दोस्रो ठूलो चाड तिहारमा जुवातास खेल्ने परम्परा,आठ करोडको तास आयात

दोस्रो ठूलो चाड तिहारमा जुवातास खेल्ने परम्परा,आठ करोडको तास  आयात

काठमाडौं : पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैयाँको तास आयात भएको छ। तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको आयात ५२ लाख प्याकेटभन्दा धेरै भएको छ। यो तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७६ प्रतिशत धेरै हो।,, आजको नागरिक दैनिकमा यो खबर छ

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ।

सबैभन्दा धेरै तास असोजमा भित्रिएको छ। नेपालीको दोस्रो ठूलो चाड तिहारमा जुवातास खेल्ने परम्परा छ। तिहारलाई लक्षित गरेर तास भित्रिएको देखिन्छ।

तथ्यांकअनुसार तीन महिनामा आयात भएको ८ करोड साढे ६ लाख रुपैयाँको तासमध्ये असोजमा झन्डै आधा तास आयात भएको देखिन्छ । साउनमा एक करोड ४७ लाख र भदौमा ३ करोड ६ लाख ४८ हजारको तास आयात भएको छ ।

असोजमा ४ करोड ५४ लाखको आयात भएको तथ्यांक छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.