NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा शुक्रबार पुस २५ , २०८२
काँग्रेस संस्थापन पक्ष मुठभेडमा उत्रिदै शुक्रबार पुस २५ , २०८२
आमाका नामबाट नागरिकता पाइने,सम्बन्धबिच्छेद भए थर फेर्न सकिने शुक्रबार पुस २५ , २०८२
रास्वपा र कुलमानको उज्यालोबीचको एकता सहमति धरापमा शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

कांग्रेस विशेष महाधिवेशनः एकताको कसम कि विभाजन ?

बिहिबार पुस २४ , २०८२
Reading Time: 1 min read
A A
कांग्रेस विशेष महाधिवेशनः एकताको कसम कि विभाजन ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२४ पुष , काठमाण्डौ ।

केहीले पार्टी फुटको हल्ला चलाइरहेका छन् । ‘कसैले चाहेर पनि पार्टी फुट्दैन । ‘हाम्रो अभियानबाट पार्टी बलियो हुन्छ। कोही मानिस पार्टी फुट्छ कि फुटाउँछन् भनेर भन्छन्। तपाईँहरूलाई साक्षी राखेर देशभरका कार्यकर्तालाई आश्वस्त बनाउँछु कि, पार्टी फुट्दैन। कसैले चाहेर पनि फुट्दैन। साँच्चै असजिलो अवस्था आयो भने त म आफू विष पिउँछु नि, एकतालाई जोगाउँछु,’ यो भनाइ नेपाली काँग्रेसका महामन्त्री गगन थापाको हो ।

हिजो मात्र उनले काँग्रेसका दुई नेता चन्द्र भण्डारी र सुनिल शर्मा सँगको भेटमा गरेको कुराकानी हो । विशेष महाधिवेशन पार्टी फुटाउन नभई मुर्छा परेको काँग्रेसलाई ऊर्जा दिन आयोजना गरिएको हो । ‘विशेष महाधिवेशनबाट काँग्रेस विभाजन हुन्छ भन्ने भ्रम फैलाइँदै छ, तर त्यस्तो हुनै सक्दैन,’ यदि पार्टी विभाजनतर्फ जान खोजियो भने म हलबाट बाहिर निस्कन्छु।’

यो भनाइ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको हो । आज बिहान सार्वजनिक सन्देशमार्फत शर्माले यस्तो कुरा भनेका छन् । काँग्रेसको दोस्रो विशेष महाधिवेशनको आव्हान यी दुई भाइले गरेका हुन् ।

यदि बेला काँग्रेस विभाजन तर्फ उन्मुख छ भन्ने कुरा चिया पसल देखि आमसञ्चार माध्यमहरूका समेत प्रमुख समाचार बनी रहेका छन् । यदि कांग्रेस फुट्दैन भने हुन्छ चाही के त ? पुस २७ गतेबाट काठमाण्डौंको भृकुटीमण्डपमा महामन्त्री द्वयले आह्वान गरेको विशेष महाधिवेशनको उद्घाटन हुन्छ ।

त्यसपछि बन्द सत्र हुन्छ । त्यसपछि निर्वाचन प्रक्रियामा जान्छ । यदि १४ औं महाधिवेशनका ५१ प्रतिशत प्रतिनिधिहरू त्यहाँ उपस्थित भए त्यसले नयाँ केन्द्रीय कार्यसमिति घोषणा गर्ने छ । त्यसपछि त्यो समितिले आफू आधिकारिक काँग्रेस भएको भन्दै शेरबहादुर देउवाको मा त निवेदन दिने पक्कै हैन होला ।

निर्वाचन आयोगमा गएर दर्ता गर्ने हो । यदि निर्वाचन आयोगमा गएर दर्ता गरेपछि आयोगले प्रमाणीकरण सुरु गर्ने पर्ने होला । अनि आयोगले त्यसलाई मान्यता दियो भने शेरबहादुर देउवादेखि शेखर कोइराला सम्म अब हाम्रो पार्टी नेतृत्व विशेष महाधिवेशनले चयन गरेकै हो भनेर गगन विश्वको पछि लागि हाल्ने अवस्था रहन सक्छ जस्तो कसैलाई पनि लागेको छैन ।

यस्तो अवस्थामा विभाजनको अर्को पाटो नै हुदैन् । आज केन्द्रीय कार्य समिति भन्दा ठुलो महाधिवेशन प्रतिनिधिहरूको भेला हो भनेर द्वय महामन्त्रीले दाबी गरी रहेको बेला अब पार्टी कुन आधारमा एक हुन्छ भन्ने कुरा पनि महामन्त्रीहरूले प्रस्ट पार्नु पर्ने अवस्था आएको छ ।

कि त महामन्त्रीहरूलाई आफूहरूले आयोजना गरेको विशेष महाधिवेशनमा ५१ प्रतिशत प्रतिनिधिहरूको सहभागिता नै रहँदैन भन्ने कुरा पक्का छ । यदि त्यसो भने भने भृकुटीमण्डपको विशेष महाधिवेशन एक भेलामा परिवर्तन हुने छ ।

त्यो भयो भने यस अघि शेखर कोइराला समूहले अनुपम फुडल्याण्डमा गर्दै आएका भेला जस्तै गगन विश्व गुटको भेला हुने छ । त्यसो भयो भने पार्टी नफुट्ने पक्का छ । हैन भने कसरी जोगीन्छ त काँग्रेसको यो सङ्कट ? अब यसका बारेमा चर्चा गरौं ।

नेपाली काँग्रेस यति बेला इतिहासकै संवेदनशील मोडमा उभिएको छ। चिया पसलदेखि सामाजिक सञ्जाल मात्र हैन आमसञ्चार माध्यमसम्म एउटा नै प्रश्न उठी रहेको छ काँग्रेस फुट्न लागेको हो ? विशेष महाधिवेशनलाई वैधता नदिने संस्थापन पक्षको अडानमा संस्थापन इतर समूहको नेतृत्व गरी रहेका डाक्टर शेखर कोइराला पनि उभिएका छन् ।

कोइरालाको बुझाइमा पनि विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने छ । यसका बारेमा शेखरले देउवालाई भेटेरै विशेष महाधिवेशन पक्षधरसँग छलफल गर्न सुझाव दिइसकेका छन् । संस्थापन पक्षले त झनै विशेष महाधिवेशनलाई पार्टी फुटाउने योजना नै भनी सेकेको छ ।

यति बेला काँग्रेस केन्द्रीय समिति कसैलाई पनि भृकुटीमण्डप नआउन उर्दी जारी गरी रहेको छ भने पार्टीका महामन्त्री द्वय भिडियो सन्देश बनाउँदै जसरी पनि परिवर्तनको पक्षमा उभिनका लागि भृकुटीमण्डप आउन आव्हान गरी रहेका छन् ।

विशेष महाधिवेशन पक्षले २०१४ सालमा विराटनगरमा भएको पहिलो विशेष महाधिवेशन सँग अहिलेको दोस्रो भनिएको महाधिवेशनलाई जोडेर प्रचार गरी रहेका छन् । तर यर्थातमा त्यसो चाही पक्कै हैन ।

पहिलो विशेष महाधिवेशन पार्टीको केन्द्रीय समितिले बोलाएको मात्र हैन तत्कालीन पार्टी सभापति शुर्वण सम्म शेरले आफूले पदबाट राजीनामा गरेर बिपी कोइरालालाई सभापतिमा प्रस्ताव गरेका थिए ।

तर अहिले पार्टीको केन्द्रीय समिति त परैजाओस कार्य सम्पादन समितिमा पनि ५ जना सदस्यले मात्र विशेष महाधिवेशनको माग गरेका हुन् । त्यसैले यो विशेष महाधिवेशनले काँग्रेस फुट्न सक्ने सम्भावना वलियो छ ।

यदि फुटेन भने काँग्रेसमा गगन र विश्व तेस्रो समूहका रूपमा स्थापित हुने पक्का छ । विशेष महाधिवेशनको मूल बहस विधानमा केन्द्रित छ। काँग्रेस विधानको धारा १७(२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ।

महामन्त्री द्वयको दाबी अनुसार ५४ प्रतिशत अर्थात् २ हजार ४ सय ८८ प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै असोज २९ मै केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए। तर केन्द्रीय कार्यसमितिले उक्त मागलाई वेवास्ता गर्दै नियमित महाधिवेशज तोकेपनि त्यो महाधिवेशन समेत सारिएपछि महामन्त्रीहरूले आफैँ विशेष महाधिवेशन आह्वान गरेका हुन्।

संस्थापन पक्ष भने विशेष महाधिवेशन बोलाउने अधिकार केवल केन्द्रीय कार्यसमितिलाई मात्र रहेको तर्क गर्छ। मुख्य सचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा ‘व्यक्तिगत रूपमा बोलाइएको कुनै पनि अधिवेशन वा विशेष महाधिवेशन विधान विपरीत’ हुने उल्लेख छ।

वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी भने यसलाई प्रतिनिधिहरूको विशेष अधिकारको विषय मान्छन्। उनका अनुसार ४० प्रतिशतले माग गरिसकेपछि कसले बोलायो भन्ने प्रश्न गौण हुन्छ।

‘महामन्त्रीले नभएर कुनै सदस्यले बोलाए पनि वैधानिकता हुन्छ,’ उनले भनेका छन् । काँग्रेसभित्र अहिलेको सङ्कटलाई २३ वर्षअघिको विभाजनसँग तुलना गरिँदै छ। २०५९ सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको टकराबपछि शेरबहादुर देउवाले नेपाली काँग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए।

त्यति बेला पनि कारबाही, असहमति र सत्ता राजनीतिले काँग्रेस विभाजनको बाटो रोजेको थियो। यद्यपि अहिलेको परिस्थिति फरक देखिन्छ। त्यति बेला नेतृत्व स्वयं विभाजनको केन्द्रमा थियो भने अहिले महामन्त्रीहरू खुलेर विभाजन नहुने कसम खाइरहेका छन्।

पार्टी प्रवक्ता प्रकाश शरण महत नियमित महाधिवेशनको तालिका आइसकेकाले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको दाबी गर्छन्। ‘महामन्त्रीको भूमिका भनेको केन्द्रीय कार्यसमितिका निर्णय कार्यान्वयन गर्ने हो, आफूखुसी महाधिवेशन बोलाउने होइन,’ उनको भनाइ छ।

संस्थापन पक्षलाई डर छ कि ५१ प्रतिशत प्रतिनिधि पुगे नेतृत्व चयन हुन सक्छ र त्यसले निर्वाचन आयोगदेखि अदालतसम्म कानुनी विवाद जन्माउन सक्छ। यस्तो विवादले आसन्न निर्वाचनलाई समेत असर पार्ने उनीहरूको बुझाइ छ।

विशेष महाधिवेशनका प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेल भने प्रतिनिधिको सङ्ख्या घट्ने होइन, बढ्ने दाबी गर्छन्। समानुपातिक र राष्ट्रिय सभामा उम्मेदवार छनोटमा भएको असन्तुष्टि, एमालेसँगको सम्भावित गठबन्धन र सभापति देउवाको पुनः सक्रियताले पार्टीभित्र असन्तोष चुलिएको उनको तर्क छ।

आजको अवस्थाले काँग्रेसलाई निर्णायक प्रश्नको सामना गराइरहेको छ। यदि विशेष महाधिवेशनमा ५१ प्रतिशत प्रतिनिधि पुग्छन् र नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ्छ भने त्यसले गहिरो राजनीतिक र कानुनी सङ्कट जन्माउन सक्छ।

यदि प्रतिनिधि सङ्ख्या नपुगेर यो महाधिवेशन गुटीय भेलामा सीमित हुन्छ भने पार्टी औपचारिक रूपमा नफुट्ला, तर आन्तरिक विभाजन अझ गहिरिनेछ। महामन्त्रीद्वयले ‘पार्टी फुट्दैन’ भन्ने कसम खाइरहेका बेला अब उनीहरूले अर्को प्रश्नको जवाफ दिनुपर्ने अवस्था आएको छ—कुन आधारमा, कुन प्रक्रियाबाट र कुन राजनीतिक सम्झौताबाट काँग्रेसलाई एकताबद्ध राख्ने ?

पार्टीले बहुमतबाट नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेश आह्वान गर्दा त्यसले पार्टीलाई कसरी बलियो बनाउँछ ? विशेष महाधिवेशन काँग्रेसलाई ऊर्जा दिने ऐतिहासिक अवसर बन्ने हो कि अर्को विभाजनको पूर्वाभ्यास, यसको उत्तर पुस २७ पछि क्रमशः खुल्दै जानेछ। अहिलेका लागि भने काँग्रेस अनिश्चितता, झिनो आशा र विभाजनका लागि भिरको डिलमा उभिएको छ।

Tags: #कांग्रेस विशेष महाधिवेशन

लोकप्रीय

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा

एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा

शुक्रबार पुस २५ , २०८२
काँग्रेस संस्थापन पक्ष मुठभेडमा उत्रिदै

काँग्रेस संस्थापन पक्ष मुठभेडमा उत्रिदै

शुक्रबार पुस २५ , २०८२

विचार

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा

एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा

शुक्रबार पुस २५ , २०८२
काँग्रेस संस्थापन पक्ष मुठभेडमा उत्रिदै

काँग्रेस संस्थापन पक्ष मुठभेडमा उत्रिदै

शुक्रबार पुस २५ , २०८२

थप समाचार

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा
समाचार

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा
समाचार

एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा

शुक्रबार पुस २५ , २०८२
काँग्रेस संस्थापन पक्ष मुठभेडमा उत्रिदै
समाचार

काँग्रेस संस्थापन पक्ष मुठभेडमा उत्रिदै

शुक्रबार पुस २५ , २०८२
आमाका नामबाट नागरिकता पाइने,सम्बन्धबिच्छेद भए थर फेर्न सकिने
समाचार

आमाका नामबाट नागरिकता पाइने,सम्बन्धबिच्छेद भए थर फेर्न सकिने

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा

एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा

शुक्रबार पुस २५ , २०८२
काँग्रेस संस्थापन पक्ष मुठभेडमा उत्रिदै

काँग्रेस संस्थापन पक्ष मुठभेडमा उत्रिदै

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.