NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ? सोमवार पुस २८ , २०८२
ट्रम्पले भेनेजुएला कब्जा गरे, आफैलाई गरे राष्ट्रपति घोषणा सोमवार पुस २८ , २०८२
‘भेनेजुएलाको राष्ट्रपति ट्रम्प’, भेनेजुएला अमेरिकी उपनिवेश सोमवार पुस २८ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ? सोमवार पुस २८ , २०८२
काँग्रेसको सभापतिमात्र होइन भावी प्रधानमन्त्रीका रूपमा अघि बढ्दै गगन सोमवार पुस २८ , २०८२
Next
Prev

समाचार

काँग्रेसको सभापतिमात्र होइन भावी प्रधानमन्त्रीका रूपमा अघि बढ्दै गगन

सोमवार पुस २८ , २०८२
Reading Time: 1 min read
A A
काँग्रेसको सभापतिमात्र होइन भावी प्रधानमन्त्रीका रूपमा अघि बढ्दै गगन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२८ पुष , काठमाण्डौ ।

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आइतबार काठमाण्डौंको भृकुटीमण्डपमा काँग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन गर्दै भने, काँग्रेस दास र लासहरूको पार्टी होइन, जिउँदो मानिसहरूको पार्टी हो ।

हो त्यही जिउँदा मान्छे मध्येका एक पात्र हुन गगन कुमार थापा । यो देशमा पहिलो पटक गणतन्त्रको नारा सडकमा घन्काउँदै जिउँदो मान्छे भएको प्रमाणसहित नेपाली राजनीतिमा चर्चामा आएका गगन काँग्रेस भित्रका मात्र हैन देशले नै आशा गरेका एक युवा नेता हुन् ।

नेपाल विद्यार्थी सङ्घको राजनीतिबाट उदाएका गगन प्रष्ट बोल्छन् । काँग्रेस मात्र हैन देश बदल्ने रोडम्याप बोक्छन् र सामाजिक सञ्जालमा खुल्ला बहस गर्छन् । काँग्रेस भित्रको दास प्रवृत्तिमा लास बनेर कुर्सीमा आसीन हुनेहरूको भिडबाट माथि उठ्नु सोचे जस्तो सजिलो कुरा पक्कै थिएन ।

तर विद्यार्थी राजनीतिदेखि नै आन्तरिक संर्घषमा पनि खारिएर आएका गगनले जेनजी विद्रोहको मर्मलाई बुझेर काँग्रेसलाई मरेको लास बाट जिउँदा मान्छेहरूको पार्टी बनाउने जुन साहस गरे त्यसको प्रशंसा आज सारा नेपालीहरूले गरिरहेका छन् ।

हिजो सम्म विशेष महाधिवेशनको माग गर्ने काँग्रेसका महाधिवेशन प्रतिनिधिहरू आजबाट गगनलाई पार्टी सभापति र भावी प्रधानमन्त्रीका रूपमा अघि बढाइरहेका छन्। यसले काँग्रेसजनमा नयाँ रक्तसञ्चार ल्याएको छ ।

आइतबारदेखि भृकुटीमण्डपमा भेला भएका ६२ प्रतिशत भन्दा बढी प्रतिनिधिहरूले नेतृत्व परिवर्तनको आवाज उठाइरहेका छन् । भ्रष्टाचार, दण्डहीनता, बेरोजगारी, अवसरको अभाव र नेतृत्वको अकर्मण्यताविरुद्ध उठेको हालै भदौमा भएको त्यो जेनजी आन्दोलनमा ७६ जना युवाले ज्यान गुमाएको जगमा काँग्रेसको विशेष महाधिवेशनको माग भएको हो ।

उता केपी ओलीले फेरि नेकपा एमाले कब्जा गरे पछि शेरबहादुर देउवालाई पुनः नेपाली काँग्रेसमा एकाधिकार जमाउने इच्छा जाग्नु नौलो थिएन । आन्दोलनले उठाएको नैतिक प्रश्न, नेतृत्वको उत्तरदायित्व र संस्थागत सुधारको मागले शेरबहादुरका कानमा बतास लागेन ।

लोकतन्त्रको आधारभूत सिद्धान्त भनेको नेतृत्वको नियमित परीक्षा र परिवर्तन, आन्तरिक प्रतिस्पर्धा र जनउत्तरदायित्व हो । तर, कांग्रेसमा अवस्था ठिक उल्टो छ । एक व्यक्तिले पाँच पटक प्रधानमन्त्री बन्नु, पार्टीलाई व्यक्तिगत स्वामित्वझैँ प्रयोग गर्नु र सबै सम्भावित विकल्पलाई संरचनात्मक रूपमा कमजोर बनाउनु सामान्य राजनीतिक अभ्यासजस्तै भएको थियो ।

पार्टीभित्रका सबै खाले संरचनामा निर्वाचित नेतृत्वको अभाव, अनुपातिक सिटको व्यापार, आर्थिक शक्ति र धनाढ्यहरूसँगको साँठगाँठले शेरबहादुर लामो समयदेखि घेरिएका थिए ।

हिजो देखिएको गगन–विश्वको लोकप्रियता काँग्रेसका लागि खतरा होइन, अवसर हो । उनको नाममा जनमत सङ्कलन गर्नु, युवाको भरोसा जित्नु र पार्टीलाई पुनर्जीवित गर्नु काँग्रेसका लागि सबैभन्दा बलियो राजनीतिक पुँजी हुन भन्ने कुरा शेरबहादुरले समयमा नै बुझ्नु पर्ने थियो ।

तर, सङ्कीर्ण सत्ता मानसिकता र सात भाइको घेरा बन्दीमा परेका शेरबहादुर अन्धो जस्तै बने र सबै कुरा टुलुटुलु हेरेर बसे । गगनको लोकप्रियता क्षणिकको हैन । यहाँसम्म आइपुग्न गगनले धेरै भोटा फटाएका छन् ।

जब नेतृत्व संस्थाभन्दा ठुलो बन्न खोज्छ, लोकतन्त्र कमजोर हुन्छ र राष्ट्र अस्थिर बन्छ । विकासोन्मुख लोकतन्त्रहरूमा यो प्रवृत्ति झन् घातक हुन्छ, किनकि यहाँ संस्थाहरू पहिले नै कमजोर हुन्छन् भन्ने बुझेर नै गगनले यो जोखिम उठाएका हुन् ।

गगनले सत्ताको सजिलो बाटो रोज्न सक्थे, तर गरेनन् । उनले पद, भागबन्डा र तत्काल लाभ त्यागेर पार्टी सुधार, आन्तरिक लोकतन्त्र र पारदर्शिताको प्रश्न उठाए । आज उनीहरू जुन जोखिम लिइरहेका छन्, त्यो शक्ति, लोभ र पदको भोकभन्दा धेरै माथिको राजनीति हो ।

यही नै जेन–जेड आन्दोलनको वास्तविक आत्मा हो– नेतृत्वलाई जबाफदेही बनाउने, दललाई संस्थागत बनाउने र लोकतान्त्रिक अभ्यासलाई पुनर्जीवित गर्ने बाटो । गगन–विश्वले आसन्न चुनाव शक्तिको भोक र सत्ताको भागबन्डाभन्दा माथि उठेर लोकतन्त्रका लागि खोलेको फायरले देशको लोकतन्त्रको दिशा निर्देश गर्नेछ ।

यो कदमले भ्रष्टाचार र गैर लोकतान्त्रिक प्रक्रियाको अन्त्यका लागि ७६ जना युवाले दिएको बलिदानलाई पनि सम्मान गरेको छ । ती कलिला युवाले अहिले रगत पोतिएको नेतृत्व माझको, तिनै विजयी भएर आउने भ्रष्ट प्रवृत्तिहरूबिचको चुनाव मागेर होइन विधि र पद्धतिको सुधार र भ्रष्टाचारको अन्त्यका लागि प्राण बलिदान गरेका थिए ।

आज काँग्रेस समर्थकहरूका लागि पनि यो निर्णायक क्षण हो । यो केवल पार्टीभित्रको शक्ति सङ्घर्ष होइन, यो देशमा साँचो लोकतान्त्रिक प्रक्रिया सुरु गर्ने अवसर हो । गगन थापा र विश्वप्रकाश शर्माले लिएको जोखिम व्यक्तिगत महत्त्वाकाङ्क्षाको परिणाम होइन, यो पुस्तागत परिवर्तनको सङ्केत हो ।

उनीहरूको आन्दोलन कुनै एक दलमा सीमित छैन; यो नेतृत्व संस्कृतिको सुधारसँग जोडिएको छ । यदि इतिहासले कहिल्यै न्याय गर्छ भने गगन र विश्वप्रकाशको यो प्रयास राष्ट्रले सम्झिनेछ । किनकि यस्ता नेता उत्पादन हुन एक पुस्ता लाग्छ ।

आज यो अवसर चुकाउनु भनेको केवल काँग्रेसले होइन, देशले नै भविष्य गुमाउनु हो । पार्टी जुनसुकै होस्, लोकतन्त्र बलियो बनाउन समयले विकास गरेको नेतृत्वलाई रोक्नु अपराध बराबर हुनेछ । लोकतन्त्रमा कुनै एक दलमा आउने आमूल सुधारले सिङ्गो मुलुकको अराजकता र भ्रष्टाचार र विकासको मार्ग प्रशस्त गर्दछ ।

यसर्थ यो लडाइँ गगन–विश्वको मात्र होइन, तमाम लोकतन्त्र प्रेमी सबै नेपालीहरूको हो । यो अभियानलाई साथ, समर्थन र प्रोत्साहन गर्ने जिम्मा सम्पूर्ण बुद्धिजीवी, सचेत नागरिक सबैको हो ।

देउवा–ओलीजस्ता व्यक्ति र सत्ता केन्द्रित व्यक्तिहरूले कब्जा गरेको दल तन्त्रलाई लोकतन्त्रमा परिवर्तन गर्न गगन–विश्वको जस्तो हिम्मत आवश्यक पर्छ । ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको माग, विधिप्रतिको प्रतिबद्धता र लोकतान्त्रिक अभ्यासको निरन्तरताको सन्दर्भमा यो माग स्वाभाविक थियो ।

तर संस्थापन पक्षका लागि यो प्रश्न नै असहज बन्यो । किनकि प्रश्नले संरचनाको नाङ्गोपन देखाइदिन्छ । नेपाली राजनीतिका कुशल खेलाडीका रूपमा परिचित गगनकुमार थापा आज केवल नेपाली काँग्रेसका महामन्त्री मात्र होइनन् ।

उनी पार्टीभित्र नेतृत्व परिवर्तनको सबैभन्दा बलियो प्रतीक, र देशव्यापी रूपमा ‘भोलिको प्रधानमन्त्री’ का रूपमा हेरिन थालेका पात्र हुन् । आइतबार काठमाडौँको भृकुटीमण्डपमा देखिएको दृश्यले यही सङ्केत स्पष्ट रूपमा दिएको थियो ।

काँग्रेसभित्र अब पुस्तान्तरण केवल नारामा सीमित छैन, यो सडक र सभा हलमा उत्रिसकेको छ । आइतबार भृकुटीमण्डपको प्राङ्गणमा देखिएको दृश्य नेपाली काँग्रेसको इतिहासमै फरक थियो । यसअघि पनि धेरै महाधिवेशन भए, धेरै नारा लागे ।

तर महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा सुरु भएको यो ‘दोस्रो विशेष महाधिवेशन’ केवल औपचारिक राजनीतिक कार्यक्रम थिएन । यो त एउटा पुस्ताले अर्को पुस्तासँग मागेको आफ्नो भविष्यको हिसाब–किताब थियो ।

गाउँ–गाउँमा काँग्रेसका पुराना कार्यकर्ताले आफ्नै सन्तानका अगाडि भोग्नुपरेको राजनीतिक अपमान र त्यसबाट मुक्ति पाउने अन्तिम आशाको त्यान्द्रोका रूपमा उनीहरू यो विशेष महाधिवेशनलाई हेर्दै छन् ।

अनि काँग्रेसको नेतृत्व र भावी प्रधानमन्त्रीका रूपमा गगन जस्ता पात्र देख्न चाहन्छन् । पार्टीभित्र विचारको खडेरी, नेतृत्वको जडता र निर्णयहीनताका कारण यो पुस्ता लामो समयदेखि ‘उकुसमुकुस’ मा थियो ।

‘आज यहाँ देखिएको माहौलले काँग्रेस फेरि ब्युँझिने आशा जगाएको छ,’ भृकुटीमण्डपमा पुगेका एक सहभागीले भने ‘हामीलाई अहिले पद चाहिँदैन, गगन थापा सभापति भइदिए पुग्छ ।’

‘देउवालाई बोकेर काँग्रेस अब अघि बढ्न सक्दैन, गगन थापाको राजनीतिक यात्राले उनलाई केवल पार्टीभित्र लोकप्रिय बनाएको छैन, राष्ट्रिय राजनीतिमा वैकल्पिक नेतृत्वका रूपमा उभ्याएको छ ।

स्पष्ट भाषण, नीतिगत स्पष्टता, युवासँग संवाद गर्ने क्षमता र पुरानो सत्ता संस्कृतिसँग ठोक्किने साहस— यी सबै गुणले उनलाई फरक बनाएको छ । काँग्रेसभित्र मात्र होइन, बाहिरका मतदाताले पनि उनलाई ‘सुन्न सकिने’ नेता मान्न थालेका छन् ।

यही कारण आज भृकुटीमण्डपमा उठेको आवाज केवल सभापतिको माग थिएन । त्यो आवाज भोलिको प्रधानमन्त्रीको सम्भावनाको घोषणाजस्तै थियो । सोमबारको बन्द सत्रले के निर्णय गर्छ, त्यो अझै हेर्न बाँकी छ ।

तर एउटा कुरा स्पष्ट देखिएको छ— नेपाली काँग्रेसभित्र परिवर्तनको ज्वाला सल्किसकेको छ । र त्यसको केन्द्रमा उभिएका छन्, गगन थापा ।

Tags: #नेपाली काँग्रेसका महामन्त्री गगन थापा#गग भावी प्रधानमन्त्री

लोकप्रीय

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

सोमवार पुस २८ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले भेनेजुएला कब्जा गरे, आफैलाई गरे राष्ट्रपति घोषणा

सोमवार पुस २८ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

‘भेनेजुएलाको राष्ट्रपति ट्रम्प’, भेनेजुएला अमेरिकी उपनिवेश

सोमवार पुस २८ , २०८२

विचार

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

सोमवार पुस २८ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले भेनेजुएला कब्जा गरे, आफैलाई गरे राष्ट्रपति घोषणा

सोमवार पुस २८ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

‘भेनेजुएलाको राष्ट्रपति ट्रम्प’, भेनेजुएला अमेरिकी उपनिवेश

सोमवार पुस २८ , २०८२

थप समाचार

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?
समाचार

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

सोमवार पुस २८ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?
ताजा समाचार

ट्रम्पले भेनेजुएला कब्जा गरे, आफैलाई गरे राष्ट्रपति घोषणा

सोमवार पुस २८ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?
समाचार

‘भेनेजुएलाको राष्ट्रपति ट्रम्प’, भेनेजुएला अमेरिकी उपनिवेश

सोमवार पुस २८ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?
ताजा समाचार

विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

सोमवार पुस २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

सोमवार पुस २८ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले भेनेजुएला कब्जा गरे, आफैलाई गरे राष्ट्रपति घोषणा

सोमवार पुस २८ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

‘भेनेजुएलाको राष्ट्रपति ट्रम्प’, भेनेजुएला अमेरिकी उपनिवेश

सोमवार पुस २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.