मनाङ मस्र्याङ्दीलाई सिक्किममा उपाधि

मनाङ मस्र्याङ्दीलाई सिक्किममा उपाधि

एजेन्सी,कात्तिक १७
भारतको सिक्किममा भएको गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि सिग्नेचर मनाङ मस्याङ्दी क्लबले जितेको छ । इन्डियन रेड आर्मीलार्ई १–० ले हराउँदै मनाङले उपाधि जितेको हो ।

पाल्जोर रंगशालामा भएको सुजल श्रेष्ठले गोल गर्दै टिमलाई उपाधि जिताउन सफल भएका थिए । खेलमा उनले खेल सकिन ९ मिनेट अघि गरेको गोल खेलेको निर्णायक बनेको थियो ।

घरेलु फुटबलमा ए डिभिजन लिगको विश्रामको अवसरमा सिक्किम पुगेको मनाङले बाई पाएर सोझै क्वार्टरफाइनल खेलको यिथो । क्वार्टरफाइनलमा कोलकाता कस्टम्सलाई ४–२ ले हराएको मनाङले कोलकाता एटिकेलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको थियो ।

ए डिभिजन लिगको साविक विजेता टोली मनाङले दसै अघि भएको ए डिभिजन लिगमा पनिे विजयी सुरुवात गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.