एजेन्सी, कात्तिक १९
चर्चित बलिउड अभिनेत्री प्रियङ्का चोपडाले निर्माण गरेको नेपाली चलचित्रको पोष्टर सार्वजनिक भएको छ । चलचित्र ‘पाहुनाः द लिटिल भिजिटर’को नयाँ पोस्टर सार्वजनिक भएको हो ।
यही डिसेम्बरमा रिलिज हुने घोषणा गरिएको सो चलचित्रको पोस्टरमा तीन बाल–बालिकालाई फिचर्ड गरिएको छ । डिसेम्बर ७ तारिकमा चलचित्रलाई तरुण आदर्शले ट्विटर मार्फत जानकारी दिएका हुन् ।
चलचित्र यसअघि अन्तर्राष्ट्रिय फेस्टिबलहरुमा रिलिज भइसकेका भने जर्मनी मा भएको फिल्म फेस्टिभल र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दुई पुरस्कार हात पारिसकेको छ ।
उक्त चलचित्रलाई प्रियङ्का चोपडा र उनकी आमा मधु चोपडाले निर्माण गरेका हुन् भने पाखी ए टेरेबालेले लेखन र निर्देशन गरेका हुन् ।









