विराटनगर,कार्तिक १९
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको काम कार्वाहीलाई थप तिव्रता दिन अब सरकारको गियर परिर्वतन हुने बताएका छन् । विराटनगर विमानस्थलमा सामेबार स्थानीय सञ्चारकर्मीसंगको कुराकानीमा अध्यक्ष दाहालले सरकार अब एक नंम्वर गियरमा दौड्ने दाबी गरेका हुन ।
उनले ‘हिलो मैलोको समय सकिएपछि सवारी धनीले गाडीको गियर परिवर्तन गरी एक नंम्वर गियरमा चलाए जस्तै सरकारको गियरपनि एक नम्वरमा अब चलाइने दाबी गरे । अध्यक्ष दाहालले बर्तमान सरकारको तत्काल पुर्नगठनको सम्भावना भने नरहेको बताए ।
उनले बर्तमान सरकार पुर्नगठनको अबस्था अहिले नै नआएको पनि प्रष्ट पारे । अध्यक्ष दाहालले सरकार गठन भएको एक बर्ष मात्र पुगेको र सरकारले आफनो घोषणापत्र अनुुसार काम गरिरहेकाले सरकार पुर्नगठनको आवश्यकता अहिलेनै नरहेको दाबी गरे ।
एक अर्को प्रसंगमा अध्यक्ष दाहालले पार्टी एकताको बिषय सोचे अनुरुप केही ढिला भएको बताए । उनले केन्द्रमा बिवाद भएका कारण भने पार्टी एकतामा ढिला नभएको प्रष्ट पारे । उनले भने भोलि आउने अप्ठ्यारोलाई अहिले नै सच्याएर जाने योजना बनाएकाले पार्टी एकताको कार्य ढिला हुन पु्गेको हो ।
दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउनु ठूलो समाचार नभएको पनि टिप्पणी गरेका छन । नेकपाको मोरङले शुभ दिपावलीको अवसरका आयोजित चियापान समारोहमा अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेल विराटनगर आएका हुन । दाहाले सोमवार नै पार्टी कार्यालयमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम समेत रहेको नेकपा मोरङले जनाएको छ ।