काठमाडौँ,कात्तिक २०
नेपाली कांग्रेसले महासमिति बैठकको मिति सारेको छ । अब महासमिति बैठक आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने छ ।
लोकतान्त्रिक फोरमबाट नेपाली काङ्ग्रेससँग एकता भएर आएका विजयकुमार गच्छदारलाई नेपाली काङ्ग्रेसका उपसभापतिमा मनोनित भएका छन् ।
मंगलबार बसेको बैठकले गच्छदारलाई उपसभापतिमा मनोनित गर्दै तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेस औपचारिक रूपमा एकता भएको घोषणा गरेको छ ।
जिल्लागत रूपमा पार्टी संगठन र भातृ संगठनको एकताका लागि पार्टी सभापति विमलेन्द्र निधिको संयोकत्वमा समिति गठन गरिएको कांग्रेसले जानकारी दिएको छ ।