पोखरा एयरपोर्ट निर्माणमा भारतीय अवरोध

पोखरा एयरपोर्ट निर्माणमा भारतीय अवरोध

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले जमिनमुनि भेटिएको चट्टान फुटाउन आवश्यक बमबारुद किन्न झामेला बेहोर्नुपरेको गुनासो गरेको छ।,, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

बिस्फोटक पदार्थ किन्न छ महिनाअघिदेखि नै सुरु गरेको प्रक्रिया अहिलेसम्म पूरा नभएको उसले बताएको छ । अहिले एयरपोर्टको धावनमार्गको स्वरुप तयार गर्नेलगायत काम भइरहेका छ।

जमिन खन्दा निस्केको ठूला ढुंगा र कडा भूगर्भ फुटाउन बिस्फोटक पदार्थ आवश्यक परेको छ। पोखराको सेनी नदीपूर्वको बालुवा–गेग्रान जमेको भूगर्भ चट्टानजस्तै कडा छ।

तादुकवाला निकाय नागरिक उड्डयन प्राधिकरण, उड्डयन मन्त्रालय र अर्थ, गृह, रक्षा हुँदै प्रक्रिया भारतीय दूतावासमा पुगेको जानकारी ठेकेदार कम्पनी सीएएमीका जनसम्पर्क अधिकृत कृष्ण चापागाईले जानकारी दिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.