यस वर्षको विजयादशमीमा टीकाको उत्तम साइत कति बजे ?

यस वर्षको विजयादशमीमा टीकाको उत्तम साइत कति बजे ?

बिहीबार, १ कार्तिक, विराटनगर
यस वर्षको विजयादशमीको टीकामा साइत खोज्नेका लागि विहान ९ बजेर ५१ मिनेट उत्तम रहेको छ ।

दसैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ । नेपाल पञ्चांग निर्णायक समितिले साइत नै खोज्नेका लागि भने ९ बजेर ५१ मिनेटको समय उत्तम रहेको जनाएको हो ।

यद्यपी, दुर्गा भवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिएका छन । विजयादशमीका दिन विहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत रहेको पनि समितिले जनाएको छ ।

देवी विसर्जन गरिसकेपछि विहान ९ बजेर ५१ मिनेट टीकाका लागि उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा. डा. गौतमले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.