पाठ्यक्रम विकास केन्द्रले गणित विषय हटाउने, शिक्षामन्त्री भन्छन्: ३ लाख विद्यार्थीको बोझ हट्छ

पाठ्यक्रम विकास केन्द्रले गणित विषय हटाउने, शिक्षामन्त्री भन्छन्: ३ लाख विद्यार्थीको बोझ हट्छ

काठमाडौँ, कात्तिक ८
सरोकारवालाको विरोधकाबीच शिक्षा मन्त्रालयले तयार पारेको नयाँ पाठ्यक्रममा गणित विषयलाई अनिवार्य नभइ वैकल्पिक बनाइएको छ । गणित हटाउदा झन्डै ३ लाख विद्यार्थीमाथिको अनावश्यक बोझ हट्ने मन्त्रालयको दावी छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको संख्या कम भएकाले यसलाई हटाउन लागेको बताएका छन् ।

“अहिलेसम्मको अध्ययनले ११ र १२ कक्षा उत्तीर्ण भइ विश्वविद्यालय जानेहरूको संख्या साढे ३ लाखको हाराहारीमा रहेको देखाएको उनले बताए। विज्ञान विषय पढ्नेको संख्या ३० देखि ५० हजार जति छन् ।

त्यसैले ५० हजार सम्मलाई मात्र चाहिने विषय अरु ३ लाखलाई पनि नथोपरौं भनेर मन्त्रालयले यस्तो व्यवस्था ल्याएको हो” मन्त्री पोखरेलले भने । उनले गणित विषयलाई ऐच्छिक बनाउने र त्यसको स्थानमा सबै संकायका विद्यार्थीको लागि आवश्यक जीवन उपयोगी शिक्षा विषय थपिएको पनि जानकारी दिए ।

शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ’विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५’ मा कक्षा ११ र १२ बाट गणित विषय हटाउने प्रस्ताव गरेपछि, गणित केन्द्रीय विभाग र नेपाल गणित समाज त्रिभुवन विश्वविद्यालयले विरोध जनाएका छन् ।

कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय हटाउने निर्णयको विरोधमा उत्रिएका गणित विषयका विज्ञहरूले त्यसो गरिए विद्यार्थीको शैक्षिक उन्नतिमा बाधा पुग्ने बताएका छन् ।

त्रि वि का गणित विषयका उपप्राधापक खगेन्द्र अधिकारीले भने, “आधुनिक शिक्षामा गणित विज्ञान जुनसुकै क्षेत्रमा आवश्यक हुने भन्दै उनीहरूले विना अध्ययन गणित हटाइँदा विद्यार्थीको शैक्षिक जीवन प्रभावित हुने बताउछन् ।”

गणित विषय नपढेकाले विश्वविद्यालयहरूमा अण्डर ग्रयाजुएट लेभलमा भर्ना नै हुन पाउँदैनन् । बीए, बीएस्सी, बीबीए वा इन्जिनियरिङ विषयहरू पढ्नलाई उनीहरूलाई असर पर्छ ।(विकास न्युजबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.