दसैको अवधिमा दुर्घटनामा परी १० जनाको मृत्यू

दसैको अवधिमा दुर्घटनामा परी १० जनाको मृत्यू

विराटनगर, कार्तिक ५
प्रदेश नम्बर एकमा बडादशैंको एकसाताको अवधिमा ४ सय १९ जना मादकपदार्थ सेवनको कार्वाहीमा परेका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार, मापसे कार्बाहीबाट असोज २४ गतेदेखि कार्तिक ३ गतेसम्मको समयमा ४ लाख १९ हजार रुपैया राजस्व संकलन भएको छ ।

यता यस अवधिमा मोरङ जिल्लामा भने २ सय ६३ जना मादकपदार्थ सेवनकर्ता कार्बाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेकाबाट २ लाख ६३ हजार रुपैया राजस्व संकलन भएको छ ।

पक्राउ परेकालाई विभिन्न ८० वटा प्रश्नसहितको परिक्षामा सामेल गराएर पास हुनेलाई जरिवानासहित छोड्दै गएको कार्यालयले जनाएको छ ।

यसैबीच आइतबार मापसे कार्वाहीमा सर्वाधिक ५५ जना परेका छन् । त्यसैगरि, प्रदेशको १४ जिल्लामा यसबीचमा सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।

जसमा मोरङमा ५, झापामा २, उदयपुरमा २ र पाँचथरमा एक जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विभिन्न दुर्घटनामा ४७ जना घाइते भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.