको मार्गचित्र अघि सार्ने घोषणाका साथ उनीहरुले त्यसमा आफूहरुको प्रतिवद्धता देखाएका छन् । बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीभित्र आवद्ध हुन तयार भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत राखिएको छ ।

सम्झौतापत्रमा लामिछाने र शाह दुवै आ–आफ्नो पदीय हैसियतमा मौन रहेर नाममात्रै लेखेका छन् । सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टीको विषयवस्तु उल्लेख भएपनि रवि लामिछानेको नाममात्रै छ । उनले पार्टी सभापतिको हैसियतले हस्ताक्षर गरेका छैनन् ।

काठमाडौं महानगरपालिकाका मेयर शाहले पनि सम्झौतापत्रमा आफ्नो पदीय हैसियत खुलाएका छैनन् । सम्झौतापछि सम्भवतः बालेन शाह मेयर पदबाट राजीनामा दिएर पार्टी राजनीतिमा सक्रिय हुनेछन् ।

सम्झौताको पहिलो बुँदामा नवयुवा(जेनजी)ले भ्रष्टाचार र कुशासनको विरुद्धमा गरेको आन्दोलनको अपनत्व लिने उल्लेख छ । उनीहरुले घाइते र शहिद परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

दोस्रो बुँदामा समुन्नत र सामाजिक न्यायका लागि प्रतिवद्धता जनाउदै नीतिगत, संस्थागत र संरचनागत सुधार गर्ने भनेका छन् । उनीहरुले नेपाललाई १० वर्षभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने मार्गचित्रमा इमान्दार भएर समर्पित हुने भनेका छन् ।

रवि र बालेनले आफूहरुलाई पहिलो र दोस्रो पक्षको रुपमा प्रस्तुत गर्दै अब बृहत एकता गर्ने उद्घोष गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको नाम, चिन्ह र झण्डा पुरानै हुनेछ । सम्झौतापत्रमा, पार्टीको नेतृत्व रविले र आगामी सरकारको नेतृत्व बालेन शाहले गर्ने सहमती भएको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय सभापति रवि लामिछाने रहने’ सम्झौतापत्रमा भनिएको छ, ‘आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।’

पटकपटक एकताको छलफल र संवाद भएपनि, सम्झौतापत्रमा कुलमान घिसिङ र उनी आवद्ध उज्यालो नेपाल पार्टीका वारेमा केही उल्लेख छैन । तर बृहत एकताका क्रममा उनीहरुलाई पनि समेट्ने संकेत छ ।

सम्झौतापत्रमा भनिएको छ, ‘पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने ।’

यो सम्झौता तत्काल कार्यान्वयन गर्ने योजनाका साथ उनीहरुले निर्वाचन आयोगमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको अभिलेख र दस्तावेज अद्यावधिक गर्ने घोषणा गरेका छन्। घोषणा अनुसार, अब बालेन पक्षका समानूपातिक उम्मेद्वारहरु पनि स्वतः रास्वपाबाट प्रतिस्पर्धा गर्नेछन् ।

र, सम्भवतः दुई दिनभित्रै उनीहरुले आपसी सहमती गरेर निर्वाचन आयोगमा समानूपातिक उम्मेद्वारहरुको सूची बुझाउनेछन् । प्रत्यक्षतर्फको मनोनयन भने अझै तीन साता बाँकी छ ।

उनीहरुले आफूहरुको अभियानलाई बैकल्पिक राजनीतिक शक्तिको नाम दिएर रास्वपाको सिद्धान्त, नेतृत्व र चिन्हमा गोलबद्ध हुन भनेका छन् । सम्झौतापत्रमा भनिएको छ, ‘लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने ।’

सम्झौतापत्रमा पार्टीका अरु पदाधिकारीहरुको भूमिका, दुई पक्षविच सम्झौता गर्दा उम्मेद्वारहरुको चयन एवं व्यवस्थापनको विषय उल्लेख छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा बालेन्द्र शाह बीच ’बृहत् एकता’ सम्बन्धी सहमति शीर्षको सम्झौता पत्रमा भनिएको छ:

सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात् गर्दै, २०८२ साल भदौ २३ र २४ को जेनजी आन्दोलनलगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूका सहिद एवं घाइतेहरूको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै, समान अठोट बोकेका शक्तिहरूको सहकार्यमार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (पहिलो पक्ष) र श्री बालेन्द्र शाह (दोस्रो पक्ष) बीच देहायका सहमति भएको छ।

१. नवयुवाहरुले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाईते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्वता जनाउने,

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरूमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोस्रो पक्षबीच बृहत् एकता भएपश्चात् स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी“, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङकोको गोलाकार बीचमा निलो रङको घण्टीको आकृति, दलको चुनाव चिह्न ’घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने

५. बृहत् एकतापश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ’घण्टी’ मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।

यसअघि पनि रवि लामिछाने र बालेन शाहविच पटकपटक एकैसाथ निर्वाचनमा जानेवारे छलफल भएपछि टुंगोमा पुगेको थिएन । कारागारमा रहेका रवि उच्च अदालत तुलसीपुरको बुटबल इजलासको आदेशबाट रिहा भएपछि पार्टी एकताको छलफलले तिब्रता पाएको हो ।

यसक्रममा दुवै पक्षले उर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफल गरेका थिए, आईतबार विहानैको सम्झौतामा उनी जोडिएका छैनन् । ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिनै लामिछाने र बालेनबीच सहमति भएको छ।

तीन नेताबीच शक्ति बाँडफाँडमा सहमति नहुँदा घिसिङ यो एकता प्रक्रियाबाट बाहिरिएका छन्। रातभरको छलफलपछि आइतबार बिहान रवि र बालेनले मात्रै सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

यसले रवि, बालेन र कुलमानको एउटै शक्ति बनाउने प्रयास भने असफल भएको छ। तीन नेताबीच वृहत एकताको लागि गएराति बालुवाटारको एक घरमा लामो छलफल चलेको थियो।

घिसिङ र बालेन शाहबीच छलफल चलिरहेको ठाउँमा रास्वपा सभापति रवि लामिछाने प्रवेश गरेपछि तीन नेताबीच शक्ति बाँडफाँडमा कुराकानी चलेको थियो।

तर, छलफलमा पार्टीको नाम, चुनाव चिह्न, सभापति सबै रास्वपाबाट हुने, बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने भएपछि घिसिङ यो एकता प्रक्रियामा सहमत नभएका स्रोतले जनाएको छ।

Tags: #बालेन भावी प्रधानमन्त्री#रवि सभापति

लोकप्रीय

’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

आइतवार पुस १३ , २०८२
बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?

बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?

आइतवार पुस १३ , २०८२

Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık

शनिबार पुस १२ , २०८२

विचार

’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

आइतवार पुस १३ , २०८२
बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?

बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?

आइतवार पुस १३ , २०८२

Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık

शनिबार पुस १२ , २०८२

थप समाचार

’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?
ताजा समाचार

’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

आइतवार पुस १३ , २०८२
बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?
ताजा समाचार

बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?

आइतवार पुस १३ , २०८२
Etiler Escort

Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık

शनिबार पुस १२ , २०८२
Beşiktaş Escort

Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar

शनिबार पुस १२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२

हालका पोस्टहरू

’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

आइतवार पुस १३ , २०८२
बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?

बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?

आइतवार पुस १३ , २०८२

Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık

शनिबार पुस १२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.