NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘भेनेजुएलाको राष्ट्रपति ट्रम्प’, भेनेजुएला अमेरिकी उपनिवेश सोमवार पुस २८ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ? सोमवार पुस २८ , २०८२
काँग्रेसको सभापतिमात्र होइन भावी प्रधानमन्त्रीका रूपमा अघि बढ्दै गगन सोमवार पुस २८ , २०८२
बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी सोमवार पुस २८ , २०८२
कांग्रेसको विशेष महाधिवेशनःआज बन्दसत्र,देउवालाई हटाउन सक्ने सोमवार पुस २८ , २०८२
Next
Prev

समाचार

बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी

सोमवार पुस २८ , २०८२
Reading Time: 1 min read
A A
बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२८ पुष , काठमाण्डौ ।

काठमाडौँका मेयर बालेन शाहले यसअघि देखिनै चर्चामा रहे अनुरुप आसन्न फागुन २१ को निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाको चुनाव लड्ने तयारी सुरु गरेका छन् । यसका लागि बालेनले झापाका रास्वपा नेताहरुसँग परार्मश लिएका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र समेत रहेको झापा–५ मा आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा आफू उम्मेदवार बन्ने संकेत बालेनले जिल्लाका रास्वपा नेताहरुलाई दिएका हुन् ।

हिजो काठमाडौँमा भएको भेटमा मेयर शाहले झापा–५ बाट उठ्ने तयारी गर्न आग्रह गरेको रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकले जानकारी दिएका छन्। पाठक नेतृत्वको टोलीसँगको भेटका क्रममा बालेनले झापा–५ को बस्तुस्थिति र जिल्लाको समग्र अवस्थाबारे चासो राखेका थिए ।

लामो छलफलपछि झापा–५ बाटै उठ्ने तयारी रहेको बालेनले बताएको पाठकले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता समेत रहेका बालेनले प्रतिनिधि सभा चुनावको प्रचार पनि झापाबाटै सुरु गर्ने भएका छन्।

माघ २ वा ४ गते काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएपछि बालेन पहिलो चुनाव प्रचारको लागि झापा पुग्ने उनको सचिवालयका एक सदस्यले बताएका छन् । प्रचार अभियानका क्रममा बालेन १६५ वटै निर्वाचन क्षेत्रसम्म पुग्ने तयारीमा छन् ।

रास्वपाले बालेनलाई प्रधानमन्त्री उम्मेदवार तय गरेर चुनावमा जाने निर्णय गरिसकेको छ। उनले आइतबार साँझ नै सामाजिक संजालमा स्टाटस लेखेर अब काठमाडौँ बाहिर चुनावी अभियानमा निस्कने संकेत गरेका छन् ।

उनले लेखेका छन्, शुभकामना सबैलाई!! हामी आउँदै छौं !!

झापा ५ एमालेको गढ हो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यहाँबाट ओली ५२ हजारभन्दा बढी मतका साथ विजयी भएका थिए । ओलीसँग नेपाली कांग्रेसका खगेन्द्र अधिकारी पराजित भएका थिए ।

सो बेला रास्वपाका शुरेस पोखरेलले ११ हजार ७ सय मत ल्याएका थिए। काठमाडौंका मेयर बालेन रास्वपाका वरिष्ठ नेता हुन् । हालैमात्र रास्वपा र बालेनबीच एकता भएको थियो । एकतापछि बालेन कुन क्षेत्रबाट उठ्छन् भन्ने सबैको जिज्ञाशाको विषय थियो ।

धेरैले ओलीप्रति कटु टिप्पणी गर्दै आएका बालेन उनैको क्षेत्रबाट उठ्न सक्ने लख काटेका थिए । ओली–बालेनबीच एकअर्काबारे खरो आरोपप्रत्यारोप युद्ध हुँदै आएको छ ।रास्वपा स्रोतका अनुसार बालेनले पुरानो पुस्ताका शीर्ष नेतालाई उनीहरूकै सुरक्षित मानिएका क्षेत्रमा चुनौती दिने रणनीति बनाएका हुन् ।

‘बालेनको उद्देश्य केवल संसद छिर्नु मात्र होइन, बरु वर्षौँदेखि एउटा क्षेत्रमा पकड जमाएर बसेका नेताहरूलाई नयाँ पुस्ताको शक्ति देखाउनु हो,’ स्रोत भन्छ । झापा ५ लाई रोज्नुको पछाडि ओलीको ’राजनीतिक किल्ला’ भत्काउने र वैकल्पिक राजनीतिको लहर देशव्यापी बनाउने योजना रहेको बताइएको छ ।

रास्वपासँगको सहमतीमा रास्वपाले वरिष्ठ नेता बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने छ । सो क्रममा बालेनको पहिलो परीक्षा ओलीविरुद्धको भिडन्त हुनेछ । २०७९ को निर्वाचनमा ओलीले ५२,३१९ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अधिकारीले २३,७४३ मत पाएका थिए ।

झापा ५ एमालेको संगठन बलियो भएको क्षेत्र भए तापनि दमक जस्ता सहरी क्षेत्रमा युवा मतदाताको संख्या उल्लेख्य छ । बालेन र रास्वपाले यही नयाँ मतदाता र ‘तटस्थ मत’ लाई आफ्नो पक्षमा पार्ने विश्वास लिएका छन् ।

रास्वपा झापाको नेतृत्व पनि बालेनले सहजै चुनाव जित्ने विश्वासमा छ । पाठकले भनेका छन्, बालेन आफैं जानु पनि पर्दैन । हामीले त्यहाँको स्वतन्त्र उम्मेदवार वा रास्वपाकै कुनै व्यक्ति उठायौँ भने पनि केपी ओलीलाई हराउन सक्छौँ भन्नेमा हामी जिल्ला समिति दृढ छौँ । त्यसमा हामी ढुक्क छौँ, बालेन नै चाहिन्छ भन्ने पनि छैन।

तर, बालेन आफैं आउने कुराले उत्साह थपेको छ । बालेन र ओलीबीचको सम्बन्ध विगत केही समयदेखि चिसो सम्बन्ध छ । ओलीले समेत भदौ २४ को घटनालाई लिएर बालेनलाई समेत जोड्ने प्रयास गर्दै आएका छन् ।

Tags: #चुनावमा होमिए बालेन#ओलीविरुद्ध उम्मेदवारी

लोकप्रीय

मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

‘भेनेजुएलाको राष्ट्रपति ट्रम्प’, भेनेजुएला अमेरिकी उपनिवेश

सोमवार पुस २८ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

सोमवार पुस २८ , २०८२
काँग्रेसको सभापतिमात्र होइन भावी प्रधानमन्त्रीका रूपमा अघि बढ्दै गगन

काँग्रेसको सभापतिमात्र होइन भावी प्रधानमन्त्रीका रूपमा अघि बढ्दै गगन

सोमवार पुस २८ , २०८२

विचार

थप समाचार

मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?
समाचार

‘भेनेजुएलाको राष्ट्रपति ट्रम्प’, भेनेजुएला अमेरिकी उपनिवेश

सोमवार पुस २८ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?
ताजा समाचार

विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

सोमवार पुस २८ , २०८२
काँग्रेसको सभापतिमात्र होइन भावी प्रधानमन्त्रीका रूपमा अघि बढ्दै गगन
निर्वाचन

काँग्रेसको सभापतिमात्र होइन भावी प्रधानमन्त्रीका रूपमा अघि बढ्दै गगन

सोमवार पुस २८ , २०८२
बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी
ताजा समाचार

बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी

सोमवार पुस २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

‘भेनेजुएलाको राष्ट्रपति ट्रम्प’, भेनेजुएला अमेरिकी उपनिवेश

सोमवार पुस २८ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

सोमवार पुस २८ , २०८२
काँग्रेसको सभापतिमात्र होइन भावी प्रधानमन्त्रीका रूपमा अघि बढ्दै गगन

काँग्रेसको सभापतिमात्र होइन भावी प्रधानमन्त्रीका रूपमा अघि बढ्दै गगन

सोमवार पुस २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.