एजेन्सी,कात्तिक १९
आयुष्मान खुराना र सान्या मल्होत्रा स्टारर फिल्म ‘बधाई हो’ सय करोड कमाउने वर्षको दशौं फिल्म बनेको छ ।चलचित्रले प्रदर्शनको १७ दिनमा भारतीय बक्सअफिसमा सय करोडको आँकडा पार गरेको हो ।
यसभन्दा अगाडि यस वर्ष सय करोड क्लबमा केही ठूला बजेटका फिल्म त केही कम बजेटका फिल्म सामेल छन् । यस वर्ष सञ्जय लीला भंसालीको फिल्म ‘पद्मावत’ यो क्लबमा सबैभन्दा अगाडि इन्ट्री भएको थियो ।
फिल्मले घरेलु बजारबाटै तीन सय करोड कमाएको छ । ‘बधाई हो’ कोे क्रिटिक्स र दर्शकले फिल्मलाई निकै रुचाएका छन् ।
नीना गुप्ता, गजराज रावको पनि प्रमुख भूमिका रहेकोे यो फिल्म २० करोडमा निर्माण भएको हो । फिल्मको सफलतासँगै आयुष्मान बलिउडका शक्तिशाली अभिनेतामा दरिएका छन् ।