वैदेशिक रोजगारीको पीडाः दश वर्षमा ६९२१ शव, ११७८ अंगभंग, १८ कोमामा

वैदेशिक रोजगारीको पीडाः दश वर्षमा ६९२१ शव, ११७८ अंगभंग, १८ कोमामा

काठमाडौं : पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ८९१ जना युवा कफिनमा फर्किएका छन्। यस अवधिमा १ हजार २५२ भन्दा अंगभंग भएका छन् । मलेसिया र खाडी मुलकमा मात्रै ४२७ जना विभिन्न अभियोगमा जेलजीवन बिताइरहेका छन् ।

यो तथ्यांक वैदशिक रोजगार प्रवद्र्धन बोर्ड स्थापना भएको १० वर्षमा आर्थिक सहायता वितरण गरिकाहरुको मात्रै हो, त्यसबाहेक गैरकानुनी हैसियतमा रहेका अवैध बाटोबाट वैदेशिक रोजगारीमा गएका, श्रम स्वीकृतिका अवधि सकिएकाहरुको लेखाजोखा नै भएको छैन ।, यो खबर नयाँ पत्रिकामा छ ।

मुलुकभित्र रोजगारीका पर्यात अवसर नहुँदा पछिल्लो १० वर्षको अवधिमा मात्रै ३७ लाख ६७२ पुरुष् र १ लाख ९७ हजार ८०७ महिला वैदेशिक रोजारीमा गएको तथ्यांक छ।

त्यस्तै १८ जना कोमामा रहेको तथ्यांकमा उल्लेख छ । कोमामा रहेका मध्ये ९ जना कतारमा छन् भने साउदी अरबमा ५ जना कोमामा रहेका छन्। त्यस्तै कुवेतमा २ जना युएईमा १ र बहराइनमा एक जना कोमामा रहेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.