आजदेखि यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै

आजदेखि यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै

विराटनगर,कात्तिक १९
हिन्दुहरुको दोस्रो ठुलो चाड यमपञ्चक अथार्त तिहार आजबाट सुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको पहिलो दिन आज कागको पूजा गरी मनाइँदै छ ।

कागलाई यमदूत र प्रकृतिको कुचिकार पनि भनिन्छ । आज कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास रही आएको छ । आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भीड लाग्छ भने बेलुकादेखि घरघरमा परिवार संख्याका आधारमा यमदीप दान गर्ने विधि छ ।

यमपञ्चकको दोस्रो दिन कुकर तिहार र तेस्रो दिन लक्ष्मी पूजा गरिन्छ । चौथो दिन गोबद्र्धन पूजा गरेपछि पाँचौं दिन भाइटीका लगाइन्छ । यस वर्षको भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार मध्याहृन ११ बजेर ५५ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

चन्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.