रास्वपाको समानुपातिकमा प्रकाश सपुतदेखि ज्ञानेन्द्र मल्लसम्म

रास्वपाको समानुपातिकमा प्रकाश सपुतदेखि ज्ञानेन्द्र मल्लसम्म

१५ पुस , काठमाण्डौ ।

उज्यालो नेपाल पार्टीसँग एकीकरण टुंगिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । गएराति रास्वपाले ११० जनाकै सूची आयोगमा बुझाएको हो ।

सोमबारमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको थियो ।

सहमतिअनुसार रवि, कुलमान र बालेनले रास्वपाबाटै चुनाव लड्ने भएका हुन् । कुलमानका १८, बालेनका ४० जना समानुपातिक उमदेवार पाउने भएका छन् । रास्वपाको समानुपातिक बन्दसूचीमा क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि गायक प्रकाश सपूतसम्म छन् ।

सूचीअनुसार आादिवासी जनजाति पुरुषबाट पहिलो नम्बरमा डा. राम लामा छन् । त्यसपछि क्रमशः खुश्वु सरकार श्रेष्ठ, मिङ्मा ग्याबु शेर्पा, डा. मनोहर प्रधान, ज्ञानेन्द्र मल्ल, मिलन लिम्बू, विश्व राई र धर्मलाल तामाङ छन् । आदिवासी महिलाबाट टासी लाजोम पहिलो नम्बरमा छिन् ।

त्यसपछि क्रमशः गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, त्रिशला गुरुङ, सिर्जना श्रेष्ठ रजनी श्रेष्ठ छन् । खस आर्य पुरुषतर्फ विपिनकुमार आचार्य पहिलो नम्बरमा परेका छन् । त्यसपछि क्रमशः सचिन ढकाल, सुदीप ढकाल, प्रमोद न्यौपाने, रमेश प्रसाईं, अनुपकुमार उपाध्याय र अरनिकोकुमार पाण्डे क्रमशः छन् ।

खस आर्य महिलाको पहिलो नम्बर प्रतिभा रावल परेकी छिन् । त्यसपछि क्रमशः विदुषी राणा, लिमा अधिकारी, श्रद्धा कुँवर, समीक्षा बाँस्कोटा, टीका संग्रौला र क्रान्तिशिखा धिताल छन् । थारू पुरुषको पहिलो नम्बरमा सुरेन्द्र चौधरी छन् ।

त्यसपछि क्रमशः सोमप्रसाद चौधरी र प्रेमलाल चौधरी छन् । थारू महिलामा पहिलोमा गीता चौधरी छिन् । त्यसपछि उर्मिला चौधरी, करिष्मा कठरिया र बालिका चौधरी छन् । क्रिकेटर ज्ञानेन्द्र मभल्ल आदिवासी जनजातिमा छन् ।

दलित पुरुषतर्फ रुपक विश्वकर्मा पहिलो नम्बरमा छन् । त्यसपछि प्रकाश सपुत, प्रकाशचन्द्र परियार, रामजी खेम, सोजन विके, किशोर गन्धर्व र अरविन्दकुमार राम छन् । दलित महिलातर्फ रिमा विश्वकर्मा पहिलो नम्बरमा परेकी छिन् ।

त्यसपछि अमृता विके, सीता वादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार, गिर्जादेवी मल्लिक, तारा विश्वकर्म र खिमा विक छन् । मधेशी समुदायको पुरुषतर्फ पहिलो नम्बरमा डा. नन्दन यादव र महिलातर्फ पुनम कुमारी अग्रवाल छन् ।

मुस्लिम समुदायको पुरुषतर्फ पहिलो नम्बरमा आसिफ शाह छन् । उनीपछि मिर्जा रसिद वेग छन् । मस्लिम महिलातर्फ पहिलो नम्बरमा समिना मिया छिन् । उनीपछि मोहना अन्सारी र समिउन निशा छन् । निर्वाचन आयोगमा ६३ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाएका हुन् । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका हुन् ।

नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल), गतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपालले सूची बुझाएका छन् ।

त्यस्तै, नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, उन्नत लोकतन्त्र पार्टीसहितले सूची बुझाएका आयोगले जनाएको छ । अब निर्वाचन आयोगमा बन्दसूची बुझाउन नेपाली कांग्रेस मात्रै छ ।

कांग्रेसले बन्दसूची बुझाएपछि बन्दसूची बुझाउने दलको संख्या ६४ पुग्नेछ । समानुपातिकतर्फ ६४ दलले उमेदवारी दिए पनि यी दलले ५८ वटा चुनाव चिह्न पाएका छन् । केही दल संयुक्त चुनाव चिह्नबाट निर्वाचन लड्ने भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.