खालिदाको आज अन्तिम संस्कार, नेपालका परराष्ट्रमन्त्री सहभागी

खालिदाको आज अन्तिम संस्कार, नेपालका परराष्ट्रमन्त्री सहभागी

१६ पुस , काठमाण्डौ ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको अन्तिम संस्कार आज ढाकामा गरिने भएको छ । जियालाई संसद् परिसरमा उनका पति तथा बंगलादेशका पूर्वराष्ट्रपति जियाउर रहमानको चिहान नजिकै राखिनेछ ।

उनको ८० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको थियो । उनी २० दिनदेखि भेन्टिलेटरमा थिइन् । जियाको निधनमा बंगलादेश सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।

अन्तिम संस्कारमा ठूलो संख्यामा राजनीतिक नेता, समर्थक र सर्वसाधारण सहभागी हुनेछन् । नेपालबाट पनि परराष्ट्रमन्त्री बालानन्द शर्मा खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन गएराति नै ढाका प्रस्थान गरेका छन् ।

मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी छन् । उनी बिहीबार स्वदेश फर्किने कार्यक्रम छ । नेत्री जियाले प्रधानमन्त्रीका रूपमा नेपाल–बङ्गलादेश सम्बन्ध सुदृढीकरणमा पु¥याएको योगदान स्मरणीय छ ।

उता भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकर अन्तिम संस्कारमा सहभागी हुने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.