NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बालेनको चुनावी तालिकाः राजीनामा, पार्टी प्रवेशदेखि उम्मेदवारीसम्म मङ्लबार पुस २९ , २०८२
काँग्रेस फुटाउन अन्तर्राष्ट्रिय शक्ति लागेको हो ? देउवाले कार्ड फ्याँके मङ्लबार पुस २९ , २०८२
तुरुन्तै इरान छाड्न अमेरिकीलाई सुझाव, हमलाको तयारी मङ्लबार पुस २९ , २०८२
निर्वाचन आउन ५१ दिन बाँकीः१६४ उम्मेदवारले लिए नाम फिर्ता मङ्लबार पुस २९ , २०८२
काँग्रेस फुटाउन अन्तर्राष्ट्रिय शक्ति लागेको हो ? देउवाले कार्ड फ्याँके मङ्लबार पुस २९ , २०८२
Next
Prev

समाचार

बालेनको चुनावी तालिकाः राजीनामा, पार्टी प्रवेशदेखि उम्मेदवारीसम्म

मङ्लबार पुस २९ , २०८२
Reading Time: 1 min read
A A
बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२९ पुष , काठमाण्डौ ।

आगामी प्रतिनिधिसभाको निर्वाचनपछि देशको प्रधानमन्त्री बन्ने महत्वकाँक्षी लक्ष्यसहित काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह चुनावी मैदानमा उत्रिदैछन् । महानगरको मेयरमा यथावत रहेकै कारण रास्वपासँगको एकतापछि पनि पार्टी प्रवेश गरेका छैनन् ।

धरानका मेयर हर्क साम्पाङ उपमहानगरको कामलाई लथालिङ छाडेर मेयरकै रुपमा चुनावी सभाहरुमा दौडिरहेका बेला मेयर बालेन भने मेयरबाट राजीनामा दिएर मात्रै राजनीतिक गतिविधिमा सक्रिय हुने तयारीमा रहेका छन् ।

यसका लागि उनले राजीनामासहित पार्टी प्रवेश र उम्मेदवारी दर्तासम्मको तालिका तय गरेका छन् । बालेनले आफूसँग छलफलमा आएका नेताहरुलाई माघ ४ मा राजीनामा दिएर सोही दिन रनस्वपाको पार्टी कार्यालयमा प्रवेश गर्ने, ५ गते रास्वपा नेतृत्वसहित जनकपुरमा चुनावी सभामा सहभागी हुने र ६ गते झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिने तयारीमा रहेको बताउने गरेका छन् ।

बालेनको झापा–५ बाट उम्मेदवार बन्ने लगभग निश्चित भएको छ। बालेन एमाले त्यसमा पनि अध्यक्ष केपी शर्मा ओलीका लागि गढ नै बनेको झापा ५ मा उम्मेदवारीका लागि आउने भएपछि एमाले जिल्लादेखि केन्द्र तहसम्म भने कम्पन्न उत्पन्न भएको छ ।

बालेनको उम्मेदवारीको खबरबाट आत्तिएको एमाले जिल्ला नेतृत्वले रास्वपाले बालेनको राजनीतिक भविष्य अन्त्य गर्नका लागि भाmापामा पठाएको टिप्पणी गरेको छ। नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले झापा निर्वाचन क्षेत्र नम्बर–५ मा चुनाव लड्न बालेन शाह आए केपी शर्मा ओली अझ धेरै मत ल्याएर चुनाव जित्ने दाबी गरेका छन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह झापाबाट निर्वाचन लड्ने चर्चा भइरहेका बेला अध्यक्ष गिरीले यस्तो धारणा व्यक्त गरेका हुन् । एमाले पार्टी अध्यक्ष ओलीको नाम झापा– ५ बाट एकल सिफारिस गरेको छ ।

मंगलबार स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै गिरीले झापा– ५ मा बालेन आएपनि एमालेलाई केही फरक नपर्ने पनि बताए । ‘पपुलिष्टकै आधारमा भूगोलमा आएर निर्वाचन जित्न सजिलो छैन । हामीले जनताको काम गरेका छौँ’, जनताको काम गर्नेलाई मतदाताले मत दिन्छन् ।

गिरीले बालेन झापाबाट उम्मेदवार बन्नेमा आफूलाई विश्वास नलागेको भन्दै आइहाले पनि फरक नपर्ने बताएका हुन् । अध्यक्ष गिरीले कुलमान घिसिङ र बालेनलाई रास्वपासँग अदृश्य शक्तिले जबरजस्त मिलाएको दाबी पनि गरेका छन् ।

‘कुलमानजी बाहिरिनु भइसक्यो, बालेनजीलाई पनि रास्वपाले मनदेखि स्विकार्न सक्दैन । रास्वपाले बालेनको राजनीति झापाबाटै सिद्ध्याउने रणनीति बनायो । क्षेत्रमा पनि रास्वपाका कार्यकर्ताले बालेनलाई स्वीकार गर्न सक्दैनन्’, अध्यक्ष गिरीको भनाइ छ ।

अघिल्लो निर्वाचनमा अध्यक्ष ओली २८ हजार ५७६ मतान्तरले निर्वाचित भएका थिए । गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई पराजित गर्दै दोब्बरभन्दा बढी मतान्तर निर्वाचित बनेका थिए ।

एक लाख २ हजार १५० खसेको मतमध्ये ९८ हजार ६३१ मत सदर भएकोमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका थिए । अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गरेका थिए ।

त्यस बेला एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गरेको थियो । झापा ५ मा राप्रपाको बलियो प्रभाव रहेको छ । यही निर्वाचन क्षेत्र भित्र पर्ने दमक नगरपालिकाको मेयर पदमा राप्रपाले जित हासिल गरेको छ ।

ओली २०६४ को पहिलो संविधानसभा चुनावबाहेक २०४८ यताका सबै चुनावमा झापाबाट निर्वाचित हुँदै आएका छन् । उनी ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा झापा क्षेत्र नं. ६ बाट निर्वाचित भएका थिए ।

ओली ०५६ मै झापा २ बाट समेत निर्वाचित भएका थिए । ओली ०६४ को संविधानसभा निर्वाचनमा भने झापा क्षेत्र नं. ७ बाट पराजित भएका थिए । राज्य पुनर्संरचनापछि साबिकको ६ र ७ नम्बर हाल झापा ५ भएको छ ।

झापा ५ बाट २०७४ उनी सर्वाधिक मतकासाथ निर्वाचित भएका थिए । बालेन पहिलो त झापा नआउने र आइहाले पनि पराजित गर्ने एमालेले विवेचना गरिरहदा बालेन स्वयमले भने झापा–५ बाट उम्मेदवार बन्ने बताउदै आएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी झापाका नेताहरूलाई काठमाडौँमा बोलाएर मेयर शाहले झापाबाट आफू उम्मेदवार हुने बारेमा स्पष्ट धारणा राखेका हुन्। रास्वपा झापाका सचिव शम्भु सुस्केरा ढकालका अनुसार, बालेनले आफू झापा–५ बाट उम्मेदवार बन्ने भएकोले त्यहाँको अवस्थाको बारेमा विस्तृत विवरण लिएका थिए।

झापाबाट उम्मेदवार बन्दा प्रतिपक्षीलाई कसरी कमजोर बनाउने र त्यहाँको सांगठनिक अवस्था, चुनावी रणनीति र विपक्षीको मनोबल कमजोर बनाउने विषयमा केन्द्रित भएर छलफल भएको रास्वपा झापाले जनाएको छ।

आइतबार काठमाडौँमा झापाबाट पुगेका नेताहरू र बालेनबीच करिब डेढ घण्टा लामो छलफल भएको थियो। झापाबाट बोलाइएका पदाधिकारीहरू पार्टी कार्यालय समेत नगई सिधै बालेनसँगको छलफलमा जुटेका थिए।

आफ्नो सचिवालयको रिपोर्टिङ र रास्वपा झापाका पदाधिकारीहरूको बीचमा भएको छलफल पछि बालेनले झापा–५ बाटै चुनाव लड्ने निष्कर्षमा पुगेको नेताहरूले बताएका छन्।

बालेनले माघ ६ गते झापामा ¥यालीसहित उम्मेदवारी दर्ता गर्ने तयारी गर्ने निष्कर्षसहित आइतबारको बैठक सकिएको थियो। त्यसअघि माघ ४ गते काठमाडौँको मेयरबाट राजीनामा दिएर बालेन रास्वपाको पार्टी कार्यालय जाने भएका छन्।

त्यसपछि भोलिपल्ट माघ ५ गते जनकपुरमा पहिलोपटक रवि र बालेन संयुक्त रुपमा सार्वजनिक हुने र चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जनकपुर धनुषा निर्वाचन क्षेत्र नं. ३ मा पर्छ।

यो क्षेत्रबाट रास्वपाका प्रवक्ता मनिष झा प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि एकल सिफारिसमा परेका थिए। रास्वपाको प्राइमरी निर्वाचनमा पनि उनी उम्मेदवार सिफारिस भएका छन्। बालेन शाहले झापाबाट चुनाव लड्ने निश्चित भएपछि निर्वाचन क्षेत्रमा कार्यालयका लागि घर खोज्न थालिएको छ।

रास्वपा झापाका अध्यक्ष प्रकाश पाठकले अहिले दमकमा निर्वाचन गतिविधि गर्नका लागि घरहरू खोज्ने काम भइरहेको बताएका छन् । बालेन झापालाई केन्द्र बनाएर देशका अधिकांश चुनावी क्षेत्रमा चुनावी प्रचारका लागि जाने तयारीमा रहेका छन् ।

Tags: #एमाले आत्तियो#बालेनको चुनावी तालिका#आगामी प्रतिनिधिसभाको निर्वाचन

लोकप्रीय

बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी

बालेनको चुनावी तालिकाः राजीनामा, पार्टी प्रवेशदेखि उम्मेदवारीसम्म

मङ्लबार पुस २९ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

काँग्रेस फुटाउन अन्तर्राष्ट्रिय शक्ति लागेको हो ? देउवाले कार्ड फ्याँके

मङ्लबार पुस २९ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

तुरुन्तै इरान छाड्न अमेरिकीलाई सुझाव, हमलाको तयारी

मङ्लबार पुस २९ , २०८२

विचार

थप समाचार

बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी
ताजा समाचार

७० हजार जेनजी मतदाता थपिए
निर्वाचन

निर्वाचन आउन ५१ दिन बाँकीः१६४ उम्मेदवारले लिए नाम फिर्ता

मङ्लबार पुस २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी

बालेनको चुनावी तालिकाः राजीनामा, पार्टी प्रवेशदेखि उम्मेदवारीसम्म

मङ्लबार पुस २९ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

काँग्रेस फुटाउन अन्तर्राष्ट्रिय शक्ति लागेको हो ? देउवाले कार्ड फ्याँके

मङ्लबार पुस २९ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

तुरुन्तै इरान छाड्न अमेरिकीलाई सुझाव, हमलाको तयारी

मङ्लबार पुस २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.