विराटनगर : प्रदेश नम्बर १ को समृद्धि र विकासको लागि कांग्रेस नेतृ डा. डिला संग्रौलाको नेतृत्वमा अवधारणा पत्र तयार पारिएको छ ।
नेपाली कांग्रेसकी केन्द्रिय सदस्य एवम् सांसद डा. डिला संग्रौलाको नेतृत्वमा जनताको समृद्धि चाहनेबारे प्रदेश १ को १४ वटै जिल्लाहरुमा ब्यापक छलफल र अन्तरक्रिया गरी प्राप्त भएको सुझावको आधारमा अवधारणापत्र तयार पारेको हो ।
प्रदेशको समग्र विकासको लागि तयार पारिएको अवधारणा पत्र विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा सोमबार सार्वजनिक गरिएको छ ।
प्रतिवेदनमा समेटिएको जनताको सुझाव प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गर्ने सांसद संग्रौलाले जानकारी दिइन् । उनले प्रदेश सरकारलाई बुझाएपछि नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकमा पनि पेश गर्ने योजना बनाएको उनले पत्रकार सम्मेलनमा बताईन् ।
संग्रौलाले बहुसंख्यक जनता विकासको पछौटेपनबा विरक्तिएको र प्रदेश विकासको पक्षमा रहेको सुनाइन् । अध्ययनका क्रममा प्रदेशमा ब्याप्त गरिबि तथा बेरोजगारीका कारण युवा विदेश पलायन दर बढेको, विकट भौगोलि क्षेत्रमा अझै शिक्षा र स्वास्थ्यसेवाको पहुँच नपुगेको, गाउँ र पहाड अनि हिमाली भागमा जनताबीच आर्थिक असमानता पाईएको, शिशु मृत्युदर अपेक्षीत घटाउन नसकिएको , खाना पकाउन दाउराको प्रयोग दर न्युन भएको लगायत जनस्तरमा समस्या भेटिएको प्रतिवेदनमा उल्लेख छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।